BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलेजमा केटीलाई प्रेमप्रस्ताव राख्दा जोक गर्छस् भन्दै हाँसेर उडाउथे-निर्माल सर्मा ‘गैँडा’

विशेष अनलाइन by विशेष अनलाइन
साउन १६, २०७८, ८:१० बिहान
in FEATURE, राेचक घाेचक
Nirmal Sharma
145
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । हास्य कलाकार निर्मल शर्माले आज ४९ औँ जन्मदिन मनाउदै छन् । बिशेष त उनी आफुलाई चलचित्रकर्मी भन्न रुचाउछन् । शर्मालाई धेरै दर्शकले ‘गैँडा’ उपनामले चिन्ने गरेका छन् ।

हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा पाएको ‘गैँडा’उपनामले नै उनी दर्शकमा परिचित बनेका हुन् । हास्य टेलिश्रृंखला ‘तितो सत्य’ बन्द भएको लामो समय भइसकेको छ । तर पनि उनलाई ‘गैँडा’कै उपनामाले चिन्ने धेरै छन् ।

कलाकार निर्मल शर्माको जन्म विसं २०२७ साल साउन १६ गते काठमाण्डौमा भएको थियो । उनका पिता सरकारी ओहदामा रहेका रहेका थिए । कलाकार शर्मा भने सानैदेखि संस्कारी थिए । बोल्दा, हिँड्दा, खाँदा आफ्नै संस्कार थियो । उनी सानैदेखि चंगा उडाउने, फुटबल खेल्ने, पौडी खेल्ने लगायतका कुराहरुमा निकै रुचि राख्ने गर्थे ।

शमा पढाइमा सामान्य थिए । सानै देखि पठनपाठनमा त्यति रुचि थिएन । सानैबाट कलाकार बन्ने लक्षण भने उनले देखाएका थिए । उनलाई ऐना हेरिरहन मन लाग्थ्यो । कतै हिँड्दा डुल्दा पानी मात्रै भए पनि कपालमा लगाएर कपाल ठाडो पारेर हिँड्ने शर्मालाई अगाडी चुच्चो भएको जुत्ता निकै मन पथ्र्यो ।

एसएलसीपछि भने उनी अध्ययनका लागि भारत गए । उनले भारतको पुनामा रहेको फरगेन क्याम्पसमा अध्ययन गर्न थाले । त्यो समयमा मुम्बईदेखि पुना जाने बाटोमा बलिउड चलचित्रको छायाँकन भैरहन्थ्यो । उनी त्यही बाटो भएर आवतजावत गरिरहने हुँदा उनले धेरै पटक चलचित्र छायाँकन भएको हेर्ने मौका पाएका थिए ।

भारतका स्टार कलाकारहरुलाई छायाँकनका समय मानिसहरुले घेरेको, प्रहरीहरुले सुरक्षा दिएको, तस्बिर खिचाउन समर्थकहरुले तछाडमछाड गरेको, मानिसले छाता ओढाइदिएको, अटोग्राफ लिन आएको लगायतका दृश्य देखेपछि भित्रैबाट उनलाई पनि कलाकार बन्ने भूत सवार भयो । उनले त्यो स्टारको स्थानमा आफूलाई राखेर कल्पना गर्न थाले ।

शर्मा प्रेम र रोमान्सका कुरामा पनि निकै पछि थिए । तरपनि,क्याम्पसमा केटाभन्दा केटी साथी धेरै थिए । उनले क्याम्पसमा कसैलाई मन पराउँछु भन्दा जोक गर्छस् भनेर हाँसेर नै उडाइदिन्थे । एकपटक क्याम्पसमा इन्टर कलेज फेशन शो प्रतियोगिताको आयोजना भएको थियो । त्यो कार्यक्रममा शर्माले पनि भाग लिएका थिए । उनले नेपाली ढाकाको कमिज सुरुवाल, ढाका टोपी, पटुकी र कम्मरमा खुकुरी भिरेर आफ्नो प्रस्तुति देखाएका थिए ।

त्यो कार्यक्रममा उनले ३ ओटा अवार्ड जित्न सफल भएका थिए । कार्यक्रममा अवार्डस्वरुप उनले त्यो बेलाको भारु ११ हजार रुपैयाँ पुरस्कार पाएका थिए । उनलाई यो क्षेत्रमा धेरै पैसा कमाउन सकिने रहेछ भन्ने अनुभूति हुन थाल्यो । त्यसपछि भारतमा आयोजना हुने विभिन्न फेसन शो हरुमा सहभागिता जनाउन थाले ।

