बिशेष अनलाइन । सुनसरीको इटहरी उपमहानगरपालिका वडा २ मा रहेको माया घर नेपालले धेरैको मन जित्न सफल भएको छ । बालक देखि वृद्धसम्मको आश्रय स्थल बनेको यस मायाघर नेपालमा अक्सर बिभिन्न व्यवसायी,व्यापारी,सरकारी निकायका पदाधिकारी,बिभिन्न कलाकार लगायतका व्यक्तित्वहरु आउने जाने गर्छन् ।
त्याहाँको वातावरणले उस्लाइ यति मोहित बनाउछ,ऊ कुनै पनि स्थानबाट इटहरी आउदा एक पटक मायाघर नेपालमा आएर मात्र फर्किने बाचा गर्छ । यस्तै दृश्य पुन एक पटक मायाघर नेपालमा देखिएको छ । सफल हास्य कलाकारकारुपमा स्थापित भएका हास्य कलाकार द्धय अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को उपस्थितिले मायाघर नेपालको माहोल निकै तातिएको थियो । उनीहरुको उपस्थितिले मायाघर नेपालमा आश्रय लिदै आएका बालक देखि वृद्धसम्मलाई उत्साहीत बनाएको थियो ।
एक कार्यक्रमका दौरन पुर्व आएका हास्यकलाकार द्धय ‘पाँडे’ र ‘जिग्री’ मायाघर नेपालमा पनि उपस्थित भएका थिए । मायाघर नेपालले एक कार्यक्रमको आयोजना गर्दै कलाकार द्धय घिमिरे र कट्टेल लाई सम्मान समेत गरेको थियो ।
सोही कार्यक्रलाई सम्बोधन गर्दै हास्य कलाकार कुमार कट्टेलले मानविय धर्म सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै धन सम्पत्ति जे जति भए पनि अन्तयमा लिएर जाने केही नभएको बताएका थिए । घमण्ड भएको समाजमा केही गरौँ भन्ने नभएका मान्छे शारीरिक रुपले अशक्त भएको टिप्पणी गर्दै कट्टेलले आश्रयमा रहेका सबै सक्षम रहेको टिप्पणी गरेका थिए ।
उनले आफ्नै शैलिमा कार्यक्रममा उपस्थित सबैलाई हसाएका थिए । उनले फेरी पनि मायाघर नेपालमा आउने वातारण मिलाइदिन माया घर नेपालसँग आग्रह गरेका थिए । उनले आउदा दिनमा पुन सहयोग गर्ने वाचा गर्दै दुबैको तर्फबाट नगद १० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण समेत गरेका थिए ।
‘जिग्री’ले बेलेपछि बोल्ने पालो आयो ‘पाँडे’को । सबैले टिभीमा जस्तै ‘पाँडे’ ले त्याहा पनि हासाउछन् भन्ने अपेक्षा गरेका थिए । तर, जब ‘पाँडे’को बेल्ने समय आयो माहोल सबैले अपेक्षा गरेको भन्दा फरक बन्न पुग्यो । सबैलाई पेट मिचिमिचि हँसाउने अर्जुन घिमिरे ‘पाँडे’ अर्का कलाकार कुमार कट्टेल ‘जिग्री’ बोलिरहँदा र हसाइरहदा समेत भावुक देखिन्थे ।
मान्छेले मान्छे भएर बाँच्नको लागि आश्रममा आउनु दुःखद भएको बताउँदै घिमिरेले आश्रयका संस्थाहरु कहिले पनि नखुलुन् भन्ने चाहाना ब्यक्त गरेका थिए । भाबुक भएर बोल्दै गरेका उनी एका एक भक्कानिन थाले । सोही स्थानबाट उनले आफ्नी आमालाई सम्झिए ।
उनले भक्कानिदै आफ्नी आमा ब्रेन ह्यामरेज भएर ६ महिनादेखि अस्पतालमा रहेको बताएपछि त्याहाँ उपस्थित धेरैको आँखा रसाएको थियो । “म सम्पूर्ण आमाहरुप्रति सम्मान गर्छु । मायाघर नेपालमा रहनुभएका आमाहरु मेरी आमा समान हुनुहुन्छ।” घिमिरेले भने । देशका बिभिन्न स्थानबाट ल्याएर दुई छाक खाना र बस्नको व्यवस्था गरिदिनु ठूलो धर्म भएको बताउँदै पाँडेले माया घर नेपालप्रति शिर निहुराएर नमन गरेका थिए ।
Discussion about this post