घरदेश,परदेशका यावत् दृश्य जब देख्छ पत्रकार,
सुचित गराउने दायित्वमा हुबहु त्यो लेख्छ पत्रकार,
रबि नपुग्ने ठाउंमा मानौं एउटा बन्दै पनि कवि,
आवाज बिहिनको ब्यथा कथालाइ सहजै फेंक्छ पत्रकार,
फुर्क्याओस् कोहि घुर्क्याओस् निडर एउटा लिडर बन्दै,
कर्तव्य आफ्नो पथमा आचार संहिता पनि टेक्छ पत्रकार,
रिसाओस् कोहि जन् खुशाओस् कर्ममा कठोर बन्दै,
पिडितलाइ राहत् पिडकलाइ आहत् दिंदै सेक्छ पत्रकार,
क्यामरा,डायरी बोक्दै कलम,लाउंछ दुखिको घाउमा मलम,
खुकुरिको त्यो धार पनि आफ्नै बर्कतले छेक्छ पत्रकार।
-संगम सापकोटा, तनहु
Discussion about this post