बिशेष अनलाइन । नेपालका बरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले अमेरिकाका विभिन्न शहरहरुमा प्रस्तुति दिने भएका छन् । नोभेम्बरको पहिलो सातादेखि हुने ‘समता’ सम्बन्धी कार्यक्रममा सहभागि भएर प्रस्तुति दिन लागेको बताइएको छ ।
समता ग्लोबल सिनेटको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा मह जोडी सगै गायक रामकृष्ण ढकालको पनि प्रस्तुति रहने छ । कार्यक्रमहरुमा समताका सिनेटरहरुलाई सम्मान समेत गर्न लागिएको समता फाउण्डेशन, नेपालका अध्यक्ष उत्तम सन्जेलले जानकारी दिए ।
नोभेम्बर ५ देखि २० तारिकसम्म हुने कार्यक्रम अमेरिकाका विभिन्न शहरहरु सिकागो, कोलम्बस, पिट्सबर्ग,बस्टन, सेन्ट लुइस, सानफ्रान्सिस्को र डालास लगायतका स्थानमा हुने छ ।
कार्यक्रम नोभेम्बर ५ मा न्यूयोर्कबाट शुरु हुनेछ । मह जोडी समता फाउण्डेशनका संरक्षक हुन्।
Discussion about this post