BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पुर्वेली कलाकारका नजरमा राजनैतिक दल

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २०, २०७८, ५:५९ मध्यान्ह
in FEATURE, अन्य
पुर्वेली कलाकारका नजरमा राजनैतिक दल
294
SHARES
Share on FacebookShare on Twitter

इटहरी / पछिल्लो समय नेपालमा राजनैतिक कृयाकलापले राम्रै चर्चा पाइरहेको छ । कोरोना भाइरसले सबैजसो क्षेत्र थलिएको छ । यता सरकार भने कोरोना भाइरसको नियन्त्रण भन्दा पनि चुनाब गराउने गृहकार्यमा जुटिरहेको छ । प्रतिपक्ष दलले सरकारको उक्त कदमको बिरोध गरिरहेका छन् भने सरकार पक्ष जसरी पनि आफ्नो कदमलाई सफल बनाउने बताइरहेको छ ।

यता नेपाली जनता पनि दुई धारमा देखिएका छन् । कतिपयले सरकारको कदमलाई सही पनि भनेका छन् भने कतिपयले केपी ओली नेतृत्वको सरकार कोरोना भाइरसको नियन्त्रणमा भन्दा पनि कुर्सी जोगाउने खेलमा लिप्त रहेको बताइरहेका छन् । प्रतिपक्ष दलमा रहेका अन्य राजनैतिक दलहरुले पनि नेपाली जनताको दुखमा साथ दिन नसकेको गुनासो गरिरहेका छन् ।

यसै बिच नेपाली कलाकारहरुले पनि राजनैतिक दलहरुले जनताको दुख बुझ्न नसकेको प्रतिकृया दिएका छन् । पछिल्लो समय धेरै कलाकार समाजसेवामा जुटिरहेका बेला राजनैतिक दलहरुले भने जनताको विस्वास गुमाइरहेका उदाहरणहरु प्रसस्तै देख्न सकिन्छ ।

tulasi parajuli

गायक तुलसी पराजुली राजनैतिक दलले आफ्नो कर्तव्य बिर्सिएर अर्कै बाटो हिडिरहेको बताउछन् । उनले भनका छन् – ‘जनता कोरोना महामारीसँग लडिरहेका बेला हामीले चुनेर पठाएका हाम्रा माननिय ज्यूहरु भने कुर्सी पाउने र बचाउने खेलमा लागिरहनु भएको छ । समान्य अवस्था भए यसलाई नेपाली जनताले पनि सामान्य रुपमा नै लिने थिए होला, तर यो विसम् परिस्थितिमा पनि जनप्रतिनिधीहरुले जनता भन्दा सत्ता प्यारो भन्ने सन्देश दिएका छन्, र यो गलत हो ।’

उनले नेपाललाई बिकासको बाटोमा अगाडी बढाउन केही सुझाव समेत दिएका छन् । गायक पराजुलीले जनमत सङ्ग्र गरी सङ्घीयता खारेज गर्ने र संसदीय शासन प्रणालीका कमजोरी सच्याउनु पर्ने बताएका छन् । साथै गायक पराजुलीले उत्तरदायित्व बहन गर्ने गरिको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागु गर्नुपर्ने, सबै राजनैतिक दलका नेता, कार्यकर्ता , सरकारी कर्मचारी समेतको सम्पतिको छानविन गर्नु पर्ने बताएका छन् ।

सानो देश तथा थोरै जनता भएका कारण १०० भन्दा नबढ्ने गरी सांसद, १० भन्दा नबढ्ने गरिको मन्त्रीपरिषद हुनुपर्ने व्यवस्था लागु गर्ने,भ्रष्टाचारीलाई सर्वस्वहरण सहित जन्मकैदको व्यवस्था कठोर ढङ्गले गर्नुपर्ने,अहिलेको कायम पालिकालाई यथावत राख्दै त्यहांका जनप्रतिधी र कर्मचारीमाथि नियमन गर्ने स्वतन्त्र र प्रभावकारी निकायको निर्माण गर्नुपर्ने गायक पराजुलीको सुझाव रहेको छ ।

arun kumar pradhan

नेपाल चलचित्रकर्मी महासंघ,प्रदेश १ का अध्यक्ष, निर्देशक अरुण कुमार प्रधान पनि राजनैतिक दलहरुबाट सन्तुष्ट बन्न सकेका छैनन् । कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहेको समयमा नेपाली राजनैतिक दलहरुले देखाएको व्यवहार गलत भएको उनको बुझाई छ । बिसम् परिस्थितिमा सबै दल एकै स्थानमा उभिएर यस परिस्थितिको समाधानको बाटो पहिल्याउनुको सट्टा कुर्सी पाउने र जोगाउने खेलमा लागिर परेको उनको भनाइ रहेको छ ।

