BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना भाइरस

विशेष अनलाइन by विशेष अनलाइन
माघ ३, २०७८, ५:०३ मध्यान्ह
in FEATURE, अन्य
यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना
84
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसका कारण मनोरञ्जन क्षेत्रले निकै क्षेति व्यहोर्नु पर्यो । कलाकारिताकै माध्यमबाट आफ्नो रोजीरोटीको जोहो गर्दै आएका कलाकारहरुका लागि त कोरोना भाइरस सबै भन्दा ठुलो दुश्मन बनेको छ । धेरै नेपालीहरुले कोरोना भाइरसकै कारण आफ्ना परिवारका सदस्य गुमाइरहदा कलाकारिता क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेन ।

बिशेष चलचित्र नगरी लामो समयदेखि कोरोना भाइरसको प्रत्यक्ष मारमा परिरहेको छ । चलचित्र प्रदर्शन हुने समय यकिन हुन नसक्दा चलचित्र घरहरु धमाधम बन्द भए। लामो समय पछि केही आसा पालाएको चलचित्र नगरी पुन बन्द भएको छ । प्रदर्शनमा आएका चलचित्रहरु समेत पुन कोरोना भाइरसको मारमा पर्ने नै भए । त्यो भन्दा दुखद कुरा मनोरञ्जन नगरीमा स्थापित धेरै कलाकर्मीहरुले कोरोना भाइरसकै कारण यो संसारबाट बिदा हुनु परेको छ ।

सम्रचनाहरु त भोली अवस्था समान्य बन्दै जादा पुन निर्माण गर्न सकिन्छ । तर, मनोरञ्जन नगरीमा अतुलनिय योगदान दिएका धेरै कलाकर्मीहरुले ज्यान गुमाएर पुगेको क्षेति कहिले पनि परिपुर्ति हुन सक्दैन । आज हामी कारोना भाइरसका कारण यो संसारबाट बिदा भएका कलाकर्मीका बिषयमा चर्चा गर्दै छौँ ।

 shambhu thapa

कलाकार शम्भुराज थापा
हास्य कलाकारका रुपमा स्थापित शम्भुराज थापाको कोरोना संक्रमणकै कारण निधन भयो । करिव तीन दशक भन्दा लामो समय देखि कलाकारिता क्षेत्रमा सक्रिय थापाको पाटन अस्पतालमा कोरोना संक्रमणकै कारण निधन भएको हो । करिव तीन साताको अस्पताल बसाइपछि उनी  संसारबाट बिदा भएका थिए ।

थापाले केही चलचित्रका साथै धेरै टेलिसिरियलहरुमा अभिनय गरेका थिए । बिशेष हास्य कलाकारका रुपमा चिनिएका थापाले नेपाली चलचित्र ‘आफ्नो बिरानो’निर्माण गरेका थिए । चलचित्र ‘आफ्नो बिरानो’मा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ,गौरी मल्ल, निर शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यससँगै सानोपर्दाका धेरै टेलिसिरियलहरुमा उनलाई रुचाइएको छ । थापाले मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ जस्ता चर्चित टेलिसिरियलहरुमा उनले अभिनय गरेका थिए भने हाल उनी हास्य टेलिसिरियल ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए । हास्य टेलिसिरियल ‘हल्का रमाइलो’मा केही समय अघिको एपिशेडमा थापाले कोरोना भाइरसका कारण मृत्यु भएको अभिनय गरेका थिए । ‘हल्का रमाइलो’मा थापालाई दर्शकले ‘बखते’ नामले चिन्ने गरेका थिए ।

bhim-rana

छायाँकार भिम राना
चलचित्र निर्माता एवं छायाँकार भिम रानाको पनि केही समय अघि कोरोना भाइरसकै कारण निधन भएको थियो । कोरोना संक्रमणसँग जुधिरहेका रानाको ५८ वर्षको उमेरमा निधन भएको हो । राना छायाँकारसँगै चलचित्र निर्माता समेत हुन् । धेरैले रानालाई नेपालमा सिनेमास्कोप प्रविधीको सुरुवात गर्ने ब्यक्तित्वका रुपमा समेत चिन्ने गरेका छन् ।

