BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

पुर्वान्चल लिटिल स्टारुको पौष १० गते हुने ग्राण्ड फिनालेका लागि ३ ठाउबाट छानिए २९ जना

विशेष अनलाइन by विशेष अनलाइन
पुस ९, २०७८, १:५५ मध्यान्ह
in अन्य
पुर्वान्चल लिटिल स्टारुको पौष १० गते हुने ग्राण्ड फिनालेका लागि ३ ठाउबाट छानिए २९ जना
193
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । प्रदेश १ मा बृहत रुपमा आयोजना गरिएको राठी केबल पुर्वान्चल लिटिल स्टार तेश्रो संस्करणका लागि फाईनल प्रतिष्पर्धीहरु छनौट गरिएको छ । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका छन् । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा राठी केबलले टाईटल स्पोन्सर गरेको उक्त बालबालिकाको सौन्दर्य प्रतियोगिताको धरानमा पौष १ गते, बिर्तामोडमा पौष ३ गते र बिराटनगरमा पौष ५ गते सेमिफाइनल भएको थियो । सहभागीहरुलाई सम्बन्धित ठाउमै १५ दिनको ज्ञान वृद्धि तथा र्याम्प वाल्कको कक्षा सन्चालन गरिएको थियो । धरानबाट ६, बिराटनगरबाट १२ र बिर्तामोडबाट ११ जनाले फाईनल चरणमा प्रवेश पाएका हुन् ।

धरानबाट पृशा श्रेष्ठ, सायन राई, मेनुका परियार, श्रुति श्रेष्ठ, प्रजु राउत र आरध्या भट्टराई छनौट भएका छन् भने बिराटनगरबाट जेनिशा थापा, सिवानी तामाङ, समृद्धि रायमाझी, अन्विशा न्यौपाने, संयोग सुवेदी, यसिका भगत, प्रीकाशा श्रेष्ठ, रोजिना सरदार, काब्या कर्ण, उत्सव गुप्ता, वर्षा शर्मा र प्राथाना नेपाल छनौट भएका छन् । त्यस्तै बिर्तामोडबाट आकृती खरेल, संयोग न्यौपाने, बेदिता राजबंशी, सलुजा शाह, अनुशा सिटौला, सगुन थापा, कृषिका सिटौला, आयुष्का राई, सिनोल श्री श्रेष्ठ, दृष्टि धिमाल, आरध्या बुढाथोकी ग्राण्ड फिनालेको लागि छनौट भएका छन् । अब फाईनलमा प्रवेश पाउनेहरुलाई केही दिनको विशेष कक्षा बिर्तामोडमा संचालन हुने आयोजकले जनाएको छ । त्यसपस्चात यहि पौषको १० गते बिहान ११ बजेदेखि झापा चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भब्य ग्राण्ड फिनाले हुनेछ । जहाँबाट पुर्वान्चल लिटिल स्टार छनौट हुनेछ ।

यस्तै सेमिफाइनलबाट सबटाईटलहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत धरानको सेमिफाइनलबाट मिस ट्यालेन्ट पृशा श्रेष्ठ, मिस ब्युटिफुल प्रजु राउत, मिस डिसिप्लेन निस्सान भट्टराई, मिस एक्टिभ आरध्या भट्टराई, मिस्टर बेस्ट स्माईल र मिस्टर ट्यालेन्ट सायन राई, मिस्टर पर्सनालिटी रिसभ अधिकारी, मिस बेस्ट वाल्क अस्मिता गहतराज, मिस पपुलर सारा श्रेष्ठ, मिस पन्च्वालिटी आसिका राई, मिस हस्पिटालिटी श्रेया राई, मिस हाइजेनिक मेनुका परियार, मिस फोटोजेनिक श्रुति श्रेष्ठ, ब्युटिफुल हेयर सुम्निमा राई र बेस्ट ड्रेसको सब टाईटल आसिका राईले हात पारिन् ।