उनले अघि भनेका छन् ‘हालको सन्दर्भमा राजनितिक खिचातानीको अन्त्य गरेर सबै दलहरु एक भएर सर्वदलिय सरकार गठन गर्नु उत्तम बिकल्प हुन्छ । हालको राजनितिक गतिविधिले नेपालको राजनितिक अवस्था बिश्वको इतिहासमै लाजमर्दो बिषय बनिरहेको छ । जस्ले गर्दा विश्वमाझमा नेपाल र नेपालीको पहिचानमा गलत सन्देश प्रवाह भइरहेको छ । यस्ता कुराहरुले नेपाललई दिर्घकालिन असर पुर्याउने हुदा सबै राजनितिक दल सचेत हुन आवस्यक रहेको छ ।’

rekha thapa

राजनितिलाई नजिकै बाट नियालिरहेकी अभिनेत्री हुन् रेखा थापा । उनले कलाकारितासँगै राजनितिलाई पनि अंगाल्ने प्रयास नगरेको पनि हैन । तर उनै अभिनेत्री रेखा थापालाई पनि अहिलेका राजनैतिक दलहरुले गरेका कामले खुसी बनाउन सकेको छैन । उनले भरखरै आएको बजेट भने कार्यान्वयन हुन सके राम्रो रहेको बताएकी छन् ।

‘सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । साथै अन्य कुराहरुलाई पनि समेटेको छ, तर कार्यन्वयनको लागि भने चुनौती देखेको छु,’ अभिनेत्री थापाले भनेकी छन् । आफ्नो लक्ष्य सकृय राजनिति नै भएको बताउदै सही समयको प्रतिक्षा गरिरहेको उनले बताएकी छन् ।

dinesh koirala

नेपाल चलचित्रकर्मी महासंघ,प्रदेश १ का महासचिव,अभिनेता दिनेश कोइरालाले भने राजनिज्ञहरुको बिस्वास लाग्न छाडेको बताएका छन् । ‘कोरोना महामारीले देश र जनतालाई आक्रन्त बनाएका बेला देशका नेता तथा कार्यकर्ता भने कुर्सी र सत्ताको मोहमा लिप्त भएर आफै आफैमा झगडा गरिरहेका छन्,’ कोइरालाले भनेका छन् ।

उनले अब नेताबाट आसा गर्नु आफैलाई दुखी बनाउनु बाहेक अरु केही पनि हुन नसक्ने बताएका छन् । उनले अघि भनेका छन् ‘जनता अस्पतालमा अक्सिजन, बेड तथा घरमै पनि खाना नपाएर छट्पटिरहेका छन्, तर सरकार चुनाबको तयारीमा जुटेको छ । यसले पनि के प्रश्ट हुन्छ भने नेपालका नेतालाई नेपाली जनताको स्वस्थ्य भन्दा स्वार्थ सहितको कुर्सी धेरै प्यारो छ, त्यो कुर्सी पाउन र बचाउन जस्तो सुकै कदम चाल्न परे पनि तयार देखिएका छन् । तर जनता समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका छन् । र यो तितो यथार्थ हो,’ कोइरालाले भनेका छन् ।

milan subedi

यस्तै लामो समय कलाकारितामा नै आफुलाई सुम्पिएका कलाकार मिलन सुबेदी ‘बाटघरे माइला’ ले पनि नेताको गलत कदमले देश गलत दिसामा अघि बढेको बताएका छन् । उनले भनेका छन् ‘कुनै पनि दल भित्र हुने आन्तरिक कलहहरुलाई आन्तरिक रुपमा नै व्यावस्थापन गर्न सक्नु र जायज मागहरुलाई सम्बोधन गरेर पार्टिलाई संगठित गराउनु नै कुशल नेतृत्व हो, तर हाम्रा देशका सबै दलहरुमा त्यही कुराको कमजोरी देखिएको छ ।’

एक पछि अर्को पार्टि टुक्रिनुको मुख्य कारण पनि यही नै भएको र त्यसले सिमित ब्यक्तिहरुको स्वर्थ पूर्ती भन्दा अर्को केही पनि हुन नसक्ने सुबेदीको बुझाइ रहेको छ । राजनितिमा नैतिकता र बिधिवत शासन प्रणालीको बिकास नभए सम्म परिवर्तन आउन नसक्ने उनको भनाइ छ ।

