BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मनसरा’ टिमको पहिलो प्राथमिकतामा कोशी प्रदेश,चलचित्रलाई दर्शकको उत्तिकै साथ

‘मनसरा’ टिमलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेशको स्वागत

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २२, २०८१, ९:२६ बिहान
in FEATURE, चलचित्र
‘मनसरा’ टिमको पहिलो प्राथमिकतामा कोशी प्रदेश,चलचित्रलाई दर्शकको उत्तिकै साथ
102
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’को टिम यतिबेला पूर्वका हल भिजिटमा छ । चलचित्रकर्मीहरू चलचित्र रिलिजताका काठमाडौँ केन्द्रित हुने गरेकोमा सम्भवतः पहिलो पटक  ‘मनसरा’ टिमले प्रचारप्रसार देखी दर्शक भेट्न सम्मका गतिविधिहरूमा पूर्वलाई पहिलो प्राथमिकता दिएको छ ।  चलचित्रले पनि पूर्वी नेपालका हलमा उत्कृष्ट व्यापार गरिरहेको छ । विराटनगर, इटहरी, धरान,बिर्तामोड र दमकस्थित हलमा चलचित्रले दर्शकको गज्जबको साथ पाएको छ ।

‘मनसरा’ टिम प्रमुख कलाकार सहित इटहरीको इलाईट सिनेमा हलमा शुक्रवार बिहान ११ बजे पुगेको थियो । सोही समयमा चलचित्रकर्मी महासंघ कोशी प्रदेशले ‘मनसरा’ टिमलाई भव्य स्वागत गरेको थियो । ‘मनसरा’ टिमका लागि पूर्वेली दर्शक पहिलो प्राथमिकतामा पर्नु स्वागतयोग्य भएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले बताए । ‘मनसरा’ टिमलाई स्वागत गर्न चलचित्रकर्मी महासंघका तर्फबाट अध्यक्ष अरुण कुमार प्रधान सहित उपाध्यक्ष लाखमान योञ्जन, महासचिव दिनेश कोइराला लगायत इलाईट सिनेमा हल पुगेका थिए ।

चलचित्र हेर्दै गर्दा अप्रत्यासित रुपमा कलाकारहरू हलमा आइपुग्दा दर्श उत्साहित भएका थिए । इलाईटमा शुक्रवारको पहिलो शो बाट नै दर्शक भरिभराउ रहेको इलाईट सिनेमा हलका सञ्चालक नवराज केसीले जानकारी दिए । शनिवारका लागि समेत अघिल्लै दिन हाउस फुल बुकिङ भएको केसीको भनाई थियो ।  इटहरीको अर्को हल क्विएफएक्समा पनि चलचित्र युनिट प्रमुख कलाकारसहित पुगेको थियो । दिनको करिब २ बजे सो हलमा पुग्दा त्यहाँ पनि भरिभराउ दर्शक थिए । त्यसपछि धरानमा अवस्थित फ्रेन्ड्स सिमेमाजका दर्शकसँग साक्षात्कार गर्दै चलचित्र टिम झापा तर्फ लागेको थियो ।

चलचित्र युनिट दमक र बिर्तामोडका दर्शकसँग साक्षात्कार गर्दै शनिवार काठमाडौँ फर्कने तयारीमा छ ।

अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर, हेमन्त बुढाथोकीका साथमा चलचित्रका  निर्देशक उपेन्द्र सुब्बाको समेत चलचित्रमा अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रको  मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन्। चलचित्रको सम्पादन निमेश श्रेष्ठले गरेका हुन् ।

Previous Post

फर्की फर्की को दोस्रो गीत अन्तिम माया मा अनमोल र जसिताको वियोगान्त कथा

Next Post

म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक

म्युजिक भिडियो निर्देशनमा व्यस्त प्रधान, एक महिनामा तिन म्युजिक भिडियो सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।