BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

हसिली पूजाको भित्री पिडा, छोरी भएकै कारण आफ्नै बुवाबाट अपहेलित

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ४, २०७८, १०:२२ बिहान
in FEATURE, चलचित्र
Pooja Sharma
819
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपाली चलचित्र नगरीमा लोभ लाग्दो फ्यान फलोइङ कमाएकी अभिनेत्री हुन पुजा शर्मा । उनले निर्देशक सुरेश दर्पण पोखरेलद्धारा निर्देशित चलचित्र ‘थ्री लबर’ बाट नेपाली चलचित्र नगरीमा प्रवेश गरेकी हुन् ।

उनको पहिलो चलचित्रले उनलाई खासै दर्शकमाझ लोकप्रिय बनाउन सकेन । त्यस पछी पनि उनले मधुमास, चंखे शंखे पंखे, अझै पनि, मेरो बेस्ट फ्रन्ड लगायतका चलचित्रमा काम गरिन् । तर अन्तत सुदर्शन थापा निर्देशित चलचित्र प्रेमगीतले नेपाली दर्शकको मन जित्न सफल भयो । त्यस पछी भने अभिनेत्री पुजालाई नेपाली दर्शकले माया गर्न थाले । प्रेम गीत पछी पनि उनले म यास्तो गित गाउछु, रामकाहानी, पोइ पर्यो काले लगायतका चलचित्रमा काम गरिसकेकी छन् । हाल उनको म यसतो गित गाउछु २ प्रदर्शनको तयारीमा रहेको छ । तर कोरोना भाइरसका कारण जारी लकडाउनका कारण चलचित्र कहिले प्रदर्शनमा आउछ यकिन छैन ।

सधै हसिली देखिने अभिनेत्री पुजाको भित्री पिँडा भने अत्यन्तै दुखादायी छ । अभिनेत्री शर्मा सिन्धुपाल्चोक जिल्लमा जन्मिएकी हुन् । उनको बाल्यकाल नै सङ्घर्षपूर्ण भयो भन्दा फरक पर्दैन । उनी जन्मिन नपाउदै आफ्नै बुवाबाट अपहेलित बन्न पुगिन् । बुवाले छोराको चाहना राखेका थिए, तर बुवाको चाहाना बिपरित छोरी भएर जन्मेका कारण पूजाले बुवाबाट माया पाउन सकिनन्। अभिनेत्री पुजाले त माया पाइनन् नै त्यो सँगै उनकी आमालाई समेत परिवारले नै नकारात्मक दृष्टिकोणले हेर्न थाल्यो । पुजाका आमा छोरी नै परिवारका अन्य सदस्यहरुबाट हेपिन थाले ।

छोरी भएकै कारण आफ्नै श्रीमानबाट माया पाउन नसकेपछी पूजाकी आमा दुर्गाले अन्तत त्यो घर नै छाड्ने निर्णय गरिन् र छोरीलाई लिएर काठमाडौँ गाइन्। दुर्गाले पूजालाई काठमाडौँ लगेर विद्यालयमा भर्ना गरिन् । छोरीको भविष्य उज्वल बनाउनकै लागी दिन रात सङ्घर्ष गरेर पैसा कमाइन् । दुर्गालाई छोरीको भविष्यको चिन्ता त थियो नै त्यो सँगे परिवारलाई पनि देखाउनुपर्ने चुनैति थियो । दुर्गाले आफुले दुखै गरेर भए पनि पूजालाई कहिल्यै पनि बुवाको कमी महसुस हुन दिइनन् ।

पूजालाई सानै देखी पढाइमा भने खासै रुचि थिएन । जब पूजाले एसएलसी पास गरिन् त्यस पछी भने उनले अध्ययनसँगै कामलाई पनि अघि बढाउन थालिन् । पुजा एनजिओमा काम गर्न थालिन् । पूजालाई अध्ययन भन्दा पनि नाच्ने र अभिनय गर्न अत्यन्तै रुचि लाग्ने गथ्र्यो । उच्च शिक्षाका लागी उनी क्यानडा समेत पुगेकी थिइन्, तर पढाइ पुरा नगर्दै फर्किइन् । नेपाल फर्के पश्चात उनले टुरिजम फिल्डमा लागेर काम गर्न थालिन् ।

पूजा सानै देखि गायक सुगम पोखरेलको फ्यान थिइन् । सुगमलाई भेट्ने उनको ठुलो इच्छाा थियो । पछि उनै सुगम पोखरेललाई भेट्नुमात्र हैन उनकै गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाइन् । सुगम पोखरेलको स्कुल पाठशाला बोलको गितबाट नै अभिनेत्री शर्माको अभिनय यात्राको सुरुवात भएको थियो ।

एउटा म्यूजिक भिडियोमा काम गरेपछी उनलाई कला क्षेत्रले नै मोहनी लगाउन थाल्यो । यसै क्षेत्रमा आफ्नो भविश्य देख्न थालिन् । उनले त्यस समय पत्रकारिता पनि नगरेकी हैनन् । तर , लामो समय टिक्न भने सकिनन् । अन्तत उनलाई चलचित्र थ्री लभर्स मा काम गर्ने अफर आयो, जाहाँ निरज बराल, प्रियंका कार्की लगायतका कलाकारहरुको समेत भुमिका रहेको थियो ।