रानाले सिनेमास्कोप प्रविधीको प्रयोगमा नेपाली चलचित्र ‘माइली’ निर्माण गरेका थिए । ‘माइली’ सिनेमास्कोप प्रविधीमा निर्माण भएको नेपालको पहिलो चलचित्र हो । उनले ‘माइली’, ‘लवकुश’, ‘बरमाला’ ‘बादल’, ‘सौभाग्य’ लगायतका थुप्रै चर्चित नेपाली चलचित्रहरुमा काम गरेका छन् ।

रानाको नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान रहेको छ । स्टील क्यामेरादेखि करिअर सुरु गरेका रानाले ठूला चलचित्र हुदै एनएफडिसीको सिईओसम्म भएर काम गरेका थिए ।

birasad-basnet

निर्देशक बिशारद बस्नेत
नेपाली चलचित्र नगरीमा उदाउँदै गर्दा पुर्णविराम लागेको अर्को नाम हो बिशारद बस्नेत । निर्देशक विशारद बस्नेतको पनि कोरोनाकै कारण निधन भएको थियो । भारतमा जन्मिएका बिशारदको ३९ बर्षको उमेरमा निधन भएको हो । बिशारद नेपाली चलचित्र नगरीमा आफुलाई स्थापित गर्ने कसरतमा थिए ।

लामो समय भारतमा नै काम गरेर नेपाली चलचित्र नगरीमा प्रवेश गरेका बस्नेतले नेपाली चलचित्र नगरीमा लामो समय काम गर्ने सपना बोकेर नेपाली चलचित्र नगरीमा उदाएका थिए । नेपाल आएर बिशारदले नेपाली चलचित्र ‘यता न उता’मा सह–निर्देशक भएर काम गरेका थिए । उनले निर्देशन गरेको पहिलो नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ हो । ‘मिस्टर भर्जिन’लाई नेपाली दर्शकले साथ नदिए पनि चलचित्रले चर्चा भने बटुलेको थियो ।

चर्चा भएकै कारण पनि बिशारदले चलचित्र ‘मिस्टर भर्जिन’को सिक्वेल बनाउने तयारी समेत गरेका थिए । ‘मिस्टर भर्जिन’को सिक्वेल बनाउने उनको सपना अधुरो नै छाडेर उनी यो संसारबाट बिदा भएका थिए । बस्नेतले मण्डला थिएटरमा ‘क्लाउन एट वर्क’ शिर्षकमा कार्यशाला संचालन गरेका थिए । उनले एभरेष्ट फिल्म एकेडेमीमा अभिनय अध्यापन समेत गराउदै आएका थिए ।

lasimit-rai

गायिका लासिमित राई
गायिका लासिमित राईका लागि पनि कोरोना मृत्युको कारण बन्न पुग्यो । भारतको राङ्गु जल्पाईगुडीमा जन्मिएकी राई करिव तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् ।

५३ वर्षको उमेरमा उनको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । राइले नेपाली चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी छिन् । नेपाली चलचित्र ‘गाउँले’मा समावेश ‘मायालुको मुहारै हँसिलो’, ‘लेखान्त’को ‘संगसंगै बाँच्न पाउँ, संगसंगै मर्न पाउँ’, ‘परदेशी कान्छा’मा समावेश ‘मरि गए मुरी माटो बाँचे सगरमाथा’, ‘माझी दाई’को ‘आज मैले राम नामै जपेँ’ उनका चलचित्रका रुचाईएका गीतहरु हुन् ।

