बिशेष अनलाइन । द भ्वइस अफ नेपाल सिजन ३ को उपाधी अन्तत किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका किरणले टिम दीपका आर्यन तामाङ, टिम राजुकी तारा श्रीष मगर र टिम तृष्णाका ज्वाला राईलाई पछि पार्दै द भ्वइस अफ नेपाल सिजन ३ को उपाधी हात पारेका हुन् । द भ्वइसको उपाधी जितेका किरणले पुर्वको सरणार्थी क्याम्पमा एउटा र पश्चिमको कुनै एक स्थानमा एक एउटा एम्बुलेन्स किनेर डोनेट गर्ने बताएका छन् । उपाधी जितेर नगद २५ लाख रुपैया हात पारेका किरणले एक हजार रुपैया आमालाई दिएर बाँकी सम्पुर्ण रकम समाज सेवाकालागि खर्च गर्ने किरणले वाचा गरेका छन् ।
अमेरिकामा बसोवास गर्दै आएका किरणले द भ्वइसको सुरुवातबाट नै उपाधी दावेदारीका रुपमा आफुलाई प्रस्तुत गरेका थिए । ब्लाइण्ड अडिशनमाबाट नै धेरैको मन जितेका किरणले ब्लाइण्ड अडिशनमा सुजन चापागाइ र बिध्या तिवारीको स्वरमा रहेको चर्चित गित देखेर तिमीलाई हेरेर तिमीलाई बोलको गित गाएर ४ जना कोचलाई फर्काउन सफल भएका थिए भने कोच प्रमोद,राजु र तृष्णाले उठेर नै किरणको सम्मान गरेका थिए ।
उनले गरेको पहिलो प्रस्तुतिबाट नै नेपाली दर्शकले किरणलाई उपाधी दाबेदारका रुपमा हेरिसकेका थिए । ब्लाइण्ड अडिशनमा दिएको प्रस्तुतीका कारण सबै कोचहरुले आफुतर्फ आकर्षित गर्न खोजेपनि किरणले अन्तत टिम प्रमोदलाई छनोट गरेका थिए । कार्यक्रमको नियम अनुसार ब्लाइण्ड अडिशन पार गरेपछि प्रतिस्पर्धी ब्याटल राउण्डमा पुग्छन् र ब्याटल राउण्डमा एउटै टिमका २ जना प्रतिस्पर्धीहरु बिच ब्याटल गराइन्छ । जस्मा उपाधी जितेका किरणले टिम प्रमोदकै सुरक्षा सेन्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । ब्याटलमा किरण र सुरक्षाले पुरानो नेपाली चलचित्र बर पिपलको चर्चित भाकेर बर पिपलु बोलको गित गाएका थिए । आनन्द कार्की र सुनिता सुब्बाको आवाजमा रहेको उक्त गितलाई किरण र सुरक्षाले पनि निकै सुन्दर कोरियोग्राफी सहित उत्कृष्ट प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतीबाट कोचले एक जनालाई छान्नुपर्ने बाध्यता रहन्छ र उक्त बाध्यतामा कोच प्रमोदले किरणलाई छनोट गरेका थिए ।
धेरै नेपालीहरुको मनमनमा बसेको पुरानो उक्त गितलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेपछि किरणको चर्चा थप चुलिएको थियो । धेरैले उक्त प्रस्तुतीबाट नै यो सिजनको द भ्वइसको बिजेता किरण नै हुने आँकलन गरिसकेका थिए । किरणले पनि आफुलाई अब्बल साबित गर्दै एक पछि अर्को उत्कृष्ट प्रस्तुती दिदै गएका थिए । ब्याटल राउण्डमा उत्कृष्ट ठहरिदै नकआउट राउण्डमा स्थान बनाएका किरणले नकआउट राउण्डमा सुदिता राई र मेलिना मैनालीलाई पछि पार्दै लाइभ राउण्डमा स्थान सुरक्षित गरेका थिए । उनले नकआउटमा नारायण गोपालको स्वरमा रहेको बिर्सेर फेरी मलाई बोलको गित गाएका थिए । सोही गितको प्रस्तुतीले किरणलाई लाइभ राउण्डमा पुर्याएको थियो । कार्यक्रमको नियम अनुसार लाइभ राउण्डबाट अघिल्लो राउण्डमा प्रवेश गरेपछि भने दर्शको भोटको आधारमा प्रतिस्पर्धी अर्को राउण्डमा प्रवेश गर्छ । सोही अनुसार किरणले लाइभ राउण्मा पनि आफुलाई अब्बल साबित गर्दै अघि बढे ।
लाइभ राउण्डको पहिलो एपिशोडमा किरणले अंकीत श्रेष्ठको स्वरमा रहेको लजाएर बोलको गित गाएका थिए । जसबाट उनी टप १२मा प्रवेश गरेका थिए भने टप १२ मा जीवन शर्माको सिमली छाँयामा बसी बोलको गित गाएका थिए । टप ११ मा नेपाली चलचित्र ए मेरो हजुरबाट उदित नारायण झाको स्वरमा रहेको चर्चित फुलको थुंगा हौ की बोलको गित गाएका थिए । त्यसपछि अमृत गुरुङको स्वरमा रहेको नेपथ्य ब्याण्डको निकै चर्चा कमाउन सफल रेस्सम बोलको गित गाएका किरणले लाइभ राउण्डको २८ औ एपिशोडमा प्रताप सुब्बाको बन्धनको चिनो बोलको गित गाएका थिए ।
टिम प्रमोदबाट अन्तत सेमिफाइनलमा किरणसागै रबि गहतराज पुग्न सफल भएका थिए । सेमिफाइनलमा अन्तत फाइनल प्रवेशका लागि टिम प्रमोदबाट रबि गहतराज र किरण गजमेर बिच प्रतिस्पर्धा भएको थियो । रबिसँगको प्रतिस्पर्धाका क्रममा किरणले नेपाली चलचित्र अप्पाको जानु छ पहाडमा बोलको गित गाएका थिए । उक्त प्रस्तुती दिएका किरण अन्तत रबिलाइ पछि पार्दै फाइनलमा स्थान बनाउन सफल भएका थिए ।
फाइनलमा किरणले मन्त्र ब्याण्डको हिमाली नेपाली बोलको गित गाएका थिए । अन्तत लगातार दोश्रो पटक टीम प्रमोदले द भ्वइस आफ नेपालको उपाधी जित्न सफल भएको छ ।
Discussion about this post