बिशेष अनलाइन । नेपालमा पछिल्लो समय निकै रुचाइएको रियालिटिी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ अन्तिम चरणमा आइपुगेको छ । गयरातीको एपिशोडबाट हरेक टिमबाट एक एक जना आउट भएपछि शो मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार राती भएको सेफिफाइनलबाट चार जना कोचका १ १ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका छन्।
फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्। सेफिफाइनलबाट टीम दीपबाट गोबिन पुन आउट भएका छन् । टीम प्रमोदबाट रबी गहतराज, टीम राजुबाट अफ्रीता खड्गी र टीम तृष्णाबाट सोनाम शेर्पा आउट भएका छन् । हाल सम्म आफ्नै टिमका साथीसँग प्रतिस्पर्धा गरेका प्रतियोगीले अब भने एक अर्काको टिम बिरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।
अन्तिम ४ का प्रतिस्पर्धी छनोट भएसँगै सामाजिक सञ्जालमा प्रसंसाा र आलोचना भइरहेको छ । अन्य टीमको तुलनामा टीम प्रमोदको चर्चा धेरै छ । हुन त अधिकांशले टीम प्रमोदबाट किरणले उपाधी जित्ने आँकलन पहिले देखिनै गर्दै आइरहेका छन् । तर, गायन प्रस्तुतीका हिसबले किरण भन्दा रबी उत्कृष्ट रहेको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
उत्कृष्टताको भन्दा पनि पैसाकै खेती हुने गरेको आलोचाना यस्ता रियालिटी शो का लागि नयाँ भने हैन ।अब चारवटै टीमका एकएक जना प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन, जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् ।
Discussion about this post