BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

रातामकै सँग फन्नी कुरा

विशेष अनलाइन by विशेष अनलाइन
असार २५, २०७८, १:५२ मध्यान्ह
in FEATURE, राेचक घाेचक
kiran kc
120
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । हास्यकलाकार किरण केसीलाई धेरैले रातामकै उपनामले चिन्ने गर्छन् । हास्य टेलिश्रिंखला जीरेखुर्सानी बाट रातामकै नामले चिनिएका कलाकार किरण केसीले केही सफल चलचित्र निर्माण गरेका छन् । उनले महसञ्चारसँगको सहकार्यमा चलचित्र निर्माण गर्दै आएका छन् । उनले नेपाली कलाकारिता क्षेत्रमा धनका साथै मनका धनी कलाकारको छबी बनाएका छन् ।

हास्यकलाकार केसीले निर्माण गरेका चलचित्रहरुमा आफ्नै अभिनय समेत रहने गरेको छ । उनले गाएका केही गितसंगीतले पनि नेपाली दर्शकको मन जितेको छ । उनै हास्यकलाकार किरण केसी उर्फ रातामकैसँग हामीले केही रमाइलो कुरा गरेका छौँ ।

घाम किन पश्चिम बाट नउदाएको होला ?
यो त प्रकृतीको नियम नै हो । अब हामी खाना खादा किन भान्सा मै खान्छौ त ट्वाइलेटमा खाँदा पनि हुन्छ नि हैन र ? बस किन गुड्छ ?प्लेन किन उड्छ ? यो सबैको आफ्नै आफ्नै विशेषता हुन्छ । प्रकृतीले घाम पूर्वबाट उदाउने नियम बनाए अब त्यसलाई चेन्ज गर्न त इन्द्रको बुबा चन्द्रले नि सक्दैन, की कसो ?

दालभात तरकारी रुखमै फल्न थाल्यो भने ?
कस्तो रमाइलो हुन्थ्यो होला हाम्रो हामीले निर्माण गरेको चलचित्र दालभात तरकारी सदावहार बन्ने थियो । अर्को कुरा दालभात तरकारी फल्ने रुखबिरुवाहरुमा मानिसहरुको तँछाड मछाड हुने थियो । सबैजना रुखबिरुवाको सम्रक्षण गर्न लाग्थे । प्राकृतिक रुपमा पनि नेपाल सुन्दर बन्दै जान्थ्यो होला ।

तपाईले एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाउनु भयो भने ?
म एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाएँ भने त्यहि मौका छोपेर कोरोना भाइरसका कारण थलिएको चलचित्र नगरीलाई उठाउन बजेट बिनियोजन गर्थेँ । नेपाली कलाकर्मीहरुलाई राहत उपलब्ध गराउने वातावरण मिलाउथेँ । अनि मैले बनाएका चलचित्रहरुलाई अनिवार्य रुपमा हेर्नैपनि नियम बनाइदिन्थेँ । (हाँसो)

आँखाबाट आँशुको साटो सुनको डल्ला खस्न थाले भने ?
नेपालमा भएका सबै गरीब दुखीहरु धनी हुन्थे होला । आवस्यक पर्यो कि बसेर रुन थालीहाल्थे होला । अनि सुन भन्दा फलाम महंगो हुन्थ्यो । किनभने सुनको महत्व हराई हाल्थ्यो । बाटो हिड्दा पनि लात्ताले हान्दै हिडिन्थ्यो होला । (हाँसो)

जागिरका निम्ति जाँदा त्यस अफिसको हाकीम तपाईको दुश्मन रहेछ भने ?
बुढेसकालमा के को जागिर खानु र आनन्दले घरमै बस्थेँ । अब खानै पर्ने भयो भने पनि कुनै न कुनै बहाना बनाएर फकाइन्थ्यो होला नी । अब आफूलाई परे पछि त केही न केही गर्नु परिहाल्यो नि ।

काठमाण्डौमा ट्राफिक पुलिस नहुने हो भने ?
राम राम राम ट्राफिक हुँदा त यो हालत छ झन नहुदा त के हुन्थ्यो होला ? सवारी साधनको प्रयोगमा कमी आउथ्यो । अब गाडी मै बानेश्वर बाट कोटेश्वर जानलाई ३ दिन अघि नै हिड्नु पथ्र्यो होला । तर ट्राफिक नभए उनीहरुको जिम्मेवारी अरु कसैले गरिरहेको हुन सक्थ्यो । जहाँ समस्या त्यहाँ उपाय भनिन्छ नि हैन र ?

Tags: किरण केसीफन्नी कुरा
Previous Post

रजतपटको मनलाग्दी रिपोर्ट, कानुनी लडाइँ लड्दै गरिमा

Next Post

जिन्दगीको कथा बोल्ने “जीवन एउटा बगैंचा हो”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
जिन्दगीको कथा बोल्ने “जीवन एउटा बगैंचा हो”

जिन्दगीको कथा बोल्ने "जीवन एउटा बगैंचा हो"

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।