सुबेदीले अघि भनेका छन् ‘बिभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजायको सट्टा राजनितिक संरक्षण दिइदै आएको छ । सोजा साजा जनतालाई दबाउनका लागि मात्र कानुन बनाइएको छ । हाल सकृय राजनितिमा रहेका कुनै पनि पार्टिको शासन प्रणाली देश र जनताको हितमा देखिएको छैन । त्यसैले सबै नेपालीहरुलाई पार्टि भन्दा पनि व्यक्ति हेरेर भोट हाल्न अनुरोध गर्छु ।’

bhim lama

निर्देशक भिम लामाले भने राजनिति यो अवस्थामा आउनुमा जनता पनि दोसी भएको बताएका छन् । ‘हामी नेता ले यो गरेन त्यो गरेन भनेर खोट देखाउछौ तर हामीले देशका लागी के गरिउ त्यो सोच्दैनौ, त्यसैले देश गलत दिशामा जान्छ भने त्यसको धेर थोर हिस्सा हामीले पनि लिनुपर्छ,‘ निदेर्शक लामाले भनेका छन् ।

उनले भने सरकारले घोषण गरेको चुनाबलाई सही भएको बताएका छन् । ‘हामी यो नेता राम्रो त्यो नेता नराम्रो, यो पार्टि राम्रो त्यो पार्टि नराम्रो भनेर एक अर्कालाई दोसारोपण गरिहेका छौँ । यिनै कारणहरुले पनि चुनाब आवस्यक छ, अब जनताले फेरी पनि यो नेताले काम गरेन यो पार्टिले काम गरेन भनेर दोस देखाउनु भन्दा सही मानिस चुनेर भोट लागाउँ र समय समयमा उसलाई घच्घच्याउने गरौँ’ निदेशक लामाले भनेका छन् ।

prakash subba

यता कलाकार प्रकाश सुब्बाले भने राजनैतिक दलहरुलाई स्यालको झुण्डसँग तुलना गरेका छन् । उनले कुनै पनि राजनैतिक दलले देश र नेपाली जनताको हितमा रहेर कार्य गर्न नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘राजनितिक दलहरु भनेको एउटा स्यालको झुण्ड जस्तै हो । र उनीहरुले देश र नेपाली जनतालाई पालैसाग लुछिरहेका छन् ।’

ritesh jung khatri

कलाकार रितेश जंग खत्रीले नेपाली राजनितैतिक दलहरुको कार्यसम्पादनलाई नियाल्दा कुर्सी र सत्ताका लागि मात्रै राजनिति गर्ने गरेको महसुस हुने बताएका छन् । आफुले राजनिति बुझेको समय देखि अहिलेको अवस्थासम्ममा कुनै पनि पार्टिले नेपाली जनताको हितका लागि समर्पित भएर काम गरेको थाहा नपाएको उनले बताए ।

उनले अघि भनेका छन्, ‘हालको अवस्थामा देशलाई विकसित मुलुकका रुपमा रुपान्तरण गर्ने भिजन भएको राजनेता कोही पनि देखेको छैन । यो देश र जनताका लागि दुभाग्यको कुरा हो । एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले नै देश बिकास हुन नसकेको हो ।’उनले भ्रस्टचारीहरुलाई राजनितिक संरक्षण नहुने र हरेक मानिसका लागि एउटै कानुन भएका दिन देश धेरै अघि बढ्ने बताएका छन् ।

sunil chaudhary
यस्तै गायक सुनिल चौधरीले पनि नेपाली राजनैतिक दल कुर्सीकै लडाँइमा व्यस्त रहेको बताएका छन् । नेपाली जनता रोग र भोकले पिडित बनेका समयमा पनि नेपाली राजनैतिक दलले यसको समाधानका लागि कुनै निति अवलम्वन गर्न नसकेको उनको बुझाइ रहेको छ ।

नेपाली जनता रोग र भोकले छट्पटिएका बेला चुनाब घोषणा गर्नु बिडम्वना भएको गायक चौधरीको बुझाइ रहेको छ । उनले नेपाली राजनितिमा यूवा नेतृत्वको आवस्यकता रहेको औल्याएका छन् ।

Tags: Newsअरुण कुमार प्रधानतुलसी पराजुलीदिनेश कोइरालाप्रकाश सुब्बाभिम लामामिलन सुबेदी ‘बाटघरे माइला’रितेश जंग खत्रीरेखा थापासुनिल चौधरी
Previous Post

पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

Next Post

द भ्वाइस अफ नेपाल आजबाट प्रसारण हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
द भ्वाइस अफ नेपाल आजबाट प्रसारण हुने

द भ्वाइस अफ नेपाल आजबाट प्रसारण हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।