बिशेष अनलाइन । नेपालमा यतिबेला स्थानिय निकायको निर्वाचनको चटारो छ । स्थानिय स्तरमा नै रहेर कार्यसम्पादन गर्ने जनप्रतिनिधि चुनिेने भएका कारण पनि यस निर्वाचनले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यान केन्द्रित गरेको छ । जिबन निर्वाहका लागि आफ्नो गाँउ भन्दा टाढा रहेकाहरु पनि यस समय स्थानिय जनप्रतिनिधि चुन्नका लागि आफ्नै गाँउ फर्किने गरेका छन् ।
यसै बिच बिभिन्न राजनैतिक दलहरुको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका उमेद्वारहरुले आफ्नो दल र आफुलाई निर्वाचित गर्न आग्रह गर्दै बिजयी पश्चात गर्ने कार्यहरुको घोषणपत्र बनाएर घर दैलो सम्म पुगिरहेका छन् ।
यसैबिच चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रदेश १ मा रहेका मुख्य शहर धरान, इटहरी, इनरुवा लगायतका स्थानहरुबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका उमेद्वारहरुलाई भेटेका छन् । धरान नाटकघर निर्माण उपभोक्ता समिती र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले संयुक्तरुपमा एक कार्यक्रमको आयोजाना गरी धरान उपमाहानगर पालिकामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उमेद्वार किशोर राई र उपमेयरका प्रत्यासी अईन्द्रा बिक्रम बेघा र नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी उमेद्वार मन्जु भण्डारी र उपमेयर पदका प्रत्यासी उमेद्वार पदम इस्बो लिम्बुसंग साक्षात्कार गरिएको छ ।
उक्त भेटमा जनप्रतिनिधिका प्रत्यासी उमेद्वारहरुले कला, साहित्य र संस्कृतिले पनि अहम भूमिका नीर्वाह गर्छ भन्ने मूल नाराको साथ कलासँग सम्बन्धित १५ बुदे प्रतिज्ञा पत्रमा प्रतिबद्धता जाहेर गर्नुका साथै लिखित सम्झौता गरिएको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
यता इटहरी उपमहानगर पालिकामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उमेद्वार हेमकर्ण पौडेल र उपमेयर पदका उमेद्वार केशव कुमार बिस्ट साथै राष्ट्रिय प्रजातन्त्र बार्टीका तर्फबाट मेयर पदका उमेद्वार आकाश हाङ सुब्बा र उपमेयर पदकी प्रत्यासी उमेद्वार बबिता चौधरीसँग साक्षात्कार गरिएको थियो । इटहरी उपमहानगर पालिकाको सभ्यता बिकास र सम्वृद्दिको लागी साहित्यकार,रङकर्मी, चलचित्रकर्मी तथा कलाकर्मीहरुको बुदागत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।
इटहरी स्थित विभिन्न कला, साहित्य सङ्गीत, संस्कृति सँग सम्बन्धीत संस्थाहरुको सहभागितामा प्रतिबद्धता हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै लोकतान्त्रिक गठबन्धनका तर्फबाट उपमेयर पदका उमेद्वार केशव कुमार बिष्टले इटहरीको विकास र समृद्धीका निमित्त आफुले उमेद्वारी दिएको उल्लेख गर्दै इटहरीको कला क्षेत्रको विकासका लागि कुनै कसुर नराख्ने बताए । आफु पनि कुनै समयको कलाकार भएको बताउदै यस क्षेत्रको बिकासमा गम्भिर भएर लाग्ने बिष्टको भनाइ थियो ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर पदका उमेद्वार आकाश हाङ सुब्बाले आफ्नो पार्टी सबै कला र संस्कृति प्रेमी रहेको उल्लेख गर्दै निर्वाचित भए इटहरीलाई कलाको शहरका रुपमा बिकास गर्ने उल्लेख गरे । इटहरी उपमहानगर पालिकाबाट नेकपा एमालेको तर्फबाट प्रत्यासी मेयर पदका उमेद्वार यम कुमार सुब्बा र उपमेयर पदकी प्रत्यासी उमेद्वार संगीता चौधरीलाई पनि आग्रह गरिएको तर उनीहरुले भेट्न अस्विकार गरेको महासंघका अध्यक्ष प्रधानले जानकारी दिए ।
इटहरीको कार्यक्रम सम्पन्न गरी महासंघको टोली इनरुवा तर्फ लागेको थियो । नेपाली कांग्रेसका तर्फबाट ईनरुवाका मेयर पदका उम्मेदवार केदार भण्डारी र उप मेयर पदका उम्मेदवार विनिता मेहेतालाई भेटी ईनरुवा का स्थनिय सहित्यकार, रंगकर्मी, संस्कृतिकर्मी, लगायतका लागि थिएटर हाउस सहित आदिवासी जनजाति , मुस्लिम, मधेसि जातिहरुको सम्पुर्ण लोककला, संस्कृति अध्ययन अनुसंधान केन्द्र सहित १३ शुत्रीय प्रतिबद्दता पत्रमा हस्ताक्षर गरिएको थियो।
मेयर पदका उम्मेद्धार भण्डारीले स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएको खण्डमा ईनरुवाका अग्रज रंगकर्मी, साहित्यकार तथा कलाकर्मीहरुको विशेष पहलमा ईनरुवालाई ज्ञान, कला, साहित्य र संस्कृतिको केन्द्र बनाउने उद्देश्यअनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Discussion about this post