बिशेष अनलाइन । कलाकार तथा प्राविधिक श्याम गरीको छोराको उपचार नोवेल मेडिकल कलेज बिराटनगरमा भइरहेको छ । चलचित्रकर्मी महासंघको पहलमा उनको निशुल्क उपचार भइरहेको छ ।
यता औषधीका लागि भने आफैले खर्च जुटाउनुपर्ने भएकाले गिरीले सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । गिरीका ९ महिनाका छोरालाई डेङ्गु तथा निमोनिया भएर अस्पताल भर्ना गरिएको छ ।
यसै बिच इजरायलमा रहदै आएकी समाजसेवी ठुली चन्द्राकला कोयि राईले बालकको उपचारका लागि आर्थिक सहयोग गरेकी छन् । उनले दस हजार सहयोग पठाएकी हुन् ।
चलचित्र लेखक,निर्देशक,निर्माता तथा कलाकार भिम लामा मर्फत राईले उक्त सहयोग पठाएकी हुन् । लामाले अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ।
छाँयाकार सुमन तामाङले पनि सहयोगार्थ पन्द्र सय रुपैया प्रदान गरेको लामाले जानकारी दिए। सहयोग रकम लिदै कलाकार तथा प्राविधिक श्याम गिरीले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
समाजसेवी ठुली चन्द्रकला कोयि राईले बिभिन्न समयमा गरिव तथा असक्तहरुका निमित्त सहयोग गर्दै आएकी छन् । उनले धरानका मेयर हर्क साम्पाङको अभियानमा समेत सहयोग गर्दै आएकी छन् ।
Discussion about this post