राष्ट्र कबि माधव प्रसाद घिमिरेको रचना तथा लासिमितको स्वर रहेको राष्ट्रिय भावनाको गित ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा’ अहिले पनि नेपालीहरुको मन मनमा गुञ्जिरहेको छ । २०४८ सालमा किन तिमी बोलको एकल एल्वम सार्वजनिक गरेर संगीत नगरीमा उदाएकी राइका ‘सुनकोशीको सुनको पानी’, ‘सम्झनाले’, ‘लाग्यो कि गोली’, ‘घामले पनि पोल्छ’, ‘चुलबुले मन’, ‘किन तिमी टाढा भयौं’, ‘किन होल हिजो आज’ लगायतका गित संगीतलाई नेपाली दर्शकले रुचाएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गरेकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आएकी थिइन् । कोरोनाबाट मृत्यु हुनु भन्दा केहीसमय अघिमात्र उनले ‘मर्न मन लाछ माया’ बोलको गित गाएकी थिइन् ।

Chetan-karki

निर्देशक चेतन कार्की
कोरोना भाइरसकै कारण नेपाली मनोरञ्जन क्षेत्रले गुमाएको अर्को नाम हो चेतन कार्की । कार्कीले नेपाली चलचित्र निर्देशक, लेखक, गीतकार तथा साहित्यकारका रुपमा आफुलाई स्थापित गरेका थिए । उनको ८४ बर्षको उमेरमा निधन भएको थियो ।

कार्कीले ‘विश्वास’, ‘पहिलो प्रेम’, ‘मनको आँखा’, ‘भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । उनले नेपाली चलचित्र नगरीमा बिर्सनै नसकने योगदान गरेका छन् । कार्कीले सय भन्दा धेरै चलचित्रका कथा लेखेका छन् । उनको लेखनमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो । जसलाई निर शाहले निर्माण गरेका थिए भने हिरासिंह खत्रीले निर्देशन गरेका थिए ।

हरेक वर्ष हरितालिका तिजमा गुन्जिने तिज गित ‘तिजको लहर आयो बरिलै’ उनै कार्कीले लेखेको गित हो । यस्तै कलिलो तामालाई सोध रामलाई बोलको गित पनि नेपालीको मनमनमा बसेको गित हो । जुन गितको रचना कार्कीले नै गरेका थिए । यस्तै उनीद्धारा लिखित ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन’ लगायतका उपन्यासहरु निकै चर्चित छन् ।

baikuntha maske

छायांकार वैकुण्ठमान मास्के
नेपाली चलचित्र नगरीले कोरोना भाइरसकै कारण गुमाउनु परेको अर्को नाम हो बैकुण्ठ मास्के । मास्के नेपाली चलचित्रका पहिलो छायांकार हुन् । उनको ८३ बर्षको उमेरमा कोरोना भाइरसकै कारण निधन भएको थियो । कोरोना पोजिटिभ देखिएका मास्के लामो समयदेखि कलेजोको बिरामी समेत थिए ।

मास्केले धेरै नेपाली चलचित्रहरुमा सहायक छायांकार भएर काम गरिसकेपछि पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । उनले दर्जन बढी चलचित्रमा काम गरेका छन् । छायांकन सँगै मास्केले चलचित्र निर्देशन तथा सम्पादन पनि गरेका छन् । ‘परिवर्तन’, ‘हिजो आज भोली’मास्केले काम गरेका सफल चलचित्र हुन् ।

मास्केले रोयटर्स न्युज एजेन्सी लगायत केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् । मास्केलाई चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो ।

भारतबाट अध्ययन पुरा गरेर फर्किएपछि मास्केले नेपालमा सुचना बिभागमा रहेर काम गर्न थाले । उनी भन्दा पहिले नेपालमा कोही पनि छायांकार थिएनन् । उनले ‘हिजो आज भोली’बाट सहायक छायांकारका रुपमा नेपाली चलचित्रमा प्रवेश गरेका थिए ।

 

Previous Post

मनोरञ्जन क्षेत्र बन्द गर्ने सरकारको निर्णय

Next Post

कलाकार नआए पछि दर्शकले जलाए स्कारपियो,स्टेजमा समेत आगजनी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
कलाकार नआए पछि दर्शकले जलाए स्कारपियो,स्टेजमा समेत आगजनी

कलाकार नआए पछि दर्शकले जलाए स्कारपियो,स्टेजमा समेत आगजनी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।