BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ११, २०७८, ८:४७ मध्यान्ह
in अन्य
वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख
60
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चौधरी ग्रुपले आयोजना गरेको वाइवाइ चाउचाउको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगीता’मा इटहरी ४ निवासी सम्राट भट्टराई बिजेता भएका छन् । लुकेको प्रतिभालाई प्रोत्साहन र प्रबर्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको प्रतियोगितामा भट्टराई बिजेता भएसंगै चौधरी ग्रुपको तर्फबाट उपहार स्वरुप नगद रु १ लाख रुपैया प्राप्त गरेका छन् ।

वाइवाइले विश्व संगीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ’ जिङ्गल रिमिक्स प्रतियोगीता संचालन गरेको थियो । चाउचाउको फेसबुक पेजबाट प्रतियोगिताको सुरुवात गर्दै सामाजिक सञ्जालको माध्यमबाट युवा वाद्यवादकहरु, गायक गायिकाहरु र संगीतकारहरुलाई सहभागिताको लागि आव्ह्वान गरिएको थियो ।

बिजेता भन्दा बाहेक दोश्रो चरणमा छनौटमा परेका बाकि ९ जनाले पनि २५ र २५ हजार नगद पुरस्कार स्वरुप पाएका छन् । गएको जुलाई २१ मा समाप्त भएको प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । प्राप्त जिङ्गलबाट उत्कृष्ठ १० छनौट गर्दै बिजेता छानिएको थियो । बिजेता भएका भट्टराईले सो जिङ्गल १५ दिन लगाएर कम्पोज गरेको बताए ।

उनले भने ‘मेहनत निकै लागेको थियो । मेरो कलाको माध्यमबाट सबैको ध्यान केन्द्रित गर्न सक्छ जस्तो चाहि लागेको थियो, तर बिजेता नै हुन्छु जस्तो लागेको थिएन ।’ उनि भन्छन् ‘दिदीको गिटार बजाउने इच्छा छ, पाएको १ लाखबाट उसलाई गितार किन्दिने र बाकि पैसा के गर्ने भन्ने बारे केहि सोचेको छैन’ ।

बिगत ३(४ बर्षदेखी इटहरीमै रहेर म्युजिक कम्पोज गरिरहेका भट्टराईले जिङ्गलमा सिठी, बिभिन्न ईफेक्ट, ड्रम्स लगायत इक्युप्टमेन्ट सहित भोकल हालेका छन् । उनको जिङ्गल १ मिनेट ४५ सेकेन्ड लामो छ । १ महिनासम्म संचालन गरिएको यो प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई ख्यातिप्राप्त गायकहरु जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीले प्रेरित गरेका थिए ।

आयोजक कम्पनीका अनुसार र्‍यापदेखि पप, रकदेखि स्थानीय शास्त्रीय संगीतसम्मको विविधतायुक्त झल्किने रिमिक्स जिङ्गलहरु प्राप्त भएका थिए । बितेको २० वर्षदेखि वाइवाइ नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहादै आएको छ । वाइवाइले सहभागी सबै प्रतियोगीहरुले संगीतको लागि देखाएका उत्साह, कठोर मेहनत र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

 

Tags: चौधरी ग्रुपवाइवाइ चाउचाउसम्राट भट्टराई
Previous Post

अस्ताए जनवादी गायक जेबी टुहुरे

Next Post

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

बैशाख ३०, २०८२, ६:२३ मध्यान्ह
निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

निर्देशक निश्चल बस्नेतको आक्रोश: ‘बैरी भएछ राज्य,माझी औंलाको सलाम’

चैत्र १९, २०८१, २:१२ बिहान
समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

समाजको जग्गा खरिदका लागि काठमाण्डौंमा भूपू लाहुरे

चैत्र १०, २०८१, ८:११ बिहान
दुर्घटनामा अस्ताए कमेडी च्याम्पियनका कलाकार हिक्मत महरा

दुर्घटनामा अस्ताए कमेडी च्याम्पियनका कलाकार हिक्मत महरा

मंसिर २६, २०८१, ९:२९ बिहान
याक्थुङ सिने अवार्ड-२०८१”मा चलचित्र ‘चे’ र लघु चलचित्र ‘खोक्पा’ ले पायो सर्वोत्कृष्ट अवार्ड

याक्थुङ सिने अवार्ड-२०८१”मा चलचित्र ‘चे’ र लघु चलचित्र ‘खोक्पा’ ले पायो सर्वोत्कृष्ट अवार्ड

मंसिर २१, २०८१, १०:१२ मध्यान्ह
फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवन बन्ने,सामाजिक विकास मन्त्रीले गरे शिलान्यास

फुजिसान सगरमाथा बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवन बन्ने,सामाजिक विकास मन्त्रीले गरे शिलान्यास

मंसिर ४, २०८१, ७:५९ मध्यान्ह
Next Post
रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।