BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘कोशेढुङ्गा’ ले पायो दर्शकको साथ: सिनेमा हल खुलेपछि उत्साहजनक प्रदर्शन जारी

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १, २०८२, ८:२५ बिहान
in FEATURE, चलचित्र
‘कोशेढुङ्गा’ ले पायो दर्शकको साथ: सिनेमा हल खुलेपछि उत्साहजनक प्रदर्शन जारी
69
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । देशमा उत्पन्न असहज परिस्थितिका कारण केही समय सिनेमा हलहरू बन्द भए पनि नेपाली सिनेमा ‘कोशेढुङ्गा’ को प्रदर्शनले फेरि निरन्तरता पाएको छ। सोमबारदेखि हलहरू सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’ ले दोस्रो साताको उच्च अकुपेन्सीलाई कायम राख्दै दर्शकको मन जितिरहेको छ।

बहुचर्चित सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का सफल निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको ‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि प्रदर्शनमा आएको थियो। प्रदर्शनको सुरुवाती दिनदेखि नै सकारात्मक ‘वर्ड अफ माउथ’ कमाउँदै, निर्माता, निर्देशक र कलाकारहरू मोफसलका दर्शकहरूसँग भेट्न विभिन्न सहर पुगेका थिए। दर्शकबाट पाएको बलियो प्रतिक्रियाले गर्दा सिनेमाको निर्माण पक्ष उत्साहित भएको छ।

निर्देशक पौडेलले सिनेमालाई दर्शकले सुरुदेखि नै माया गरेको र अहिले पनि त्यस्तै साथ र सहयोग पाउनेमा आफू आशावादी रहेको बताए। “हाम्रो सिनेमा हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,” उनले भने, “अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ।”

निर्माता किशोर अनुरागले पनि देशका विभिन्न सहरका दर्शकले सिनेमा राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा ठूलो संख्यामा दर्शकले सिनेमा हेर्नेमा आफूहरू विश्वस्त रहेको बताए।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो सिनेमा सरोज पौडेलले नै लेखेका हुन्। सिनेमामा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमजस्ता स्थापित कलाकारहरूको अभिनय छ। यसका साथै सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायत कलाकारहरूले पनि अभिनय गरेका छन्।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको ‘कोशेढुङ्गा’ का कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरेको यस सिनेमालाई नहकुल खड्काले सम्पादन गरेका हुन्। सिनेमाका गीतहरूमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन्। सिनेमाले नेपाली दर्शकको माया निरन्तर पाउने अपेक्षा गरिएको छ।

Previous Post

सत्य घटनामा आधारित चलचित्र ‘सुस्केरा’ को छायांकन सम्पन्न, पोस्ट-प्रोडक्सनमा धमाधम

Next Post

‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलमा एकसाथ प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलमा एकसाथ प्रदर्शनमा आउने

'हरिबहादुरको जुत्ता' अमेरिकाका ८० हलमा एकसाथ प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।