BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

असार महिनामा जो चर्चाको पात्र बने

विशेष अनलाइन by विशेष अनलाइन
असार ३०, २०७८, १२:५४ मध्यान्ह
in FEATURE, अन्य
असार महिनामा जो चर्चाको पात्र बने
180
SHARES
Share on FacebookShare on Twitter

 बिशेष अनलाइन । यो समय चलचित्र नगरी ठप्प छ । बिस्तारै सबै क्षेत्रहरु चलायमान हुदै जादा चलचित्र क्षेत्र कहिले सामान्य बन्छ अत्तोपत्तो छैन । चलचित्र हल कहिलेबाट सञ्चालनमा आउछन् भनेर यसै भन्न सक्ने अवस्था छैन । चलचित्र नचलेर ठप्प भएको चलचित्र नगरी कलाकर्मीहरुका कारण भने चर्चामा रहिरहयो । असार महिनामा केही कलाकर्मीहरु निकै चर्चामा रहे । हामीले असार महिनामा चर्चामा रहेका बिभिन्न कलाकर्मीहरुको विषयमा  चर्चा गरेका छौँ ।

priyanka karki

प्रियंका कार्की
गर्भवती रहेकी अभिनेत्री प्रियंका कार्की समय समयमा चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गरेकै कारण उनी चर्चामा आउने गरेकी छन् । असर महिनामा पनि उनी एक पटक चर्चामा आइन् । अभिनेत्री प्रियंका र उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । त्यसपछि अभिनेता आयुष्मान देशराज जोशीले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सावर’ पार्टीको आयोजना गरे ।

जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख उपस्थिति रहेको थियो । अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा हालेको सोही तस्विरका कारण उनलाई नेपाली दर्शककले सकारात्मक तथा नकारात्मक प्रतिकृया दिएका थिए ।

पुजा शर्मा र आकाश श्रेष्ठ
असार महिनामा अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ पनि चर्चामा रहे । उनीहरुको सम्बन्धमा उतारचडाप आएको खवरले उनीहरुका समर्थकमा निकै निरासा छाएको थियो । नेपाली चलचित्र ‘रामकहानी’ मा काम गरेपछि एकअर्कासँग नजिकिएको यो जोडी चलचित्र नगरीको उदाहरणिय जोडी मध्यको एक हो ।

नेपाली दर्शकले त उनीहरुलाई रियल जोडीकै रुपमा हेर्न चाहेको प्रतिकृया दिने गरेका छन् । उनीहरुबीच ठाकठुक भएको खवरले एक पटक सामाजिक सञ्जाल तातिएको थियो । अभिनेता आकाश श्रेष्ठ टेलिभिजन कार्यक्रम ‘रजतपट’ का सञ्चालक प्रकाश सुवेदीसँग नजिक भएपछि अभिनेत्री पुजा चिडिएकी थिइन् । तर यो जोडीको बिवाद लामो समय रहन सकेन ।

उनीहरुको पुन मिलन भइसकेको छ । अभिनेत्री पुजा र अभिनेता आकाशको बिछोड र मिलनको खवरका कारण पनि असार महिनामा यो जोडी चर्चाको पात्र बन्यो ।

जेनी कुँवर
अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेको खबरले पनि केही दिन समाजिक सञ्जाल तताएको थियो । काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । जेनी विगत १ बर्षदेखि डिप्रेसनमा रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत भेटाएको थियो ।

जेनीले नेपाली चलचित्र ‘जिन्दगानी’ बाट अभिनययात्रा सुरु गरेकी थिइन् । उनले ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत दर्जनौ चलचित्रमा काम गरेकी थिइन् । केही वर्षयता भने डिप्रेसनका कारण उनी अभिनयमा सक्रिय थिइनन् । उन्को अत्महत्याको खवरले नेपाली चलचित्र नगरीलाई निकै दुखित बनाएको थियो ।

