BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

गोल्ड कपका लागि निर्माता ज्योतिराज राईद्वारा सुन र चाँदी जडित ट्रफी प्रदान

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ७, २०८१, ६:५३ बिहान
in FEATURE, अन्य
गोल्ड कपका लागि निर्माता ज्योतिराज राईद्वारा सुन र चाँदी जडित  ट्रफी प्रदान
72
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । चलचित्र निर्माता ज्योतिराज राईले ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप’का लागि रनिङ ट्रफी प्रदान गरेका छन् । नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृ भाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक समेत रहेका राईले आफ्ना स्व। बुवा मेजर एन। बि। रुङमाहाङ राईको स्मृतिमा उक्त ट्रफी हस्तान्तरण गरेका हुन् ।

मोरङको बेलबारी नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा उक्त ट्रफी सार्वजनिक सहित आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम बान्तवा राई र बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईलाई हस्तान्तरण गरिएको थियो ।

आफूसँगै परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानु राईको तर्फबाट उक्त ट्रफी सौजन्य गरिएको निर्माता राईले जानकारी दिए । निर्माता राईका अनुसार करिब ८ लाख रुपैयाँमा तयार भएको ट्रफीमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रहेको छ ।

‘अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप’मा तीन पटक लगातार विजेता बन्ने टोलीलाई सो समयमा घोषित पुरस्कार रकम सहित उक्त ट्रफी प्रदान गरिने छ । कुनै टिमले नजितुन्जेल ट्रफी नगरपालिकाको कार्यालयमा नै रहने छ ।   २०४८र४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेलको आयोजना गरेको स्मरण गर्दै त्यसलाई पूर्णता दिन नसकिरहेको अवस्थामा पुन खेलमा संलग्न हुन पाउनु आफ्नो र परिवारको लागि ऐतिहासिक क्षण भएको उल्लेख गरे ।  ‘म हुर्की खेली गरेको आफ्नो जन्मथलोमा योगदान गर्न पाउँदा गर्वको अनुभूति भएको छ’,निर्माता राईले भने ।

‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप’ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मी खेल मैदान, लक्ष्मी मार्गमा असोज ११ गतेदेखि असोज १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा झापा ११ फुटबल क्लब झापा, भोजपुर डी फुटबल क्लब भोजपुर, सलहेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, चित्लाङ फुटबल क्लब काठमाडौँ,बिग्रेड ब्वइज क्लब काठमाडौँ, दलसिंहपारा स्पोर्टस एकेडेमी भारत, बुटवल लुम्बिनी फुटबल क्लब बुटवल, नेपाल पुलिस क्लब काठमाडौँ र आयोजक एल एक्स सिटी फुटबल क्लब लक्ष्मी मार्ग गरी जम्मा १० टोली सहभागी रहने छन् ।

  • Beta

Beta feature

  • Beta

Beta feature

Previous Post

नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा एक दिने सेल्फ मेकअप तालिम सम्पन्न

Next Post

चलचित्र‘मिसिङ : केटी हराएको सूचना’ को ‘हेर्दै जाउँ ’ बोलको गित सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
चलचित्र‘मिसिङ : केटी हराएको सूचना’ को  ‘हेर्दै जाउँ ’ बोलको गित सार्वजनिक

चलचित्र‘मिसिङ : केटी हराएको सूचना’ को ‘हेर्दै जाउँ ’ बोलको गित सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।