विशेष अनलिइन । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता गायक करण राई र गायिका नितु पुनको स्वर रहेको ‘काँडा भए नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजानिक म्युजिक भिडियोमा गायक करण र अभिनेत्री मलिका महत फिचर्ड रहेका छन् ।
थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।प्रेमि–प्रेमीकाको एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ ।
भिडियोलाइ विक्रम चौहानले निर्देशन, कोरियोग्राफी गरेका छन् । गितमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्मा सम्पादन रहेको छ । भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
Discussion about this post