BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली सिनेमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
पुस १४, २०८२, ११:२३ बिहान
in FEATURE, चलचित्र
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली सिनेमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
83
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्रको उपस्थिति र सम्भावनाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा तथा महासंघका अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चसम्म कसरी पुर्‍याउने भन्ने विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रको विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्ष अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्दै गएको बताए।

उनले भने, “हामीसँग कथा छन्, मौलिकता छ। अब आवश्यक भनेको अन्तर्राष्ट्रिय महोत्सवको मापदण्ड बुझेर त्यसअनुसार चलचित्र प्रस्तुत गर्नु हो। सही प्लेटफर्म र रणनीति अपनाउन सके नेपाली सिनेमा विश्व बजारमा स्थापित हुन सक्छ।”

अन्तरक्रियामा बलिउडका विभिन्न चलचित्रमा काम गरिसकेका तथा दर्जनौं नेपाली चलचित्र निर्देशन र अभिनय गरिसकेका कलाकार तथा निर्देशक बन्नी प्रधानले अनुभव साट्दै अन्तर्राष्ट्रिय महोत्सवमा चलचित्र पठाउँदा अनुशासन, समय व्यवस्थापन र प्रस्तुति शैली महत्वपूर्ण हुने बताए। उनले भने, “महोत्सवमा फिल्म पठाउनु मात्रै ठूलो कुरा होइन, त्यहाँ फिल्म कसरी प्रस्तुत गरिन्छ, निर्देशक र टोलीले आफ्नो कामलाई कसरी व्याख्या गर्छन् भन्ने कुराले पनि चलचित्रको भविष्य तय गर्छ।”

कार्यक्रमका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले कोशी प्रदेशका चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, “प्रदेशमै रहेर पनि अन्तर्राष्ट्रिय महोत्सवसम्म पुग्ने सम्भावना छ भन्ने विश्वास दिलाउनु हाम्रो उद्देश्य हो। यस किसिमका अन्तरक्रियाले स्थानीय चलचित्रकर्मीलाई आत्मविश्वास र स्पष्ट मार्गदर्शन दिन्छ।”

अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय चलचित्रकर्मीहरूले आफ्ना चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गर्ने प्रक्रियाबारे चासो राख्दै प्रश्न गरेका थिए। वक्ताहरूले महोत्सव छनोट प्रक्रिया, फिल्म सबमिसन, नेटवर्किङ र मार्केटिङका पक्षमा व्यवहारिक सुझाव दिएका थिए।

कार्यक्रमले कोशी प्रदेशका चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति थप उत्साहित बनाएको आयोजकले जनाएको छ।

Previous Post

नेपाली चलचित्रको विश्वव्यापी छलाङ: हलिउडका स्टारहरूले प्रिमियर गर्ने हलमा ‘एक्लो – १’ को ऐतिहासिक पाइला

Next Post

चलचित्र ‘बिगुल’ को ‘जनताको आवाज’ सार्वजनिक: माघ ९ गतेबाट प्रदर्शन हुँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
चलचित्र ‘बिगुल’ को ‘जनताको आवाज’ सार्वजनिक: माघ ९ गतेबाट प्रदर्शन हुँदै

चलचित्र 'बिगुल' को 'जनताको आवाज' सार्वजनिक: माघ ९ गतेबाट प्रदर्शन हुँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।