विशेष अनलाइन । लंका फिल्मस् प्रालीको व्यानरमा चलचित्र ‘चिठ्ठा’ निर्माण हुने भएको छ । यही पुष दोस्रो साताबाट छायांकनको तयारी गरिएको चलचित्रमा अभिनेता धीरेन शाक्य मुख्य भूमिकामा देखिने भएका छन् ।उनीसहित भोलाराज सापकोटा, अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि चलचित्रमा अभिनय रहनेछ ।
चलचित्रको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए । आरएल लामा मोक्तानको लेखन तथा निर्देशन रहने चलचित्र कमेडी कथावस्तुमा बन्ने जनाइएको छ ।चलचित्रको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् ।
प्रस्तुतकर्ताको रुपमा रेल्लु माया तामाङ रहेकी छिन् । चलचित्रको निर्मार्ता आर सुनाम मोक्तान रहने छन् ।चलचित्रको सह-निर्माता मियम मोक्तान रहेका छन् । चलचित्रलाई रंग पत्रकार सञ्चु थोकर लामाले छायांकन गर्नेछन् । चलचित्र ‘चिट्ठा’मा शंकर महर्जनको द्वन्द्व निर्देशन, निर्देशक आरएल लामा मोक्तानको शब्द तथा संगीत, युवराज कँडेल र अनु चौधरीको गायन रहनेछ ।
Discussion about this post