विशेष अनलाइन । मोरङको मृगौलियामा निर्माणाधीन फ्युचर कोलोनी पछिल्लो समय कलाकारहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको स्थायी भवन यही क्षेत्रमा निर्माण हुने भएपछि चलचित्र क्षेत्रसँग आबद्ध कलाकार तथा सर्जकहरूको चासो बढेको हो।
यसैक्रममा निर्देशक तथा कलाकार गजित बिष्टले फ्युचर कोलोनीमा जग्गा खरिद गरेका छन्। चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन शिलान्यासकै दिन उनले जग्गा खरिद गरेको फ्युचर रियल स्टेट एन्ड हाउजिङका प्रोप्राइटर याम लामाले जानकारी दिए।
लामाका अनुसार गजित बिष्टले दुई वटा प्लटमा गरी करिब ४५ लाख रुपैयाँ बराबरको २३ धुर जग्गा खरिद गरेका हुन्। चलचित्रकर्मीहरूको बढ्दो उपस्थिती र सम्भावनालाई देखेर आफूले उक्त स्थान रोजेको गजित बिष्टले बताएका छन्।
उनका अनुसार फ्युचर कोलोनी क्षेत्रमा आगामी दिनमा १५० क्षमताको चलचित्र हल तथा चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने तयारी समेत अगाडि बढिरहेको छ। यसले कोशी प्रदेशलाई चलचित्र गतिविधिको नयाँ केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चलचित्रकर्मी महासंघको भवन निर्माणसँगै कलाकारहरूको लगानी र आकर्षण बढ्दै जाँदा फ्युचर कोलोनी नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण हब बन्ने संकेत देखिएको छ।









Discussion about this post