BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीव्रता

विशेष अनलाइन by विशेष अनलाइन
भदौ २, २०८२, ६:०० मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीव्रता
217
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले यतिबेला प्रचार–प्रसारलाई अभूतपूर्व गतिमा अगाडि बढाएको छ। दर्शकसमक्ष चलचित्रलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्माण टिमले प्रचारप्रसारलाई क्षेत्रगत संरचनामा बाँड्दै जिम्मेवारी तोकेको निर्देशक भीम लामाले जानकारी दिएका छन्।

निर्देशक लामाका अनुसार बागमती प्रदेश तथा काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरको जिम्मेवारी रघुनाथ सापकोटालाई दिइएको छ भने बागमती प्रदेशको मिडिया संयोजकको भूमिका हिरोज लोप्चनले निर्वाह गर्नेछन्। त्यस्तै, काठमाडौं उपत्यकाको मिडिया संयोजकको जिम्मेवारी सागर सुब्बालाई तोकिएको छ।

त्यस्तै, कोशी प्रदेशको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरको जिम्मेवारी सुवास संकल्पलाई दिइएको छ भने कोशी प्रदेशको मिडिया संयोजकको जिम्मेवारी मनोज दाहालले सम्हाल्ने भएका छन्। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मिडिया संयोजकको जिम्मेवारी रामचन्द्र पौडेललाई प्रदान गरिएको छ। निर्देशक लामाका अनुसार आवश्यकताअनुसार अन्य विविध प्रचार–प्रसारका जिम्मेवारीहरू पनि थप रूपमा तोकिँदै जानेछन्।

यसैबीच, चलचित्रको डबिङ कार्य तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ। भीम लामा फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा भारतीय रियालिटी शो इन्डियन आइडल बाट दर्शकमा परिचित भएका अभिनेता प्रशान्त तामाङ र नव–नायिका जेनी तामाङ मुख्य भूमिकामा छन्।

चलचित्रमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर, धिरेन शाक्य, प्रेम सुब्बा, सुरबिर पण्डित, राजेन्द्र खड्गी, किशोर साम्बाहाम्फे, अरुणकुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन तामाङ, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बुलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

यसमा नृत्य निर्देशन मीनकुमार लिम्बु र सानुराजा लिम्बुले गरेका छन् भने एक्सन निर्देशन देव महर्जनले गरेका छन्। चलचित्रलाई छायांकन मदन घिमिरे कायस्थले गरेका हुन् भने सम्पादनको जिम्मेवारी रमेश विश्वकर्माले सम्हालिरहेका छन्। चलचित्रको नेपालभर प्रदर्शन जिम्मेवारी कुबेर सिने डिस्टुबिटरले लिएको छ ।

निर्देशक लामासहित दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ चलचित्रका निर्माता रहेका छन्। निर्माण टिमले यो चलचित्रलाई यही आउँदो मङ्सिर ५ गतेदेखि देशभरका सिनेमाघरहरूमा प्रदर्शन गर्ने तयारी गरेको छ।

Previous Post

‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक

Next Post

‘दाल भात तरकारी’पछि निरुताको कमब्याक, रेखा थापाको ‘३६ को आँकडा’मा देखिँदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
‘दाल भात तरकारी’पछि निरुताको कमब्याक, रेखा थापाको ‘३६ को आँकडा’मा देखिँदै

‘दाल भात तरकारी’पछि निरुताको कमब्याक, रेखा थापाको ‘३६ को आँकडा’मा देखिँदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।