BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

किरण गजमेर : ब्लाइण्ड अडिशन देखि उपाधी सम्म

विशेष अनलाइन by विशेष अनलाइन
साउन २४, २०७८, १०:३१ बिहान
in FEATURE, गीत संगीत
kiran gajmer
70
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । द भ्वइस अफ नेपाल सिजन ३ को उपाधी अन्तत किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका किरणले टिम दीपका आर्यन तामाङ, टिम राजुकी तारा श्रीष मगर र टिम तृष्णाका ज्वाला राईलाई पछि पार्दै द भ्वइस अफ नेपाल सिजन ३ को उपाधी हात पारेका हुन् । द भ्वइसको उपाधी जितेका किरणले पुर्वको सरणार्थी क्याम्पमा एउटा र पश्चिमको कुनै एक स्थानमा एक एउटा  एम्बुलेन्स किनेर डोनेट गर्ने बताएका छन् । उपाधी जितेर नगद २५ लाख रुपैया हात पारेका किरणले एक हजार रुपैया आमालाई दिएर बाँकी सम्पुर्ण रकम समाज सेवाकालागि खर्च गर्ने किरणले वाचा गरेका छन् ।

अमेरिकामा बसोवास गर्दै आएका किरणले द भ्वइसको सुरुवातबाट नै उपाधी दावेदारीका रुपमा आफुलाई प्रस्तुत गरेका थिए । ब्लाइण्ड अडिशनमाबाट नै धेरैको मन जितेका किरणले ब्लाइण्ड अडिशनमा सुजन चापागाइ र बिध्या तिवारीको स्वरमा रहेको चर्चित गित देखेर तिमीलाई हेरेर तिमीलाई बोलको गित गाएर ४ जना कोचलाई फर्काउन सफल भएका थिए भने कोच प्रमोद,राजु र तृष्णाले उठेर नै किरणको सम्मान गरेका थिए ।

उनले गरेको पहिलो प्रस्तुतिबाट नै नेपाली दर्शकले किरणलाई उपाधी दाबेदारका रुपमा हेरिसकेका थिए । ब्लाइण्ड अडिशनमा दिएको प्रस्तुतीका कारण सबै कोचहरुले आफुतर्फ आकर्षित गर्न खोजेपनि किरणले अन्तत टिम प्रमोदलाई छनोट गरेका थिए । कार्यक्रमको नियम अनुसार ब्लाइण्ड अडिशन पार गरेपछि प्रतिस्पर्धी ब्याटल राउण्डमा पुग्छन् र ब्याटल राउण्डमा एउटै टिमका २ जना प्रतिस्पर्धीहरु बिच ब्याटल गराइन्छ । जस्मा उपाधी जितेका किरणले टिम प्रमोदकै सुरक्षा सेन्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । ब्याटलमा किरण र सुरक्षाले पुरानो नेपाली चलचित्र बर पिपलको चर्चित भाकेर बर पिपलु बोलको गित गाएका थिए । आनन्द कार्की र सुनिता सुब्बाको आवाजमा रहेको उक्त गितलाई किरण र सुरक्षाले पनि निकै सुन्दर कोरियोग्राफी सहित उत्कृष्ट प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतीबाट कोचले एक जनालाई छान्नुपर्ने बाध्यता रहन्छ र उक्त बाध्यतामा कोच प्रमोदले किरणलाई छनोट गरेका थिए ।

kiran gajfer

धेरै नेपालीहरुको मनमनमा बसेको पुरानो उक्त गितलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेपछि किरणको चर्चा थप चुलिएको थियो । धेरैले उक्त प्रस्तुतीबाट नै यो सिजनको द भ्वइसको बिजेता किरण नै हुने आँकलन गरिसकेका थिए । किरणले पनि आफुलाई अब्बल साबित गर्दै एक पछि अर्को उत्कृष्ट प्रस्तुती दिदै गएका थिए । ब्याटल राउण्डमा उत्कृष्ट ठहरिदै नकआउट राउण्डमा स्थान बनाएका किरणले नकआउट राउण्डमा सुदिता राई र मेलिना मैनालीलाई पछि पार्दै लाइभ राउण्डमा स्थान सुरक्षित गरेका थिए । उनले नकआउटमा नारायण गोपालको स्वरमा रहेको बिर्सेर फेरी मलाई बोलको गित गाएका थिए । सोही गितको प्रस्तुतीले किरणलाई लाइभ राउण्डमा पुर्याएको थियो । कार्यक्रमको नियम अनुसार लाइभ राउण्डबाट अघिल्लो राउण्डमा प्रवेश गरेपछि भने दर्शको भोटको आधारमा प्रतिस्पर्धी अर्को राउण्डमा प्रवेश गर्छ । सोही अनुसार किरणले लाइभ राउण्मा पनि आफुलाई अब्बल साबित गर्दै अघि बढे ।

लाइभ राउण्डको पहिलो एपिशोडमा किरणले अंकीत श्रेष्ठको स्वरमा रहेको लजाएर बोलको गित गाएका थिए । जसबाट उनी टप १२मा प्रवेश गरेका थिए भने टप १२ मा जीवन शर्माको सिमली छाँयामा बसी बोलको गित गाएका थिए । टप ११ मा नेपाली चलचित्र ए मेरो हजुरबाट उदित नारायण झाको स्वरमा रहेको चर्चित फुलको थुंगा हौ की बोलको गित गाएका थिए । त्यसपछि अमृत गुरुङको स्वरमा रहेको नेपथ्य ब्याण्डको निकै चर्चा कमाउन सफल रेस्सम बोलको गित गाएका किरणले लाइभ राउण्डको २८ औ एपिशोडमा प्रताप सुब्बाको बन्धनको चिनो बोलको गित गाएका थिए ।

टिम प्रमोदबाट अन्तत सेमिफाइनलमा किरणसागै रबि गहतराज पुग्न सफल भएका थिए । सेमिफाइनलमा अन्तत फाइनल प्रवेशका लागि टिम प्रमोदबाट रबि गहतराज र किरण गजमेर बिच प्रतिस्पर्धा भएको थियो । रबिसँगको प्रतिस्पर्धाका क्रममा किरणले नेपाली चलचित्र अप्पाको जानु छ पहाडमा बोलको गित गाएका थिए । उक्त प्रस्तुती दिएका किरण अन्तत रबिलाइ पछि पार्दै फाइनलमा स्थान बनाउन सफल भएका थिए ।

फाइनलमा किरणले मन्त्र ब्याण्डको हिमाली नेपाली बोलको गित गाएका थिए । अन्तत लगातार दोश्रो पटक टीम प्रमोदले द भ्वइस आफ नेपालको उपाधी जित्न सफल भएको छ ।

Tags: किरण गजमेरद भ्वइस अफ नेपाल
Previous Post

बलिउडका चर्चित कलाकारहरु,जस्को नेपालसँग बिशेष सम्बन्ध छ

Next Post

धमाधम चलचित्र हल बन्द हुदैगर्दा हल निर्माण मै व्यस्त दीपक दीपा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
deepak -deepa

धमाधम चलचित्र हल बन्द हुदैगर्दा हल निर्माण मै व्यस्त दीपक दीपा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।