BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

स्कटल्याण्डमा पुनः चम्कियो ‘अन्जिला’: उत्कृष्ट  निर्देशकदेखी अभिनेत्रीसम्म सम्मानित

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०८२, ९:५८ मध्यान्ह
in FEATURE, चलचित्र
स्कटल्याण्डमा पुनः चम्कियो ‘अन्जिला’: उत्कृष्ट  निर्देशकदेखी अभिनेत्रीसम्म सम्मानित
88
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । स्कटल्याण्डको राजधानी एडिनबरा सहरमा सम्पन्न ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५’ मा नेपाली चलचित्र ‘अन्जिला’ ले महत्वपूर्ण सफलता हासिल गरेको छ। अद्भुत अभिनय, सशक्त निर्देशन र जीवन्त प्रस्तुति सहित प्रस्तुत गरिएको उक्त चलचित्रले फेस्टिभलका ३ मुख्य विधामा अवार्ड जित्दै नेपाली चलचित्र क्षेत्रको गौरव बढाएको छ।

चलचित्र ‘अन्जिला’ बाट सिर्जना सुब्बाले उत्कृष्ट चरित्र अभिनेत्रीको उपाधि जितिन् भने माओत्से गुरुङ उत्कृष्ट चरित्र अभिनेता घोषित भए। यस्तै, निर्देशक मिलन चाम्स उत्कृष्ट निर्देशकको रूपमा सम्मानित भए।

उनै निर्देशक चाम्सले निर्देशन गरेको अर्को चलचित्र ‘गोर्खा वारियर’ बाट अभिनेता रितेश चाम्स उत्कृष्ट नव अभिनेता बने ।

‘अन्जिला’ नेपाली महिला फुटबल टोलीकी पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित वायोपिक चलचित्र हो। चलचित्रले नेपाल लगायत विश्वका विभिन्न देशहरुमा सफलता पुर्वक प्रदर्शन सम्पन्न गरिसकेको छ भने अझै पनि कतिपय देशहरुमा चलचित्र प्रदर्शन भइरहेको छ ।  निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा अञ्जिलाको भूमिकामा उनी स्वयंले अभिनय गरेकी छन्। चलचित्रले एउटा ग्रामीण परिवेशमा हुर्किएकी युवतीले खेलकुद क्षेत्रमा भोग्नुपरेका सामाजिक, सांस्कृतिक, पारिवारिक अवरोध र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

सशक्त अभिनय, जीवन्त संवाद र प्रेरणादायी कथावस्तुले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ। दर्शक र समीक्षक दुवैले चलचित्रको भावनात्मक गहिराइ र यथार्थपरक चित्रणको प्रशंसा गरेका छन्। नेपाली मौलिकता, पहिचान र आत्मसम्मानको प्रतिनिधित्व गर्ने यो चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई फेरि एक पटक सशक्त रूपमा चिनाउने काम गरेको छ।

हरेक दृश्यमा पसिनाको चमक, आँसुसँग मिसिएको संघर्ष र आत्मविश्वासको उज्यालो झल्काउने ‘अन्जिला’ केवल चलचित्र होइन, एक जीवन्त प्रेरणा हो। स्कटल्याण्डको चिसो मौसममा नेपाली कथाको यो न्यानोपन दर्शकको मुटुमा पुग्न सफल भएको छ।

‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५’ मा १५ वटा छोटा चलचित्र, ५ वृत्तचित्र, १३ आदिवासी जनजातीय चलचित्र र ८ वटा मुख्यधाराका मौलिक चलचित्रहरू प्रदर्शनमा आएका थिए। यस्तै भिडमा ‘अन्जिला’ को चमक छुट्टै देखिनु यसको कलात्मक गहिराइ र भावनात्मक सम्प्रेषणको प्रमाण हो।

चलचित्रले पाएको सम्मान नेपाली चलचित्रकर्मीहरूका लागि मात्र होइन, सम्पूर्ण देशको गौरव हो। यो यात्राले देखाएको बाटोले अब आउने दिनमा अझ धेरै मौलिक र प्रेरणादायी चलचित्रहरू जन्मिने अपेक्षा गर्न सकिन्छ।

Previous Post

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा धरानकी इचिङ्साको चमकिलो यात्रा, उत्कृष्ट ९ मा प्रवेश

Next Post

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ‘मसुरीको दाना’ सार्वजनिक, प्रेमका धागोहरू बोकेको गीत

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ‘मसुरीको दाना’ सार्वजनिक, प्रेमका धागोहरू बोकेको गीत

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ‘मसुरीको दाना’ सार्वजनिक, प्रेमका धागोहरू बोकेको गीत

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।