BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २३, २०८१, ९:१८ बिहान
in FEATURE, चलचित्र
निर्माता र वितरकको दादागिरी, सिंगल थिएटरमा दिइएन चलचित्र ‘मनसरा’प्रदर्शनको अनुमति
104
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र  ‘मनसरा’ले उत्साहजनक व्यापार गरिरहेको छ । मल्टिप्लेक्स सिनेमा घरहरूमा चलचित्रले उत्साहजनक व्यापार गरिरहेका बेला सिङ्गल थिएटरहरूलाई भने चलचित्र प्रदर्शनका लागि रोक लगाइएको गुनासो आएको छ । सिङ्गल थिएटरहरूले शो लुकाउने गरेको आरोप लगाउँदै उक्त हलहरूमा चलचित्र प्रदर्शन गर्न नदिइएको बताइएको छ । म्याजिक सिनेमा झुम्काका सञ्चालक पर्शुराम चौधरीले आफ्नो हलमा चलचित्र  ‘मनसरा’ नलागेको बताए ।

विशेष अनलाइनसँग कुरा गर्दै हल सञ्चालक चौधरीले वितरकको दादागिरीका कारण सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए । चौधरीका अनुसार केही सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनका लागी अनुमति भए पनि पहुँच र सम्बन्धका आधारमा मात्र दिइएको छ ।

यता चिरञ्जीवी बस्नेतले पनि चलचित्र वितरक र क्युएफएक्सको मनोमानीका कारण सिङ्गल थिएटरहरूलाई पन्छाउने काम भएको बताए । चलचित्र प्रदर्शनमा समेत राजनीतिकरण हुने गरेको उल्लेख गर्दै बस्नेतले सरकारबाट अनुमति प्राप्त भए पनि ठुला भनिएका चलचित्रका  सङ्गठनहरूको दादागिरीका कारण सिङ्गल थिएटरहरूलाई सौतेनी व्यवहार गर्ने गरिएको बताए ।

यता नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले आफुले  सिङ्गल थिएटरहरूमा चलचित्र प्रदर्शनमा रोक लगाएको कुरा बिहीबार बेलुका मात्र थाहा पाएको बताए । ‘मैले यो कुरा बिहीबार बेलुका मात्र थाहा पाएँ । शुक्रवार चलचित्र निर्माण टिम पूर्व गइसकेको थियो । त्यसैले औपचारिक रुपमा कुरा गर्न पाएको छैन’, महर्जनले भने । महर्जनले सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा रोक लगाउनु  सत प्रतिशत गलत भए पनि यसमा हल सञ्चालकहरूको पनि कमजोरी रहेको बताए ।  ‘आफ्नो हलमा चलचित्र आइहाल्छ भनेर हल सञ्चालकहरू ढुक्कले बस्ने गरेका छन् । कम्तीमा २–३ दिन अघि चलचित्र वितरकसँग कुरा गरेर चलचित्र आउने नआउने लगायतका तयारीमा हल सञ्चालक लाग्ने हो भने पहिले नै यस्ता समस्याको पहिचान हुन्छ र तत्काल समाधानको बाटो खोज्न सकिन्छ’ महर्जनले भने ।

‘हामी नै चलचित्र हल कम छन् भन्छौँ ,अनि भएका चलचित्र हलहरूलाई पनि यसरी रोक लगाइयो भने चलचित्र क्षेत्रको भविष्य अन्धकार हुन्छ । सम्बन्धित निकायसँग तत्काल कुरा गरेर आउने दिनमा यस्ता कमजोरी हुन दिँदैनौँ ’महर्जनले भने ।

यता एफ डी कम्पनी सञ्चालक समितिका अध्यक्ष छविराज ओझाले चलचित्र निर्माताले नै पहिले ठुला हलहरूमा सञ्चालन गर्ने निर्णय गरेका कारण तत्काल सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए । सबै सिङ्गल थिएटरहरूमा चलचित्र रोक लगाइएको नभई पूर्वका केही हलहरूमा मात्र तत्काललाई रोक लगाइएको र चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया दिएका आधारमा सबै हलहरूमा चलचित्र प्रदर्शनका लागि अनुमति दिइने निर्णय निर्माताबाट नै आएको ओझाको भनाई छ ।

चलचित्र निर्माताहरूको पनि यो व्यापार हो पूर्वमा त्यसता सिनेमा घरहरू पनि छन् जसले चलचित्रको पोस्टरको रकम समेत उठाउन सक्दैनन् । निर्माताले त्यसता हलहरूलाई के का आधारमा चलचित्र प्रदर्शनका लागि अनुमति दिने ? ओझा ले प्रश्न गरे ।

अध्यक्ष ओझाले आफूहरूको नभई चलचित्र निर्माताकै निर्णयका आधारमा सिङ्गल थिएटरहरूलाई चलचित्र प्रदर्शनमा तत्काललाई रोक लगाइएको र केही दिन पछि पुन चलचित्र प्रदर्शनको अनुमति दिइने निर्णय गरेको बताए ।
यता चलचित्र ‘मनसरा’का निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले भने यो विषयमा आफू अनविज्ञ भएको जवाफ दिए ।  ‘मलाई यो विषयमा त्यति थाहा भएन म निर्माता र वितरकसँग बुझ्छु ।’ सुब्बाले भने । यता चलचित्रका कार्यकारी निर्माता सिजन दाहालले चलचित्र प्रदर्शनको अधिकार पूर्ण रुपमा वितरकको भएको बताउँदै  सिङ्गल थिएटरहरूमा रोक लगाइनु वितरकको निर्णय भएको बताए । दाहालका अनुसार आजबाट भने सम्पूर्ण हलहरूमा चलचित्र प्रदर्शन गरिँदै छ ।  ‘सुरुमा हाम्रो पनि केही कमजोरी भयो, के के अधिकार कसलाई कसरी दिने भन्ने विषयमा हामी चुकेका हौँ सोही कारणले यो समस्या आएको हो  ।’

समग्रमा हेर्दा निर्माताले वितरकलाई र वितरकले निर्मातालाई दोषारोपण गरेको नाटक मञ्चन गर्दै एक अर्काको योजनाबाट नै सिङ्गल थिएटरहरूलाई पन्छाउन खोजेको देखिन्छ । त्यसै पनि कोरोना सङ्क्रमण पछि धेरै हलहरू पूर्ण रुपमा बन्द भइसकेका छन् । यसरी भएका चलचित्र हलहरूमा समेत राजनीतिकरण हुनु राम्रो कुरा हैन ।

Previous Post

म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक

Next Post

चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने

चलचित्र निर्माण गर्दै गायक प्रकाश सपुत,प्रकाश र स्वस्तिमाको मुख्य भूमिका रहने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।