बिशेष अनलाइन । बाल गायक प्रीतम आर्यायले आफू अन्यायमा परेको भन्दै न्यायको माग गरेका छन् । काठमाडौंको किंस लाउन्ज एण्ड बारले बाल गायक प्रीतम आचार्य भन्दै अर्कै ब्यक्तिलाई उभ्याएपछी बाल गायक आचार्यले आफू अन्यायमा परेको बताएका हुन् ।
कार्तिक १ गते बेलुका आयोजित एक कार्यक्रमका बिच उक्त बारले एक अपरिचित किशोरलाई प्रीतम आचार्य भन्दै प्रस्तुत गरेको थियो ।
इटहरीका सद्भावना दुत समेत रहेका आर्चायको बौद्विक चोरी भएको भन्दै इटहरी उपमहागनरपालिकाले समेर आपत्ति जनाएको थियो ।
भएको के थियो काठमाडौंको किंस लाउन्ज एण्ड बारले दैनिक बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुति दिने गर्छन् । कार्तिक १ गते पनि साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बाल गायक प्रीतम आचार्यको नाम उच्चारण गरियो । तस्वीर पनि उनैको देखाइयो र एक बाल कलाकारलाई प्रस्तुति दिन लगाइयो । तर त्यहाँ प्रस्तुति दिने बाल गायक प्रीतम नभएर अरु नै कोही थियो ।
प्रीतमको तस्वीर देखाएर अर्कै कलाकारलाई प्रस्तुति दिलाउँदा उपस्थित दर्शकले भने चिन्न सकेनन् । उनिहरु पनि प्रीतम आचार्य नै भएको भ्रममा परे । तर त्यो समय प्रीतम भने इटहरीस्थित आफ्नै घरमा थिए ।
लाउन्ज संचालकले प्रीतमको तस्वीर एलइडी स्क्रिनमा देखाए र प्रीतम आचार्यलाई स्वागत गरौं भने । स्टेजमा प्रीतम जस्तै एक किशोर देखिए । उद्घोषकले उनलाई बोलाउदै ‘बाबु ठूलो भएछ है, त्यै भएर चिन्नै सकिनँ’ भन्न समेत भ्याए । यता दर्शकहरू पनि झुक्किए । दर्शकले प्रीतम नै भएको ठानेर उनको समर्थनमा हुटिङ समेत गरेका थिए ।
उनले पनि आफूलाई प्रीतम नभएको कुरालाई गोप्य राख्दै प्रीतम नै बनेर बोले । किशोरले माइक हातमा लिन्छन् तर आज गीत नगाउने प्रतिक्रिया दिन्छन् । तर, दर्शकले बारबार अनुरोध गरेपछि ती किशोर गीत गाउन बाध्य हुन्छन् । उनले प्रीतमले सा रे गा मा पा मा गाएको चर्चित गीत सन्देशे आते है दुई लाइन गाउछन् । नक्कली प्रीतमले बेसुरको गीत गाएपछि पोल खुल्ने डरले उद्घोषकले उनी बिरामी भएकोले सुर नलागेको उद्घोष गर्छन् । त्यतिबेला सम्म ति किशोर स्टेजबाट बाहिरी सकेका हुन्छन् । भिडियो हेर्दा उक्त क्रियाकलाप नियतबस गरिएको प्रस्टै देखिन्छ ।
को हुन् प्रीतम भनिएका किशोर ? उनी के भन्छन् ?