विभिन्न भारतीय टेलिभिजन तथा पत्रिकाहरुमा पनि उनका तस्बिरहरु छापिन थाले । पछि उनी नेपाल आउँदा पनि उनलाई सबैले सम्मान गरे । भारतबाट आएको विभिन्न टेलिभिजनमा देखिएको, पत्रिकाहरुमा तस्बिर छापिएको भन्ने भएपछि धेरैले उनलाई चलचित्रको अभिनेता बन्न सल्लाह दिए ।

उनी आफूले आफूलाई हिरोको रुपमा कल्पना गर्न थाले । उनी भारतबाट नेपाल आएको केही दिन भित्रमा नै मिनरल वाटरको विज्ञापनमा अभिनय गर्ने अवसर प्राप्त गरे । उनमा हिरो बन्ने सपना झन् बढ्दै गयो । अन्ततः उनले नेपाली चलचित्र ‘इज्जत’ मा अभिनेताका रुममा अभिनय गर्ने अवसर पाए ।

सुरुमा त सबैले उनको अभिनयको तारिफ गरेका थिए । तर,पछि चलचित्र प्रदर्शन भएपछि उनले हलमै गएर आफ्नो चलचित्र हेर्दा आफू हिरो बन्न नसुहाउने रहेछ भन्ने विचार गरे । त्यसपछि भने उनको हिरो बन्ने सपना त्यहीँबाट अन्त्य भयो । त्यसपछि उनले विभिन्न विज्ञापनहरुमा काम गरे ।

विभिन्न विज्ञापनमा काम गरिरहेकै बेला उनको भेट कलाकार दीपकराज गिरीसँग भयो । भेट भएको झण्डै ३ वर्षपछि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ को अवधारणा बन्यो । र पहिलो भागस्वरुप ‘तितो सत्य’ निर्माण सुरु भयो । पहिलो भाग बाट नै ‘तितो सत्य’ले लोकप्रियता हासिल गर्न थाल्यो ।

उनी आफूले राम्रो अभिनय गरेर भन्दा पनि भाग्यका कारणले दर्शकको माया पाएको बताउँछन् । अभिनयका हिसाबले भने आफू अझै केटाकेटी नै रहेको उनको बुझाइ छ । उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेको भने झण्डै ३० वर्ष पूरा भैसकेको छ ।

‘तितो सत्य’ले दिन प्रतिदिन लोकप्रियता हासिल गर्दै गयो । त्यही लोकप्रियतासँगै सिरियलका विभिन्न पात्रहरु पनि चर्चित भए । यही मध्येको एक थियो निर्मल शर्माको क्यारेक्टर ‘गैँडा’। आज उनलाई कलाकार निर्मल शर्मा ‘गैँडा’नामले देश तथा विदेशमा चिनिन्छ ।

उनी सानैदेखि निर्देशनमा पनि झुकाव राख्थे । उनी आफैँले निर्देशन गरेका विज्ञापनहरुलाई धेरैले प्रशंसा गरेका थिए । पछि उनले आफ्नै निर्देशनमा चलचित्र निर्माण गरे । हालसम्म उनले ५ ओटा चलचित्र निर्माण गरिसकेका छन् । तर निर्माण गरेका कुनै पनि चलचित्रले अपेक्षाकृत व्यापार भने गर्न सकेनन् ।

पछि दीपक–दीपाको सहकार्यमा निर्माण गरेका केही चलचित्रहरुले भने राम्रो व्यापार गर्न सफल भए । चलचित्र वडा नम्बर ६, छ एकान छ लगायतका चलचित्रहरुमा शर्मा पनि एक निर्माताका रुपमा थिए ।

पछिल्लो समय निर्मल शर्मा हास्य टेलिफिल्म ‘डन्ट माइन्ड’ निर्देशन गर्दै आइरहेका छन् । हिमालय टेलिभिजमा प्रसारण प्रशारण हुने उक्त टेलिफिल्मलाई नेपाली दर्शकले रुचाएका छन् । उक्त हास्य टेलिफिल्म मा निर्मल शर्मा सँगै रबि शर्मा, कमल मैनाली, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

Tags: जन्मदिन बिशेषनिर्मल शर्मा
Previous Post

‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट ४ छानिए,गोबिन,रबी,अफ्रीता र सोनाम आउट

Next Post

“आहा जान छि हमर” मा निरज र दीयाको उत्कृष्ट अभिनय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
“आहा जान छि हमर” मा निरज र दीयाको उत्कृष्ट अभिनय

“आहा जान छि हमर” मा निरज र दीयाको उत्कृष्ट अभिनय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।