BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख ११, २०७९, ४:२७ मध्यान्ह
in FEATURE, चलचित्र
पुर्वमा ‘लक्का जवान’को फरक शैलिमा प्रचार प्रसार
69
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बिहान करिव ९ बजेको समयमा बिराटनगर बिमानस्थलमा एकाएक एउटा दृष्य देखियो । एकै पटक १० भन्दा धेरै ट्याम्पो लस्करै आएको देख्दा त्याहा उपस्थित सबै चकित बनेका थिए । करिव २० भन्दा माथि पत्रकारहरु समेत त्याहा देखिएका थिए । उक्त दृष्य देख्ने सबैले आफ्नै आफ्नै अड्कल बाजीहरु लगाइरहेका थिए । धेरैलाई लागेछ स्थानिय निकायको चुनावको प्रचार प्रसारका लागि कुनै एउटा राजनैतिक दलले यो फण्डा गरिरहेको छ । । यस्तै बिभिन्न अड्कलबाजी गर्दै गर्दा ट्याम्पोमा लगाएको चलचित्र ‘लक्का जवान’को ब्यानरले उनीहरुको खुल्दुली मेटाइरहेको थियो ।

एका एक त्यही समयमा चलचित्र ‘लक्का जवान’का निर्माता,निर्देशक तथा कलाकार शिवहरी पौडेल र चलचित्रका निर्माता तथा कलाकार किरण केसीको उपस्थितिले उनीहरुको मनको खुल्दुली मेटेको मात्र थिएन कलाकार द्धय पौडेल र केसीसँग तस्विर खिच्न दर्शकको तछाड मछाड नै भएको थियो । चलचित्र ‘लक्का जवान’को प्रमोसनका लागि केही फरक दृष्य त्याहा प्रस्तुत गरिएको थियो ।

तिनै लस्कर लागेका ट्याम्पोहरु मध्य एकमा निर्देशक तथा कलाकार शिवहरी पौडेल र एकमा निर्माता तथा कलाकार किरण केसी बसे पछि ट्याम्पो र्याली गर्दै इटहरी तर्फ मोडिएको थियो । चलचित्र ‘लक्का जवान’मा समावेश गित बजाउदै लस्करै देखिएका ट्याम्पो तिर एक पटक सबैले नजर लगाउन बध्य भएका थिए ।

चलचित्र प्रचार प्रसारमा देखिएको फरक शैलिले सबैको ध्यान केन्द्रित गर्न सफल भएको थियो । बिराटनगरबाट र्याली गर्दै निस्किएको ट्याम्पोले इटहरी परिक्रमा गरेको थियो । चलचित्रको व्यानर सहित गित बज्दै अघि बढेको ट्याम्पो र्याली इटहरीको पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको प्रांगणमा पुगेर सम्पन्न भएको थियो । ट्याम्पो र्याली पश्चात आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्देशक तथा कलाकार शिवहरी पौडेलले चलचित्र ‘लक्का जवान’मा नेपाली परिवेशमा नेपाली कथा प्रस्तुत गरिएको बताए । उनले चलचित्र निर्माण भएको लामो समय भएको भए पनि चलचित्रले प्रस्तुत गरेको बिषयबस्तु समय सापेक्षित रहेको बताए । उनले ‘लक्का जवान’१० बर्ष पछि रिलिज गरे पनि चलचित्रमा समावेश विषयवस्तु बासी नहुने जिकिर गरे ।

चलचित्रका निर्माता तथा कलाकार किरण केसीले चलचित्र ‘लक्का जवान’मा यस भन्दा अघि निर्माण गरेका सफल चलचित्रहरुको अनुभवलाई सँगालेर प्रस्तुत गरेको बताए । इटहरीको पत्रकार सम्मेलन पश्चात धरान तथा झापाको दमकमा पनि पत्राकार सम्मेलनको आयोजना गरिएको थियो । धरानको ह्वाइट हाउस होटल म्यानेजमेन्ट स्कुलमा र झापाको पाथिभरा चलचित्र हलको कक्षमा कार्यक्रमको आयोजना गरिएको थियो ।

धरानको ह्वाइटहाउसमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नेपालमा बिदेशी चलचित्र हाबी हुदै गएको उल्लेख गर्दै बिदेशी चलचित्रको प्रतिस्थापन गर्दै नेपाली चलचित्र पदर्शन गर्ने वातावरण सृजना हुन आवस्यक रहेको उल्लेख गरे । पहिले नेपालमा नेपाली चलचित्र प्रदर्शनमा प्राथमिकता दिनुपर्ने र त्यसो नगरे चलचित्र हलमा तालाबन्धी गरेर भए पनि बिरोध गर्नु पर्ने प्रधानको भनाई थियो । यता पाथिभारा चलचित्र हलका सञ्चालक समेत रहेका वितरक चैतन्य बरालले आफु सधै नेपाली चलचित्रको पक्षमा रहेको उल्लेख गर्दै सबै हल सञ्चालकलाई एउटै दाजोमा राख्न नमिल्ने उल्लेख गरे ।

घरानबाट फर्किने क्रममा कलाकार द्धय पौडेल र केसी इटहरीमा रहेको माया घर नेपालमा उपस्थित भएका थिए । माया घर नेपालका लागि चलचित्रका तर्फबाट निर्देशक पौडेलले नगद रु १० हजार रुपैँया सहयोग हस्तान्तरण गरेका थिए । बैशाख २३ देखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘लक्का जवान’ मा सरोज खनाल, प्रियङ्का कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामालगायतको अभिनय छ ।

Previous Post

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

Next Post

कलाको बिकासका लागि महासंघले गर्यो उमेद्वारहरुसँग साक्षात्कार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
कलाको बिकासका लागि महासंघले गर्यो उमेद्वारहरुसँग साक्षात्कार

कलाको बिकासका लागि महासंघले गर्यो उमेद्वारहरुसँग साक्षात्कार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।