विशेष अनलाइन । निरोज महर्जनको लेखन, निर्देशनमा बनेको चलचित्र ‘फेरि रेशम फिलिली’ को प्रदर्शन मिति तय भएर्को छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते (महाशिवरात्री) बाट प्रदर्शनमा आउने घोषणा गरेको हो ।
चलचित्रको पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । ९ वर्षअघिको हिट चलचित्र ‘रेशम फिलिली’ को यो दोस्रो श्रृंखलाको रुपमा यो बनेको हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।चलचित्रमा विनय र सुपुष्पाको अलवा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्र सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको हो । चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् । चलचित्रमा रोज महर्जन र आकाश बरालको पटकथा रहेको छ । चलचित्रलाइ सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् ।चलचित्रमा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।
Discussion about this post