विशेष अनलाइन । नेपाली सिनेमा क्षेत्रको बहुप्रतीक्षित चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले पारालैंगिक (ट्रान्सवुमन) पात्रको आत्म-पहिचानको यात्रा भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्रले एक तेस्रोलिंगी पात्रको भोगाइ, पारिवारिक तनाव र सामाजिक अस्वीकारजस्ता विषयलाई उठान गरेको छ। चलचित्रका मुख्य पात्र नाजिर हुसेनले ट्रान्सवुमनको संवेदनशील र गहिरो भूमिका निर्वाह गरेका छन्। उनीसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी पनि महत्वपूर्ण भूमिकामा देखिन्छन्।
भदौ १३ गते रिलिज हुने ‘गुन्यु चोलो : द ड्रेस’ लाई नेपालकै पहिलो पूर्ण ट्रान्स स्टोरी भनिएको छ। चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्ले ले लिएको छ। विश्वस्तरीय उत्पादन मूल्य थप गर्दै, हलिउड गायिका लिजा जेरार्ड को स्वर र मार्सेलो दी फ्रान्सिसी को ब्याकग्राउन्ड स्कोर चलचित्रमा सुन्न सकिनेछ।
चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनले लगानी गरेका छन् भने जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माताको रूपमा आवद्ध छन्। सहयोगी निर्माता अनुपम श्रेष्ठ रहेका छन्। ‘गुन्यु चोलो : द ड्रेस’ नेपाली समाजमा लैङ्गिक विविधता र समावेशीतामाथि संवाद सुरु गराउने आशा गरिएको चलचित्र हो ।









Discussion about this post