विशेष अनलाइन । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता समेत रहेका गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीतमा तयार यस गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन् । गितमा मिक्सिङ र मास्टरिङ देबेश राईले गरेका छन् । करणले यस गीतमार्फत प्रेम र वियोगको गहिरो कथा प्रस्तुत गरेका छन् ।
करण राई युट्युब च्यानलमा सार्वजनिक भएको मर्मस्पर्शी गीतसँगै यसको म्युजिक भिडियोले दर्शकलाई भाबुक बनाउन सक्छ । गायक करणकै कथामा तयार भएको भिडियोमा एक प्रेमीको वियोगान्त कथा प्रस्तुत गरिएको छ । कुलतमा फसेकी एक युवतीको प्रेममा परेका प्रेमीले माया गर्दा पाएको दुःख भिडियोमा चलचित्रको शैलीमा प्रस्तुत गरिएको छ ।
सार्वजानिक गीतमा गायक करण सहित कलाकार त्रिशला तामाङको अभिनय रहेको छ । गितलाइ गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । सार्वजानिक गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा दिनेश पराजुलीको कोरियोग्राफी, विवेक सुनारको सम्पादन रहेको छ ।
Discussion about this post