BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २२, २०८१, १२:५३ मध्यान्ह
in FEATURE, गीत संगीत
म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक
120
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । कोशी प्रदेशमा चलचित्र गतिविधि बढाउन प्रमुख भूमिका निर्वाह गर्दै आएका चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोको निर्देशनमा व्यस्त छन् ।

धरानलाई कर्मथलो बनाउँदै आएका प्रधानले करिब डेढ महिनाको अन्तरमा ३ वटा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चलचित्र निर्देशक समाज केन्द्रीय महासचिव समेत रहेका प्रधानले ‘कृष्ण कन्हैया’, ‘गाह्रो भयो बुढ्यौली जीवन’ र ‘भाव नहि देति है’ शीर्षकका ३ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

भगवान् कृष्ण र राधाको गाथा बोल्ने भजन ‘कृष्ण कन्हैया’चैत्र २४ गते भजन नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरेका प्रधानले वैशाख १६ गते वृद्ध आमा बाबुलाई छाडेर सन्तान बिदेसिएको कथालाई समेटेर  ‘गाह्रो भयो बुढ्यौली जीवन’नामक म्युजिक भिडियो ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । त्यसको करिब ३ दिन पछि अर्थात् वैशाख १९ गते हिन्दी भाषाको गीत  ‘भाव नहि देति है’ सार्वजनिक गरे ।

भिडियो हेर्नुहोस्

नेपाली चलचित्रका साथै मैथिली भोजपुरी लगायत अन्य जातीय चलचित्रहरूको निर्माण, निर्देशनमा राम्रो दक्खल राख्न सफल प्रधानको लेखन तथा निर्देशन रहेको भोजपुरी गीत ‘कमर लप लप करे’लाई दर्शकले निकै रुचाएका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा गायक तथा मोडल दुर्गेश थापा र अभिनेत्री तथा मोडल मेनुका माझीले अभिनय गरेका छन् । वीरेन्द्र कुमार को शब्द सतेन्द्र जी को सङ्गीतमा सतेन्द्र जी र सुस्मिता सिङले स्वर दिएको गीत ‘कमर लप लप करे’ को भिडियो अहिले मिलियन भ्युज मा छ ।

केही वर्ष अघि चलचित्र ‘१२ नेपाली एक चिहान’ निर्माण गरेका प्रधानले सन  २०१८ मा अमेरिकामा आयोजना भएको जनजाति फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पार्न सफल भएका थिए । पुर्वमा नै रहेर चलचित्रकर्मीहरूको हक हितको निम्ति निरन्तर लडिरहेका प्रधानको निर्देशनमा तयार भएको भजन  ‘कृष्ण कन्हैया’को लेखन ज्ञानेन्द्र गदालले गरेका हुन् भने उक्त भजनमा तृप्ति खड्का गुरुङको सङ्गीत तथा स्वर रहेको छ । भजनको भिडियोमा दिनेश कोइराला र मेनुका माझीको अभिनय रहेको छ ।

‘कृष्ण कन्हैया’ पछि युवाहरूको विदेश मोहका कारण नेपालमा वृद्ध वृद्धाले भोग्नुपरेको पिडा प्रस्तुत गरिएको म्युजिक भिडियो  ‘गाह्रो भयो बुढ्यौली जीवन’ सार्वजनिक गरिएको थियो । इटहरीको इलाइट सिनेमा हलमा एक कार्यक्रम गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको थियो । जसमा अधिकांशले निर्देशक प्रधानको कामको खुलेर तारिफ गरेका थिए ।

भिडियो हेर्नुहोस्

लोक तथा दोहोरी गायक बालकृष्ण सिग्देलको शब्द सङ्गीत तथा स्वर रहेको  ‘गाह्रो भयो बुढ्यौली जीवन’को म्युजिक भिडियोमा दिनेश कोइराला,उमा कार्की,किशोर थापा र नारायण भण्डारीको अभिनय रहेको छ ।

यस्तै मिलन चाम्स निर्देशित चलचित्र  ‘गोर्खा वारियर’को वर्ल्ड प्रीमियरमा सहभागी हुन लन्डन गएको समयमा छायाङ्कन गरिएको  हिन्दी गीत ‘भाव नहि देति है’को म्युजिक भिडियो समेत प्रधानले सार्वजनिक गरेका छन् ।  ‘भाव नहि देति है’को म्युजिक भिडियो भारतको प्रसिद्ध वेब  म्युजिक च्यानल  मा रिलिज भएको छ ।

लन्डनका मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, चाईना टाउन लगायतका स्थानमा छायाङ्कन गरिएको उक्त भिडियोलाई पनि नेपाल तथा भारतका दर्शकले निकै रुचाएका छन् ।

भिडियोमा नेपाली मूलकी लन्डन निवासी मोडल तथा नायिका सृजना निङ्लेखु र लन्डनमा नै बसोबास गर्दै आएका बिकेस राज बस्नेतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्

Previous Post

‘मनसरा’ टिमको पहिलो प्राथमिकतामा कोशी प्रदेश,चलचित्रलाई दर्शकको उत्तिकै साथ

Next Post

निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

मंसिर १५, २०८२, ७:०३ मध्यान्ह
Next Post
निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति

निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।