BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अन्ततः मोडल निशा घिमिरेको निधन,कसरी भएको थियो निशाको त्यो अवस्था ?

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १६, २०७८, ८:४९ मध्यान्ह
in FEATURE, अन्य
अन्ततः मोडल निशा घिमिरेको निधन,कसरी भएको थियो निशाको त्यो अवस्था ?
159
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । उपचाररत मोडल तथा अभिनेत्री निशा घिमिरेको अन्तत निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । नियमित उपचार नपाएर मृत्युको मिखमा पुगेकी घिमिरेको सामाजिक सञ्जालमा चर्चा बढेपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेर निशुल्क उपचार गरिरहेकी थिइन३ । करिब ५० लाख खर्च भइसक्दा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले बताएको थियो । अन्तत उनको मृत्यु भएको छ ।

करिब आधा दशकअघि घिमिरे चलचित्र नगरीमा आफुलाइ स्थापित गरेर सफल कलाकारको परिचय दिने सपनाका साथ चलचित्र नगरीमा होमिएकी थिइन् ।काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी घिमिरेले भोजपुरी चलचित्र मधेसी पुत्र २ मा काम गरिसकेकी थिइन् । उनले केही टेलिसिरियलहरुमा समेत आफ्नो अभिनय कौशलत प्रस्तुत गरिसकेकी थिइन् ।

उनले एउटैमात्र सपन देखेकी थिइन्, चलचित्र नगरीमा आफुलाइ स्थापित गरेर पैसा कमाउने । उनले देखेको सपना साकार बन्दै गएको थियो । उनी कलाकारिता क्षेत्रमा स्थापित हुँदै गएकी थिइन् । आफुलाई अझै निखार्ने र यो क्षेत्रमा अझै राम्रो गर्ने सोचले उनी अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी पुगेकी थिइन् ।

nisha-Ghimire

उनले कोर्स सुरुवात गरिसकेकी थिइन् । उनले त्यहीँ काम गर्न समेत सुरु गरेकी थिइन् । तर देहरादुनमा उनी धेरै समय खुशी बन्न असमर्थ भइन् । त्यहाँ पुगेको करिब डेढ महिनापछि कार दुर्घटनामा परी उनी गम्भीर घाइते हुन पुगिन्। उनी चढेको कारलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उनी अचेत बनेकी बन्न पुगिन् । त्यस्को केही समय पछिमात्र उनको उपचारको होस आएको थियो । होस फर्किए पनि त्यो दुर्घटनापछि उनी न बोल्न सक्थिन् न त हिँडडुल गर्न नै । उनलाई खाना खान समेत साहारा चाहिने गथ्र्यो ।

उनको परिवार दिनरात उनको उपचारमा जुट्यो । डाक्टरले नियमित उपचार गरे ४–५ वर्षमा ठीक हुन्छ भनेका थिए । उपचारको क्रममा केही सुधार पनि देखिएको थियो । उपचार गर्दा गर्दै भएको धनसम्पत्तीबाट उठिबास लाग्यो । आर्थिक अभाव हुन थालेपछि डाक्टरले भनेअनुसार उपचार गर्न असमर्थ भए । नियमित उपचारको अभाव हुन थालेपछि उनको स्वास्थ्य झन् बिग्रँदै जान थाल्यो । शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही नदेखिने अवस्था आएको आएको थियो। भर्खरै २३ वर्ष लागेकी कलाकार घिमिरे ६०–७० वर्षकी वृद्ध महिला जस्तो देखिन्थन् ।

दुर्घटना हुनु अघिल्लो दिन मात्र निशाले घरमा फोन गरेकी थिइन् । उनले फोन गरेर केही पैसा पठाइदिन्छु घर व्यवहार चलाउदै गर्नु भनेर भनेकी थिइन् । तर त्यस्को भोलिपल्ट फोननै आएन । छोरीसँग दैनिक कुरा हुनेगरेको थियो । त्यो दिन फोन नआएपछि निशाका पिताले आफै छोरीलाई फोन गरे । कत्ति गर्दा पनि फोन उठेन, पछि उतैबाट फोन आयो र दुर्घटनामा परेर निशालाई हस्पिटलमा भर्ना गरिएको खवर प्रहरीले गर्‍यो ।

दुर्घटनाको खबर पाएको दुई दिनमा पिता प्रेमप्रसाद देहरादुन पुगे । दुर्घटनामा परेर निशाको टाउकोमा ठुलो चोट लागेको रहेछ। देहरादुनको निजी अस्पतालमा १८ दिनसम्म आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वस्थ्यमा सोचेअनुसारकि सुधार हुन सकेको थिएन । अन्ततः पिता प्रेमप्रसादले छोरीलाई नेपाल नै ल्याउने तय गरे । भारतबाट नेपाल ल्याएर उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । करिब साढे दुई महिना ट्रमा सेन्टरको उपचार पछि उनलाई बनेपास्थित स्पाइनल इन्जरी रिह्याबिलिटेसन सेन्टरमा सारिएको थियो । गत वर्ष कोरोना महामारीका कारण डेरामै ल्याएर राखिएको थियो ।

उद्धार हुनुभन्दा अघि सम्ममा नै निशाको उपचारमा करिब ३५ लाख भन्दा माथि खर्च भइसकेको थियो । केही कलाकर्मीहरुले व्यक्तिगत रुपमा केही रकम सहयोग गरे पनि कला क्षेत्रबाट खासै सहयोग नभएको प्रेमप्रसादको भनाइ छ । सामाजिक सञ्जालमा चर्चा सुरु भएपछि भने उनको उपचारका लागि रकम उठाउन अभियान नै संचालन गरिएको थियो ।

नियमित उपचार नपाएर मृत्युको मिखमा पुगेकी घिमिरेको सामाजिक सञ्जालमा चर्चा बढेपछि अन्तत नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी थिइन् । घिमिरेलाई उद्धार गरी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भिक जाँचको क्रममा नशाको समस्या देखिएको तर अन्य अंगमा ठूलो समस्या नदेखिएको अस्पतालले बताएको थियो।

निशाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नर्भिक अस्पतालले नै बेहोर्ने बताएको थियो । अस्पतालका अनुसार निशाको उपचारमा करिव ५० लाख भन्दा माथि खर्च भएको छ ।

Tags: निशा घिमिरे
Previous Post

“खुल्नेछन् चलचित्र हल,चल्नेछन् चलचित्र”

Next Post

भिषणको फरक कन्सेप्टमा “आखिर के को लागी होला ?”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
bhishan rai

भिषणको फरक कन्सेप्टमा “आखिर के को लागी होला ?”

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।