विशेष अनलाइन । चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी १६ माघ लाई प्रदर्शन मितिको रूपमा घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरले चलचित्रको मर्म र कथावस्तुलाई चित्रण गर्छ । पोस्टरमा चलचित्रको बटमलाइनको रूपमा ‘बा-आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनुपर्यो’ भन्ने मार्मिक नारा उल्लेख गरिएको छ ।
यो नाराले स्पष्ट रूपमा चलचित्रले सन्तान र अभिभावकबीचको गहिरो भावनात्मक कथालाई प्रस्तुत गर्ने संकेत गर्छ । पोस्टरमा मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह, र सिमरन पन्त चित्रित छन् ।चलचित्रको निर्देशन तथा पटकथा लेखन चन्द्र पन्त ले गरेका हुन् भने यो आर्या पन्त को प्रस्तुति रहेको छ ।
ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना यस चलचित्रका निर्माता हुन् भने करण सिंह रसाइली कार्यकारी निर्माता हुन् ।









Discussion about this post