विशेष अनलाइन । व्यावसायिक सफलताको नयाँ उचाइतर्फ लम्किएको छ। प्रदर्शनको पछिल्लो शनिबारसम्म यस चलचित्रले देशभरबाट १७ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै ‘ब्लकबस्टर’ चलचित्र बन्न सफल भएको छ। दर्शकको निरन्तर साथले यो चलचित्र अहिले पनि हलहरूमा बलियो उपस्थिति जनाइरहेको छ।
प्रदर्शनको ७५औं दिन पुगेको सुखद अवसरमा निर्माण पक्षले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी उत्सव मनाएको छ। सामाखुसीस्थित सिटी स्क्वायर सिनेमा हलमा चलचित्र युनिट र दर्शकहरूबीच साक्षात्कार भएको थियो। उक्त अवसरमा कुनै विशिष्ट व्यक्तिबाट नभई चलचित्र हेर्न आएका दर्शकहरूकै हातबाट केक काटेर यो उपलब्धि सेलिब्रेसन गरिएको हो, जसले हलमा उपस्थित सबैलाई उत्साहित बनाएको थियो।
सेलिब्रेसनमा एक भावुक दृश्य समेत देखियो। यो चलचित्र हेरेपछि प्रभावित भएर विदेशमा रहेका आफ्ना छोरालाई घर बोलाएका एक पिता र छोराको जोडीबाटै केक काटिएको थियो। चलचित्रको कथावस्तुले समाज र परिवारमा पारेको सकारात्मक प्रभावको यो एक जीवित उदाहरण बनेको छ। हल सञ्चालकहरूले पनि चलचित्रको सफलतामा खुसी व्यक्त गर्दै केक काट्ने व्यवस्था मिलाएका थिए।
७५औं दिन पुगेको खुसीयालीमा निर्माण पक्षले दर्शकहरूका लागि विशेष अफर समेत सार्वजनिक गरेको छ। मंगलबारदेखि लागू हुने गरी केही दिनका लागि ‘खल्ती’ एप मार्फत टिकट काट्ने दर्शकहरूलाई ७५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ। यो अफरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।
दिपक प्रसाद आचर्य ‘काकु’को निर्देशनमा तयार भएको यस चलचित्रमा नीर शाहका साथै मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा र बुद्धि तामाङ जस्ता दिग्गज कलाकारहरूको सशक्त अभिनय रहेको छ। कलाकारहरूको उत्कृष्ट प्रस्तुति र मौलिक कथावस्तु नै यो चलचित्र सफल हुनुको मुख्य कडी मानिएको छ।









Discussion about this post