उनले उक्त चलचित्रमा काम गर्ने निर्णय गरिन् । तर पहिले नै चर्चा कमाइसकेका अन्य कलाकारहरु भएका कारण नेपाली दर्शकले उनलाई नोटिस नै गरेनन् । तर पनि उनले चलचित्र नगरीमा थप संघर्ष गर्ने निर्णय गरिन् र संघर्षलाई निरन्तरता दिइन् । संघर्ष गरे सफल भइन्छ भन्ने भनाई अन्तत पूजा शर्माको जिन्दगीमा पनि लागु भयो ।

अन्तत उनी अभिनित चलचित्र ‘प्रेम गीत’ ले उनलाई सफल बनायो । उक्त चलचित्र प्रदर्शन पश्चात नेपाली चलचित्र नगरीमा राम्रो भविश्य भएकी अभिनेत्रीका रुपमा उनको चित्रण हुन थाल्यो । अन्तत अभिनेत्री शर्मा नेपाली चलचित्र नगरीकी सफल अभिनेत्री मात्र नभएर महंगा अभिनेत्रीहरु मध्यकी एक अभिनेत्री बन्न सफल भएकी छन् । उनले आफुलाई अभिनेत्री मात्र नभएर चलचित्र निर्माताका रुपमा समेत स्थापित गर्न सफल भएकी छन् ।

नेपाली चलचित्र नगरीमा प्रवेश गरेको केही वर्ष पश्चात अभिनेत्री पूजा र निर्देशक सुदर्शन थापा बिच प्रेम रहेको चर्चा हुने गरेको थियो । उक्त चर्चा हाल सम्म पनि सेलाएको छैन । अहिले पनि अभिनेत्री पूजा सुदर्शन थापाको प्रेममा रहेको कतिपयले आंकलन गर्ने गरेका छन् । यस बिषयमा उनीहरु दुबैले भने कुनै प्रतिकृया दिएका छैनन् । उनीहरुको निकटता यती धेरै छ की उनीहरुको नाम जोडेर लेख्न वा बोल्न कोही हिचकिचाउँदैनन् ।

सोही कारणले पनि उनीहरु प्रेममा रहेको चर्चा हुनु कुनै नौलो कुरा हैन । तर पछिल्लो समय अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ निकै निकट रहेका छन् । यति सम्मकी उनीहरुले आयोजना गर्ने साना देखी ठुला कार्यक्रमहरुमा उनीहरु एक साथ देखिने गर्छन् । नेपाली दर्शकलाइ त एकले अर्काको जन्मदिनमा के उपहार दिन्छन् भन्ने सम्मको जिज्ञासा हुने गरेको छ । उनीहरु प्रेम सम्बन्धमा रहेका छन् भन्नेको कमी छैन चलचित्र नगरीमा ।

अभिनेत्री शर्माका फ्यानहरुले पनि उनको र आकाशको जोडी निकै रुचाएका छन् । आकाश र पुजाले एकसाथ धेरै भिडियोमा काम गरेका छन् । केही समय अगाडि अभिनेत्री पुजाले आकाशसँग काम गर्न सहज महसुस हुने प्रतिकृया दिएकी थिइन् । उनले भनेकी थिइन् ‘हामी एक अर्कासँग काम गर्न सहज महसुस गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’ उनीहरुको यो निकटाता मित्रताको मात्र हो या प्रेमसम्बन्धकै हो, यो त उनीहरुलाई नै थाहा छ । तर, अभिनेता आकाश श्रेष्ठले अब छिटै आफु बिवाह बन्धनमा बाधिन लागेको प्रतिकृया दिएका छन् । उनीहरु प्रेममा छन् या छैनन् भन्ने कुरा थाहा पाउन आकाशको बिहे कुर्नुको अर्को बिकल्प छैन ।

Tags: Newsपुजा शर्मा
Previous Post

अस्पतालबाट घर फर्किएपछि ‘काकु’ लेख्छन्, ‘श्रद्धाञ्जलीको फोटो आउला भन्ने चिन्ता कष्टकर हुन्छ है !’

Next Post

‘मायाको पानामा’मा राज र प्रियना रोमान्स

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

बैशाख २४, २०८२, १:४३ मध्यान्ह
Next Post
Priyana

‘मायाको पानामा’मा राज र प्रियना रोमान्स

Discussion about this post

ताजा अपडेट

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
0

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

by विशेष अनलाइन
जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
0

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

चलचित्र ‘माईतीघर’ : कथा र मेकिङमा लगानी, गुणस्तरमै अडिग निर्माता रोहित अधिकारी

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:२९ मध्यान्ह
0

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

षटकोण आर्ट्सको नयाँ सिर्जना ‘लालीबजार’, लेखन र निर्देशनमा यम थापा

by विशेष अनलाइन
जेष्ठ २, २०८२, ६:११ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।