BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

न्याय माग्दै प्रीतम, बार संचालक भन्छन्  किशोरले झुक्याए

को हुन् प्रीतम बनेका किशोर ?

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ४, २०७९, ५:०१ मध्यान्ह
in FEATURE, गीत संगीत
न्याय माग्दै प्रीतम, बार संचालक भन्छन्  किशोरले झुक्याए
68
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन  । बाल गायक प्रीतम आर्यायले आफू अन्यायमा परेको भन्दै न्यायको माग गरेका छन् । काठमाडौंको  किंस लाउन्ज एण्ड बारले बाल गायक प्रीतम आचार्य भन्दै अर्कै ब्यक्तिलाई उभ्याएपछी बाल गायक आचार्यले आफू अन्यायमा परेको बताएका हुन्  ।

कार्तिक १ गते बेलुका आयोजित एक कार्यक्रमका बिच उक्त बारले एक अपरिचित किशोरलाई प्रीतम आचार्य भन्दै प्रस्तुत गरेको थियो ।

इटहरीका सद्भावना दुत समेत रहेका आर्चायको बौद्विक चोरी भएको भन्दै इटहरी उपमहागनरपालिकाले समेर  आपत्ति जनाएको थियो ।

भएको के  थियो                                      काठमाडौंको  किंस लाउन्ज एण्ड बारले दैनिक बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुति दिने गर्छन्  । कार्तिक १ गते पनि साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बाल गायक प्रीतम आचार्यको नाम उच्चारण गरियो । तस्वीर पनि उनैको देखाइयो र एक बाल कलाकारलाई प्रस्तुति दिन लगाइयो ।  तर त्यहाँ प्रस्तुति दिने  बाल गायक प्रीतम नभएर अरु नै कोही थियो ।

प्रीतमको तस्वीर देखाएर अर्कै कलाकारलाई प्रस्तुति दिलाउँदा उपस्थित दर्शकले भने चिन्न सकेनन् । उनिहरु पनि प्रीतम आचार्य नै भएको भ्रममा परे । तर त्यो समय  प्रीतम भने इटहरीस्थित आफ्नै घरमा थिए ।

लाउन्ज संचालकले प्रीतमको तस्वीर एलइडी स्क्रिनमा देखाए र प्रीतम आचार्यलाई स्वागत गरौं भने । स्टेजमा प्रीतम जस्तै एक किशोर देखिए । उद्घोषकले उनलाई बोलाउदै ‘बाबु ठूलो भएछ है, त्यै भएर चिन्नै सकिनँ’ भन्न समेत भ्याए । यता दर्शकहरू पनि झुक्किए । दर्शकले प्रीतम नै भएको ठानेर उनको  समर्थनमा हुटिङ समेत गरेका थिए ।

उनले पनि आफूलाई प्रीतम नभएको कुरालाई गोप्य राख्दै प्रीतम नै बनेर बोले । किशोरले माइक हातमा लिन्छन्  तर आज गीत नगाउने प्रतिक्रिया दिन्छन् । तर, दर्शकले बारबार अनुरोध गरेपछि ती किशोर गीत गाउन बाध्य हुन्छन् । उनले प्रीतमले सा रे गा मा पा मा गाएको चर्चित गीत सन्देशे आते है  दुई लाइन गाउछन् । नक्कली प्रीतमले बेसुरको गीत गाएपछि पोल खुल्ने डरले उद्घोषकले उनी बिरामी भएकोले सुर नलागेको उद्घोष गर्छन् । त्यतिबेला सम्म ति किशोर स्टेजबाट बाहिरी सकेका हुन्छन् । भिडियो हेर्दा उक्त क्रियाकलाप नियतबस गरिएको प्रस्टै देखिन्छ ।

को हुन्  प्रीतम भनिएका किशोर ? उनी के भन्छन् ?
प्रीतम आचार्य भनेर उभ्याइएका ती किशोर हुन्  धापासी निवासी धुर्व कुवर र मिथिला कुवरका छोरा सज्जन कुवर । उनी ९ कक्षामा अध्ययनरत छन् ।

सज्जनका अनुसार उनी आफ्नी आमा मिथिलाका साथ किङ्स लाउन्ज गएका थिए ।  आमासँग नृत्य गर्दै गर्दा उक्त बारमै कार्यरत ऋतिक नाम गरेका एक ब्यक्तिले सज्जनलाई बोलाएर तिमी त प्रीतम आचार्य हैन भन्दै प्रश्न गरे । उनले आफू  प्रीतम नभएर  सज्जन भएको बारम्बार बताउदा पनि नपत्याएर आफुसंग तस्बिर खिचेको र तिमी  प्रीतम नै हौ भनेर जवरजस्ती स्टेजमा लगेको सज्जन  बताउछन् ।

