विशेष अनलाइन । याक्थुम मन्चइत चोक सयङ प्रदेश नं. १ कार्य समिति द्वारा आयोजित १६ औं स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम सम्म्पन्न भएको छ ।
कार्यक्रम पुर्वका चलचित्रकर्मी तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा झापा स्थित दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको शभाहलमा भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुपेन्द्र तुम्बाहाम्फेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा चुलाचुली गाउँपालिका अध्यक्ष राजन केरुङको उपस्थित रहेको थियो।
कार्यक्रममा वरिष्ठ निर्देशक तथा कलाकार असोक चेम्जोङ, अभिनेता सानुबाबा सुब्बा, आदिवासी जनजाति चलचित्र महासंघका महासचिव सुमन योञ्जन, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका उपाध्यक्ष सुरेन्द्र भुजेल, महासचिव दिनेश कोइराला, किरात चलचित्रकर्मी संघका अध्यक्ष सागर सिङ्गल लगायत विभिन्न चलचित्रकर्मी, कलाकार तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, सम्मान कार्यक्रम तथा चलचित्र क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानबारे चर्चा गरिएको थियो। उपस्थित वक्ताहरूले याख्थुङ फिल्ममेकर एसोसिएसनले प्रदेश नं. १ को चलचित्र क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसले भविष्यमा अझै सशक्त रुपमा नेपाली चलचित्र उद्योगको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाउपालिका अध्यक्ष राजन केरुङले नेपाली कला संस्कृती तथा पर्यटन विकासमा चलचित्र क्षेत्रको विशेष योगदान रहेको उल्लेख गरे । कला क्षेत्रमा जातिय जिसावमा भन्दा पनि क्षमताका आधारमा अघि बढ्न सकिने अध्यक्ष केरुङको भनाई थियो ।
याख्थुङ मुभमेन्ट चोक सयुङका अध्यक्ष भुपेन्द्र तुम्बाहाम्फेले नेपाली चलचित्रमा लिम्बु समुदायको उपस्थिति बाक्लिदै गएको बताउदै । कठिन मेहनतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण चलचित्र नगरीमा प्रसस्त रहेको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
वरिष्ठ निर्देशक अशोक चेम्जोङले लिम्बु समुदायमा कयौं कथा रहेको एक हजारले लेखे पनि नसकिने बताए । अध्ययन गरि भेटिएको कुरालाई कलात्मक बनाउन आवस्यक रहेको बताउदै निर्देशक चेम्जोङले नेपाली चलचित्रको दिशा परिवर्तन गर्ने कथा लिम्बु समुदाय भित्र नै रहेको उल्लेख गरे ।
आदिवासी जनजाति चलचित्र महासंघका महासचिव सुमन योञ्जनले आदिवासी जनजाति एक ढिक्का भएर अघि बढे मात्र अधिकार प्राप्ति सम्भव रहेको बताए । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश महासचिव दिनेश कोइरालाले कला संस्कृति कुनै जातिय विशेषमा अल्झिनु गलत हुने बताउदै एक अर्काको सम्मान गरेर अघि बढ्न आवस्यक रहेको उल्लेख गरे ।
कार्यक्रमकै अवसरमा अभिनेता सानुबाबा सुब्बाको जन्मदिन विशेष केक काटेर मनाइएको थियो ।









Discussion about this post