विशेष अनलाइन। अभिनेत्री निता ढुङ्गानाले निर्देशन गर्न लागेको चलचित्र ‘पार्वती’ मा कलाकार दीपाश्री निरौला अनुबन्धित भएकि छिन् । मंगलबार निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रुपमा निरौलालाइ अनुबन्ध गरेको हो ।
आगामी असोजबाट छायाङ्कन हुन लागेको मा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
नीता फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले चलचित्रको छायाङ्कन गर्नेछन् । कवीरले नीताको अघिल्लो चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए । चलचित्र मा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहनेछ ।









Discussion about this post