म प्रीतम हैन भन्दा भन्दै पनि तिमिलाई सम्मान गर्ने कार्यक्रम छ भन्दै स्टेजमा लगेको र  गीत गाउन लगाएको  उनको भनाइ छ । आफू प्रीतम आचार्यको फ्यान भएको
सज्जनले बिशेष अनलाइनसंग भने ।

बार भन्छ किशोरले हामीलाई नै ठगे
प्रीतम आचार्यको स्थानमा अर्कै किशोर उभ्याएको भिडियो सार्वजनिक भए पछि यो बिषयले राम्रै चर्चा पायो । प्रीतमका अनुसार हाल सम्म आफुलाई बार संचालकका तर्फबाट कुनै फोन आएको छैन । तर प्रीतमले सामाजिक संजालमा आफू अन्यायमा परेको कुरालाई सार्वजनिक गरेको एक भिडियोमा भने बार प्रन्बन्धक महेश थापाले प्रतिक्रिया दिएका छन्  ।

उनले उक्त बालकले आफुहरुलाई प्रीतम आचार्य भनेर परिचय दिएको उल्लेख गरेका छन्  । प्रबन्धक थापाले  उक्त दिन एक अपरिचित ब्यक्ति आएर आफु प्रीतम आचार्य भएको बताउदै १-२ वटा गीत गाउन दिन अनुरोध गरेको उल्लेख गरेका छन्  ।

हेर्नुहोस बार ब्यबस्थापक थापाको प्रतिक्रिया उनकै शब्दमा
२०७९ कार्तिक १ गते ग्राहक भएर आउनु भएको एक अपरिचित ब्यक्तीले म प्रितम आचार्य हुँ भनेर हाम्रो किङ्स लाउन्ज को स्टेजमा १-२ वटा गित गाऊन अनुरोध गर्नु भएको थियो, हामीले गाऊने प्रतिभा भएका ग्राहकको अनुरोध अनुसार अवस्था हेरेर १-२ वटा गीत गाउन दिने र वहाँहरुको स्क्रिनमा फोटो भिडियो राखेर स्वागत गर्ने हाम्रो सुरु देखी कै चलन हो ! यो प्राय  सबैलाई थाहा भएकै कुरा हो, हामीले उक्त म प्रितम भनेर आउने अन्जान ग्राहकको बिज्ञापन गरेर ब्यापारिक कार्यक्रम गरेको पनि होइन ! प्रितम भनेर आउने अपरिचित ग्राहक उनको ग्रुप र आमाको अनुरोध अनुसार मात्रै हामीले ग्राहकको हिसाबमा सम्मान गरेका हौ ! हजुर हरु कोही पनि अन्यौल मा नपर्न हुन अनुरोध छ ! आबश्यक परेमा हामी उक्त प्रितम आचार्य भनेर आउने अन्जान ग्राहकलाई हजुरहरु सँग भेटाउने प्रयास गर्ने छौ !
धन्यवाद

अब के हुन्छ ?
बाल गायक प्रीतम आचार्यकी आमा राधिका आचार्यका अनुसार काठमाडौंको  किंस लाउन्ज एण्ड बारमा भएको उक्त घटनाको प्रमाण सहित संगीतकार समाज, रोयल्टी समाज लगायतलाई जानकारी गराइएको छ ।

सामाजिक संजालमा आएर विभिन्न प्रतिक्रिया दिए पनि बार संचालकबाट आधिकारिक कुनै पनि कुरा नाआएको प्रीतमकी आमा राधिकाले जानकारी दिइन् । ”अर्काले म प्रीतम आचार्य हो गीत गाउछु भन्यो त्यसैले दिएको भन्नू लज्जास्पद हो । यो प्रीतमलाई बदनाम गराउन रचिएको खेल हो । हामी कसरी अगाडि बड्ने भन्ने बिषयमा छलफल गरिरहेका छौँ,”राधीकाले भनिन् ।

बेवास्ता गरेर छाड्दा पुन यस्तै घटना नदोहोरिएला भन्न सकिन्न । त्यसैले, क्षतिपूर्तिको माग सहित आफ्नो नाम बदनाम गरेको र ठगी गरेको कसुरमा मुद्दा दायर गर्ने बिषयमा छलफल भइरहेको प्रीतमकी आमा राधिकाले विशेष अनलाइनलाई जानकारी गराएकी छन्  ।

Previous Post

मह जोडीले अमेरिका भ्रमण गर्दै, सात शहरमा प्रस्तुति दिने

Next Post

इटहरीमा‘महापुरुष’ को प्रिमियर शो 

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
सकियो ‘महापुरुष’को पूर्वाञ्चल प्रोमोशनल टुर

इटहरीमा‘महापुरुष’ को प्रिमियर शो 

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।