BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कलाको बिकासका लागि महासंघले गर्यो उमेद्वारहरुसँग साक्षात्कार

उमेद्वारद्वारा प्रतिबद्धतामा हस्ताक्षर

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २९, २०७९, १०:३० बिहान
in FEATURE, अन्य
कलाको बिकासका लागि महासंघले गर्यो उमेद्वारहरुसँग साक्षात्कार
87
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालमा यतिबेला स्थानिय निकायको निर्वाचनको चटारो छ । स्थानिय स्तरमा नै रहेर कार्यसम्पादन गर्ने जनप्रतिनिधि चुनिेने भएका कारण पनि यस निर्वाचनले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यान केन्द्रित गरेको छ । जिबन निर्वाहका लागि आफ्नो गाँउ भन्दा टाढा रहेकाहरु पनि यस समय स्थानिय जनप्रतिनिधि चुन्नका लागि आफ्नै गाँउ फर्किने गरेका छन् ।

यसै बिच बिभिन्न राजनैतिक दलहरुको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका उमेद्वारहरुले आफ्नो दल र आफुलाई निर्वाचित गर्न आग्रह गर्दै बिजयी पश्चात गर्ने कार्यहरुको घोषणपत्र बनाएर घर दैलो सम्म पुगिरहेका छन् ।

यसैबिच चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रदेश १ मा रहेका मुख्य शहर धरान, इटहरी, इनरुवा लगायतका स्थानहरुबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका उमेद्वारहरुलाई भेटेका छन् । धरान नाटकघर निर्माण उपभोक्ता समिती र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १  ले संयुक्तरुपमा एक कार्यक्रमको आयोजाना गरी धरान उपमाहानगर पालिकामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उमेद्वार किशोर राई र उपमेयरका प्रत्यासी अईन्द्रा बिक्रम बेघा र नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी उमेद्वार मन्जु भण्डारी र उपमेयर पदका प्रत्यासी उमेद्वार पदम इस्बो लिम्बुसंग साक्षात्कार गरिएको छ ।

उक्त भेटमा जनप्रतिनिधिका प्रत्यासी उमेद्वारहरुले कला, साहित्य र संस्कृतिले पनि अहम भूमिका नीर्वाह गर्छ भन्ने मूल नाराको साथ कलासँग सम्बन्धित १५ बुदे प्रतिज्ञा पत्रमा प्रतिबद्धता जाहेर गर्नुका साथै लिखित सम्झौता गरिएको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

यता इटहरी उपमहानगर पालिकामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उमेद्वार हेमकर्ण पौडेल र उपमेयर पदका उमेद्वार केशव कुमार बिस्ट साथै राष्ट्रिय प्रजातन्त्र बार्टीका तर्फबाट मेयर पदका उमेद्वार आकाश हाङ सुब्बा र उपमेयर पदकी प्रत्यासी उमेद्वार बबिता चौधरीसँग साक्षात्कार गरिएको थियो । इटहरी उपमहानगर पालिकाको सभ्यता बिकास र सम्वृद्दिको लागी साहित्यकार,रङकर्मी, चलचित्रकर्मी तथा कलाकर्मीहरुको बुदागत प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।

इटहरी स्थित विभिन्न कला, साहित्य सङ्गीत, संस्कृति सँग सम्बन्धीत संस्थाहरुको सहभागितामा प्रतिबद्धता हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै लोकतान्त्रिक गठबन्धनका तर्फबाट उपमेयर पदका उमेद्वार केशव कुमार बिष्टले इटहरीको विकास र समृद्धीका निमित्त आफुले उमेद्वारी दिएको उल्लेख गर्दै इटहरीको कला क्षेत्रको विकासका लागि कुनै कसुर नराख्ने बताए । आफु पनि कुनै समयको कलाकार भएको बताउदै  यस क्षेत्रको बिकासमा गम्भिर भएर लाग्ने बिष्टको भनाइ थियो ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर पदका उमेद्वार आकाश हाङ सुब्बाले आफ्नो पार्टी सबै कला र संस्कृति प्रेमी रहेको उल्लेख गर्दै निर्वाचित भए इटहरीलाई कलाको शहरका रुपमा बिकास गर्ने उल्लेख गरे । इटहरी उपमहानगर पालिकाबाट नेकपा एमालेको तर्फबाट प्रत्यासी मेयर पदका उमेद्वार यम कुमार सुब्बा र उपमेयर पदकी प्रत्यासी उमेद्वार संगीता चौधरीलाई पनि आग्रह गरिएको तर उनीहरुले भेट्न अस्विकार गरेको महासंघका अध्यक्ष प्रधानले जानकारी दिए ।

इटहरीको कार्यक्रम सम्पन्न गरी महासंघको टोली इनरुवा तर्फ लागेको थियो । नेपाली कांग्रेसका तर्फबाट ईनरुवाका मेयर पदका उम्मेदवार केदार भण्डारी र उप मेयर पदका उम्मेदवार विनिता मेहेतालाई भेटी ईनरुवा का स्थनिय सहित्यकार, रंगकर्मी, संस्कृतिकर्मी, लगायतका लागि थिएटर हाउस सहित आदिवासी जनजाति , मुस्लिम, मधेसि जातिहरुको सम्पुर्ण लोककला, संस्कृति अध्ययन अनुसंधान केन्द्र सहित १३ शुत्रीय प्रतिबद्दता पत्रमा हस्ताक्षर गरिएको थियो।

मेयर पदका उम्मेद्धार भण्डारीले स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएको खण्डमा ईनरुवाका अग्रज रंगकर्मी, साहित्यकार तथा कलाकर्मीहरुको विशेष पहलमा ईनरुवालाई ज्ञान, कला, साहित्य र संस्कृतिको केन्द्र बनाउने उद्देश्यअनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Previous Post

पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार

Next Post

‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’

‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।