बिशेष अनलाइन । जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । तर, नेपाली दर्शकले उनलाई जेबी टुहुरेकै नामले चिन्ने गरेका थिए । बयोधा अस्पतालमा उपचारका क्रममा टुहुरेको निधन भएको हो । टुहुरे ७८ वर्षको उमेरमा संसारबाट बिदा भएका हुन् ।
मंगलबार काठमाण्डौको कलंकीस्थित घरमै लडेर घाइते भएपछि उनलाई बयोधा अस्पतालमा भर्ना गरिएको थियो । टुहुरेमा फोक्सो, मुटु, उच्च रक्तचापका साथै मधुमेहको दीर्घरोग भएको बताइएको छ ।
संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीले जानकारी दिएका छन् । टुहुरेका आमा दिदी बैनी हो,दुखको बोज बिसाउने, आधी खोलाले,के दिउ दाइजो लगायतका दर्जानौ गित चर्चित छन्।
Discussion about this post