सुपुष्पा भट्ट
अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग यसै महिना विवाह गरिन् । अभिनेत्री सुपुष्पा र रौनकको इन्गेजमेन्ट भने बैशाख १५ गते भएको थियो । रौनकले ‘कबड्डी, मिस्टर झोले’ लगायतका चलचित्र निर्माण गरेका छन् ।

अभिनेत्री सुपुष्पाले भने ‘रणवीर’ बाट नोपली चलचित्र नगरीमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘छ माया छपक्कै’ मा समेत काम गरिन् भने कोरोना महामारीभन्दा अगाडि सुपुष्पाले फिल्म ‘चपली हाइट ३’ को छायांकन सकाएकी थिइन् ।

paul shah

पल शाह
अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट यसै महिना सम्मानित गरियो । ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका कारण पनि उनलाई रियल हिरो अफ दि इयरबाट सम्मान गरिएको थियो । सोही सम्मानका कारण पनि अभिनेता शाह असार महिनामा चर्चाको पात्र बनेका थिए ।

अभिनेता शाहलाई सम्मान गर्ने उक्त कार्यक्रममा उनी भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण कार्यक्रमा उपस्थित भएका थिएनन् । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए ।

Garima Sharma & Prakash Subedi

गरिमा शर्मा र प्रकाश सुबेदी
बेलाबेला बिभिन्न कारणले बिवाद र चर्चामा आइरहने कार्यक्रम हो रजतपट । प्रकाश सुबेदीले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम पुन बिवादमा तानिन पुग्यो । गायक दुर्गेश थापा र मोडल गरिमा शर्माको गलत रिपोर्ट प्रशारण गरेपछि कार्यक्रम रजतपट र सञ्चालक सुबेदी पुन एकपटक बिवादमा तानिएका हुन् ।

मोडल गरिमा शर्मा रुदै टिकटकमा लाइभ आएर रजतपट बिरुद्ध कानुनी लडाँइ लड्ने समेत बताएकी थिइन् । उनले रजतपटमा प्रसारण भएको रिपोर्ट गलत भएको भन्दै पटक पटक वास्तविक भिडियो आफ्ना शुभचिन्तकहरुलाई देखाएकी थिइन् । उनले आफु यो क्षेत्रमा अझै नयाँ भएको र न्याय नपाए आत्महत्याको बाटो अंगल्न बाध्य हुनसक्ने चेतावनी समेत दिएकी थिइन् । उक्त घटनाले पनि यो महिना समाजिक सञ्जाल तताएको थियो ।

achal sharma

आँचल शर्मा
अभिनेत्री आँचल शर्माको यतिबेला चलचित्र नगरीमा चर्चा भइरहेको छ । केहीसमय अघि अभिनेत्री शर्मा गर्भवती भएको खवरहरु बाहिरिएका थिए ।

केही अनलाइन पोर्टलहरुले त अभिनेत्री शर्माले नै आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित समाचार प्रकाशन गरेका थिए । तर, अभिनेत्री शर्माले बिभिन्न अनलाइनहरुमा आएका समाचारमा सत्यता नभएको बताएकी छन् । आफुले पनि त्यसप्रकारका समाचार पढेको भन्दै उनले फेक न्यूजबाट टाढा रहनआग्रह गरिन् ।

अभिनेत्री शर्माले अघिल्लो वर्ष मात्रै डाक्टर उदिप श्रेष्ठसँग बिवाह गरेकी थिइन् । बिवाहकै समयमा पनि महंगा कपडा तथा गरगहना लगाएर ढाडस देखाएको भन्दै अभिनेत्री शर्माको आलोचना भएको थियो । अभिनेत्री शर्माले आफू आमा बन्ने भएपछि पहिलो खबर नै अन्यत्रबाट नभइ आफूले नै सुनाउने बताएकी थिइन् ।

Tags: असार महिना
Previous Post

राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण,कुरा उही हो – दीकराज गिरी

Next Post

अभिनेत्री रेखा थापाको पहिलो पारिश्रमिक १ रुपैया

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
Rekha Thapa

अभिनेत्री रेखा थापाको पहिलो पारिश्रमिक १ रुपैया

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।