विशेष अनलाइन । असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा लोकप्रिय हास्य कलाकार हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले उनको चरित्रलाई मुख्यरूपमा उजागर गरेको छ ।
पोस्टर हेर्दा चलचित्रले हरिबहादुरको जीवनशैली र व्यक्तित्व झल्काउने संकेत दिन्छ। हास्य र सामाजिक सन्देश मिसिएको चलचित्र मा हरिवंश आचार्य प्रमुख भूमिकामा देखिनेछन्।
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, र कमलमणि नेपालजस्ता कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितबंश आचार्य हुन् । छायांकन कृष्ण बहादुर थापाले, सम्पादन नकुल खड्काले गरेका छन् भने संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले दिएका छन् । गीतहरूमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश छ । पोस्टर सार्वजनिक भएसँगै ‘हरिबहादुरको जुत्ता’ले दर्शकको ध्यान खिच्न सुरु गरेको छ ।










Discussion about this post