BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन

विशेष अनलाइन by विशेष अनलाइन
असार १०, २०७८, १०:०६ मध्यान्ह
in FEATURE, अन्य
संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन
71
SHARES
Share on FacebookShare on Twitter

अंशु अधिकारी । सुनसरीको बराहक्षेत्र ६ घर भएका रामकुमार श्रेष्ठलाई १५ दिन अघि खाना नरुच्ने शरीर दुख्ने समस्या देखा पर्यो । कोरोना पो हो की भनेर पिसिआर परीक्षण गरे । उनलाई कोरोना पोजेटिभ देखियो ।
घरमा बच्चा सानो भएकाले नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा बस्ने निधो गरे । गत जेठ २५ गते देखि ११ दिन बसेका श्रेष्ठ आईसोलेसनमा दिएको सेवासुविधाको प्रशंसा गर्छन । सेन्टरमा दिएको खाना नास्ता, इन्टरनेट, छुट्टै शौचालय तथा स्वास्थ्यकर्मीले गरेको ब्यबहारले आफुँले कोरोना जितेको अनुभव सुनाउँछन् । नगरपालिका र वडा कार्यालयबाट समयसमयमा सम्पर्क गर्ने गरेको उनले बताए । ‘पर्याप्त व्यायामको ब्याबस्था छ । डाक्टरहरु एकदम सहयोगि हुनुहुन्छ । केही असहज भयो भने फोन गर्नु भन्नु हुन्छ । मैंले ११ दिन सम्म बसेको पत्तै पाईन’ , उनले भने ।

श्रेष्ठ जस्तै सोही ठाउँका सफल खत्री पनि आईसोलेसन सेन्टरको बयान गर्छन् । यस्तो विषम परिस्थितिमा नगरपालिकाले गरेको काम प्रशंसा योग्य रहेको बताए । गत जेठ ७ गते ज्वरो, रुघाखोकी तथा शरीर दुख्ने समस्या रहेका खत्रीलाई राती अक्सिजनको लेभल कम भएको महशुस भएपछि राती ११ बजे आईसोलेसनमा बसेको बताए । आईसोलेसन बस्दा डाक्टरहरुको सल्लाह, शारिरीक व्यायाम, खानाको राम्रो ब्यबस्था रहेकाले बिराम घट्दै गएको उनको भनाई छ । घरमा एक्लै बस्नु भन्दा आईसोलेसनमा सबै सँग आफ्नो अनुभव एकअर्कामा सुनाउँदा पनि मन हल्का हुने उनको अनुभव छ ।

त्यस्तै सोही ठाउँकी भुमिका रसाईली पनि नगरपालिकाले सहयोग गरेको बताउँछिन् । केही दिन अघि टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि एन्टिजेन् परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनी घरमा एक्लै बस्नु भन्दा आईसोलेसनमा बस्दा बढी हेरचाह हुने भएकाले आईसोलेसनमा बसेको बताईन् । त्यहाँ बस्दा उनलाई अझ श्वास फेर्न समस्या हुने, खान मन नलाग्ने भएपछि स्वास्थ्कर्मीको टोलीको विशेष हेरचाहले कोरोना जित्न सकेको भनाई छ ।
आईसोलेसनमा संक्रमितको इच्छा अनुसारको खाना, नास्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको उनले बताइन् । आईसोलेसनको बारेमा बताउँदै भुमिकाले भनिन् ‘डाक्टरले विहान बेलुका शारिरीक ब्यायाम गर्नु भन्नु हुन्थ्यो, आत्मबल बढाउन बुढाबुढीका तस्बीर देखाउँदै उहाँहरुले त कोरोना जित्नु भयो । तपाईहरु जस्तो उमेरदारीले पनि सहजै जित्न सक्नु हुन्छ भन्नु हुन्थ्यो ।’ उनले अझ थपिन् ‘त्यही कुराले गर्दा पनि मैंले हरेस खाइन जति पिडा भएपछि हौसला दिने डाक्टर र साथ दिने नगरपालिका, आफन्त, विभिन्न संघसंस्थाका पदाधिकारी मेरालागि प्रेरणाका खानी हुनुहुन्छ ।’

५० वेडको आईसोलेसन सेन्टर
कोरोना संक्रमितको उपचारका लागि नगरले ५० बेडको आइसोलेसन सञ्चालन गरिराखेको छ । नगरपालिकाले सप्तकोसी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ ।
माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
आइसोलेसनमा नगरपालिकाले संक्रमित बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरिएको उनको भनाई छ । आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने पनि खनालले बताए ।

संक्रमितलाई आईसोलेसन बस्दा बिरामी भएको फिल नहोस्ः इन्चार्ज  यादव

आईसोलेसन सेन्टर इन्चार्ज प्रमोद यादबका अनुसार दोश्रो भेरियन्ट देखिए यता ६६ संक्रमित उक्त सेन्टरमा बसेका थिए । ८ जनाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल रिफर गरिएको थियो जसमा ५ जना निको भए, ३ जनाको मृत्यु भएको इन्चार्ज यादवले जानकारी दिए । आईसोलेसनमा खाना नास्ता सबै नगरपालिकाले गर्दै आएको छ । फ्रि वाइफाइ, छुट्टाछ्ट्टै बाथरुम ट्वाईलेट, हप्तामा २ पटक माछामासुको ब्यबस्था गरेको छ । विरामीलाई तत्काल स्वास फेर्न समस्या भए ४१ वटा अक्सिजन सिलिन्डर सहितको वेड तयारी अबस्थामा राखिएको यादवको भनाई छ ।
‘संक्रमितलाई यो खा त्यो नखा भन्दा पनि जति सक्दो इन्जोए गराउने हो । आईसोलेसनमा बस्दा उनीहरुलाई विरामी भको फिल नहोस् ।’ इन्चार्ज यादव भन्छन् ।
हाल उक्त सेन्टरमा २ जना स्वास्थ्यकर्मी, २ जना नेपाल प्रहरी, २ जना सवारी चालक र १० जना नेपाली सेनाले २४सैं घण्टा सेवा दिईरहेका छन् । उक्त आईसोलेसनमा हाल ४ महिला ३ पुरुष सहित ७ जना कोरोना संक्रमित रहेका छन् ।

 

Tags: #barahakshteraisolation #saptakoshicollege#anshuadhikari
Previous Post

संक्रमित भन्छन् : घरमा समस्या भए इटहरी उपमहानगरले निर्माण गरेको आईसोलेसन आउनुस्

Next Post

ठुली भइन् तेरिया मगर ( तस्वीर )

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

बैशाख ३०, २०८२, ६:२३ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
Next Post
ठुली भइन् तेरिया मगर ( तस्वीर )

ठुली भइन् तेरिया मगर ( तस्वीर )

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।