यस्तै बिराटनगर सेमिफाइनलबाट मिस्टर क्युट नभ्या जैसवाल, मिस लभ्ली दृष्टि चौधरी, मिस क्युट आरोशी घिमिरे, मिस्टर फ्रेन्ड्ली श्रीयस रिजाल, मिस ओविडिन्ट सिवानी तामाङ, मिस कन्फिडेन्ट श्रभी यादव, मिस पंच्वल प्राथना नेपाल, मिस चार्मिङ्ग आहाना ढकाल, मिस इण्टेल्लेच्ट्युल प्राची शाह, मिस डिसिप्लेन, मिस फोटोजेनिक र बेस्ट ड्रेस प्रिकासा श्रेष्ठ, मिस्टर ट्यालेन्ट संयोग सुबेदी, मिस्टर चार्मिङ्ग सार्थक भट्टराई, मिस्टर स्माईल सिजन चौधरि, मिस वेल स्पोकन बर्षा शर्मा, मिस इण्टेल्लेच्ट्युल काव्या कर्ण, मिस स्माइल जेनिशा थापा, मिस्टर बब्लि उत्सब गुप्ता, मिस बब्लि यशिका भगत, मिस्टर फोटोजेनिक देव कुमार भगत, मिस फिजिक्स स्वस्तिका भगत, मिस फेसन आइकन रुचि ढोट, मिस ट्यालेण्ट सम्वृद्धि रायमाझी, मिस पर्सनालिटी अन्विशा न्यौपाने, मिस वाल्क रोजिना सरदार र मिस्टर फिजिक्सको सव(टाइटल उत्तम रोयले हात पारे ।

यस्तै बिर्तामोड सेमिफाइनलबाट मोस्ट क्युट इसिता मुखिया, मोस्ट पोन्च्युल संयोग न्यौपाने, मोस्ट ब्युटिफुल र बेस्ट ड्रेस सिओल श्री श्रेष्ठ, बेस्ट पर्सनालिटी निशान बिक, ब्युटिफुल आइज सुलोना धिमाल, बेस्ट एथलेस र मिस ट्यालेन्ट दृष्टि धिमाल, ब्युटिफुल स्माइल आरध्या बुढाथोकी, मोस्ट कन्फिडेन्ट सगुन थापा, बेस्ट वाल्क र भिवर च्वाइस बेदिता राजबंशी, मोस्ट क्युरियस गुन्जन राजबंशी, ब्युटिफुल स्किन युनिशा उप्रेती, मोस्ट अट्र्याक्टिभ प्रनस्री कार्की, बेस्ट कस्ट्युम लेलिना राजबंशी, मोस्ट बब्ली कृसिका सिटौला, मोस्ट इनर्जेटिक इन्दु रिमाल, मोस्ट फ्रेन्ड्ली अस्मिता ढकाल, ब्युटी विथ ब्रेन आकृती खरेल, मोस्ट इण्टेल्लेच्ट्युल अनुशा सिटौला, बेस्ट प्रफर्मर सलुजा शाह, फेसन आइकन दिया गिरि, ब्युटिफुल हेयर आयुष्का राई, मोस्ट डिसिप्लेन बिज्ञा रायमाझी र मोस्ट ओबिडिइन्टको सव(टाईटल डेबिल्सन तामाङले प्राप्त गरे ।

यता आयोजक कम्पनीले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकी छन् । उनी पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल ‘टि(सिरिज’बाट सार्बजनिक गरिने छ । आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशीका अनुसार ३० प्रतिशत छायांकनको काम सम्पन्न भएको छ । अब बाँकी ७० प्रतिशत छायांकन भने कार्यक्रमको ग्रान्ड फिनाले लगत्तै दार्जिलिङमा गरिने छ । भिडियोमा इटहरी, विराटनगर र बिर्तामोड टिमका ७९ जना सहभागी बालबालिकाहरु फिचर्ड छन् ।

यस्तै, भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकी बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ । तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दी गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो ।यस्तै यही आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन चलच

जुन चलचित्र नेपाली, हिन्दी, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुँदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।

https://www.youtube.com/watch?v=UJUzSTumYT0

Previous Post

प्रमोदको ‘कोल्टे जिन्दगी’

Next Post

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

वर्षा रजतपट बिवाद : प्रेस काउन्सिल भन्छ उजुरी आएको छैन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।