विशेष अनलाइन । चलचित्र ‘झरीपछिको इन्द्रिणी’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई उनीहरूको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालि को ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली पर्दामा कमब्याक गर्दैछन्। अमेरिकामा रहेका उप्रेती विशेषगरी यही चलचित्रको छायांकनका लागि नेपाल फर्किएका थिए।
लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) ले पहिलो पटक निर्देशन गरेको चलचित्रमा उप्रेतीका साथमा रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा लगायत अनुभवी कलाकारहरूको अभिनय रहेको छ। निर्देशक घिमिरे स्वयं र प्रियना आचार्य (मुन्नी) पनि कलाकारको रूपमा छन्।

चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेल ले नायक-नायिकाको रूपमा चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। निर्देशक घिमिरेकै कथा रहेको यो चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरे ले लेखेका हुन्। यसमा बुद्ध थापा को छायांकन र अनिशा सेन्दाङ लिम्बु को निर्माण रहेको छ।









Discussion about this post