विशेष अनलाइन । ‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ चलचित्र ‘कहाँ भेटिएला’ निर्माण गर्ने भएका छन्। मंगलबार एक कार्यक्रमका बीच थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन आगामी चैतको अन्तिम सातादेखि सुरु हुनेछ। हालका लागि चलचित्रको शीर्षक मात्र सार्वजनिक गरिएको र कलाकार तथा प्राविधिक टिमको जानकारी केही दिनमै दिइने निर्देशक तामाङले बताएका छन्।
‘अहिले हामीले चलचित्रको टाइटल मात्रै रिलिज गरेका हौँ,’ निर्देशक तामाङले भने, ‘केही दिनमै कलाकार र प्राविधिकहरूको टिमबारे जानकारी सार्वजनिक गर्नेछौँ।’
तामाङले निर्देशनको यात्रा चलचित्र ‘माइतीघर’ बाट सुरु गरेका हुन्। हाल प्रदर्शनरत उक्त चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। चलचित्र असोज १३ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको हो।










Discussion about this post