प्रीतम आचार्य भनेर उभ्याइएका ती किशोर हुन् धापासी निवासी धुर्व कुवर र मिथिला कुवरका छोरा सज्जन कुवर । उनी ९ कक्षामा अध्ययनरत छन् ।
सज्जनका अनुसार उनी आफ्नी आमा मिथिलाका साथ किङ्स लाउन्ज गएका थिए । आमासँग नृत्य गर्दै गर्दा उक्त बारमै कार्यरत ऋतिक नाम गरेका एक ब्यक्तिले सज्जनलाई बोलाएर तिमी त प्रीतम आचार्य हैन भन्दै प्रश्न गरे । उनले आफू प्रीतम नभएर सज्जन भएको बारम्बार बताउदा पनि नपत्याएर आफुसंग तस्बिर खिचेको र तिमी प्रीतम नै हौ भनेर जवरजस्ती स्टेजमा लगेको सज्जन बताउछन् ।
म प्रीतम हैन भन्दा भन्दै पनि तिमिलाई सम्मान गर्ने कार्यक्रम छ भन्दै स्टेजमा लगेको र गीत गाउन लगाएको उनको भनाइ छ । आफू प्रीतम आचार्यको फ्यान भएको
सज्जनले बिशेष अनलाइनसंग भने ।
बार भन्छ किशोरले हामीलाई नै ठगे
प्रीतम आचार्यको स्थानमा अर्कै किशोर उभ्याएको भिडियो सार्वजनिक भए पछि यो बिषयले राम्रै चर्चा पायो । प्रीतमका अनुसार हाल सम्म आफुलाई बार संचालकका तर्फबाट कुनै फोन आएको छैन । तर प्रीतमले सामाजिक संजालमा आफू अन्यायमा परेको कुरालाई सार्वजनिक गरेको एक भिडियोमा भने बार प्रन्बन्धक महेश थापाले प्रतिक्रिया दिएका छन् ।
उनले उक्त बालकले आफुहरुलाई प्रीतम आचार्य भनेर परिचय दिएको उल्लेख गरेका छन् । प्रबन्धक थापाले उक्त दिन एक अपरिचित ब्यक्ति आएर आफु प्रीतम आचार्य भएको बताउदै १-२ वटा गीत गाउन दिन अनुरोध गरेको उल्लेख गरेका छन् ।
हेर्नुहोस बार ब्यबस्थापक थापाको प्रतिक्रिया उनकै शब्दमा
२०७९ कार्तिक १ गते ग्राहक भएर आउनु भएको एक अपरिचित ब्यक्तीले म प्रितम आचार्य हुँ भनेर हाम्रो किङ्स लाउन्ज को स्टेजमा १-२ वटा गित गाऊन अनुरोध गर्नु भएको थियो, हामीले गाऊने प्रतिभा भएका ग्राहकको अनुरोध अनुसार अवस्था हेरेर १-२ वटा गीत गाउन दिने र वहाँहरुको स्क्रिनमा फोटो भिडियो राखेर स्वागत गर्ने हाम्रो सुरु देखी कै चलन हो ! यो प्राय सबैलाई थाहा भएकै कुरा हो, हामीले उक्त म प्रितम भनेर आउने अन्जान ग्राहकको बिज्ञापन गरेर ब्यापारिक कार्यक्रम गरेको पनि होइन ! प्रितम भनेर आउने अपरिचित ग्राहक उनको ग्रुप र आमाको अनुरोध अनुसार मात्रै हामीले ग्राहकको हिसाबमा सम्मान गरेका हौ ! हजुर हरु कोही पनि अन्यौल मा नपर्न हुन अनुरोध छ ! आबश्यक परेमा हामी उक्त प्रितम आचार्य भनेर आउने अन्जान ग्राहकलाई हजुरहरु सँग भेटाउने प्रयास गर्ने छौ !
धन्यवाद
अब के हुन्छ ?
बाल गायक प्रीतम आचार्यकी आमा राधिका आचार्यका अनुसार काठमाडौंको किंस लाउन्ज एण्ड बारमा भएको उक्त घटनाको प्रमाण सहित संगीतकार समाज, रोयल्टी समाज लगायतलाई जानकारी गराइएको छ ।
सामाजिक संजालमा आएर विभिन्न प्रतिक्रिया दिए पनि बार संचालकबाट आधिकारिक कुनै पनि कुरा नाआएको प्रीतमकी आमा राधिकाले जानकारी दिइन् । ”अर्काले म प्रीतम आचार्य हो गीत गाउछु भन्यो त्यसैले दिएको भन्नू लज्जास्पद हो । यो प्रीतमलाई बदनाम गराउन रचिएको खेल हो । हामी कसरी अगाडि बड्ने भन्ने बिषयमा छलफल गरिरहेका छौँ,”राधीकाले भनिन् ।
बेवास्ता गरेर छाड्दा पुन यस्तै घटना नदोहोरिएला भन्न सकिन्न । त्यसैले, क्षतिपूर्तिको माग सहित आफ्नो नाम बदनाम गरेको र ठगी गरेको कसुरमा मुद्दा दायर गर्ने बिषयमा छलफल भइरहेको प्रीतमकी आमा राधिकाले विशेष अनलाइनलाई जानकारी गराएकी छन् ।
Discussion about this post