विशेष अनलाइन । चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सोमबार सार्वजनिक भएको छ। रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल फिचर्ड छन्।
गीतमा प्रताप दास र बेनिशा पौडेलको कर्णप्रिय स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा दुई मुख्य कलाकारको प्रेम र सामीप्यतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
सिर्जना लम्सालले लेखेको यस गीतमा किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन छ। सार्वजनिक भिडिओलाई देबेन्द्र कुँवरले कोरियोग्राफी गरेका हुन् भने अजय रेग्मीले यसको छायांकन गरेका छन्।
रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रभात पाल र स्मारिका ढकालका साथमा श्री शिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, र सविन बास्तोला लगायत अन्य कलाकारहरूको पनि अभिनय रहेको छ।
आशिष ढकालले लेखन र निर्देशन गरेको यस चलचित्रका निर्माता गोमन सिंह हुन् भने रिता चौधरी सह–निर्माताको रूपमा रहेकी छिन्। दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘मुगलान’ आगामी पुष १० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।









Discussion about this post