विशेष अनलाइन । स्कटल्याण्डको ऐतिहासिक शहर एडिन्बरामा नेपाली कला, संस्कृति र सिनेमा क्षेत्रको प्रतिनिधित्व गर्ने ऐतिहासिक ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। पहिलो पटक आयोजना गरिएको यस फिल्म महोत्सवले नेपाली सिने जगतलाई अन्तर्राष्ट्रिय फलकमा थप उचाइमा पुर्याउने विश्वास दिलाएको छ।
नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा स्कटल्याण्डस्थित नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। बेलायतको संसदीय क्षेत्रमा सशक्त उपस्थिति जनाएका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रालाई नयाँ उचाइमा पु-याएको छ।
यस कार्यक्रमको आयोजना नेपाल स्कटल्याण्ड एसोसिएसनको नेतृत्वमा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ र अन्य सहआयोजक संस्थाहरूको संयुक्त सहकार्यमा गरिएको थियो।
फेस्टिभल आयोजक मध्येका एक, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले यो फिल्म महोत्सवलाई ‘नयाँ युगको थालनी’को रुपमा व्याख्या गरे। अर्का आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले फेस्टिभलमा नेपाली सिनेमा र संस्कृतिको बेजोड मिश्रण भएको बताए।
नेपाल, क्यानडा, भारत र बेलायतका चर्चित चलचित्रकर्मी तथा विशिष्ट व्यक्तिहरूले यस कार्यक्रमलाई गरिमा प्रदान गरे। ज्यूरी प्रमुख दीपेन्द्र लामा, निर्देशक संगीता श्रेष्ठ, अभिनेता तथा ताइक्वान्डो च्याम्पियन राजकुमार राई (क्यानडा), बलिउडका कार्यकारी निर्माता राजेन्द्र घिमिरे, निर्देशक प्रितम गुरुङ, निर्माता ज्योतिराज राई लगायत बेलायतस्थित वरिष्ठ फिल्मकर्मीहरू मनिष श्रेष्ठ, बिनोद चिपालु, सनम कुमार बैराग, सिर्जना सुब्बा, शशि थापा सुब्बा, सिनेम्याटोग्राफर आशिष श्रेष्ठ र विश्व चर्चित म्याराथुन धावक सन्तोष राई फेस्टिभलका आकर्षण बने।

फिल्म फेस्टिभलका विविध विधामा प्रदान गरिएका पुरस्कारहरू:
सर्ट फिल्म विधि
उत्कृष्ट सर्ट फिल्म – खिल, निर्देशकः विकास मगर
ज्यूरी अवार्ड सर्ट फिल्म – लैलासा पराहेके, निर्देशकः विनोद पुडासैनी
डकुमेन्ट्री विधि
उत्कृष्ट डकुमेन्ट्री – एभरेष्ट मम, निर्देशकः संगीता श्रेष्ठ
डकुमेन्ट्री जुरी अवार्ड – डिभाइन डिल्लेमा, निर्देशकः केपी पाठक
आदिवासी–जनजाति फिल्म विधि
उत्कृष्ट पटकथा – हेमन्तकृष्ण पाङधक (हाङनन्द)
उत्कृष्ट अभिनेता – पूर्ण लिम्बु (नाम्लो)
उत्कृष्ट अभिनेत्री – अशिष्मा नकर्मी (लाखे आजु)
उत्कृष्ट निर्देशक (ज्युरी अवार्ड) – सागर केरुङ (छे)
उत्कृष्ट निर्देशक – प्रितम गुरुङ (मुखिया)
उत्कृष्ट फिल्म – सुगुप, निर्देशकः लोकेन सबा लिम्बु
विशेष उल्लेख अवार्ड – नाचोङ, निर्माता: ज्योति राज राई
मुख्यधारको चलचित्र (आदिवासी विषयवस्तुमा आधारित)
उत्कृष्ट पटकथा – महेश राई (गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री – सिर्जना सुब्बा (अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता – माओत्से गुरुङ (अञ्जिला)
उत्कृष्ट नव अभिनेता – रितेश चाम्स (गुर्खा वारियर)
उत्कृष्ट नव अभिनेत्री – सृजना निङलेखु (कार्साङ)
उत्कृष्ट अभिनेता – दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री – मिरुना मगर (घर ज्वाईँ)
उत्कृष्ट निर्देशक – मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट फिल्म – गाउँ आएको बाटो
चलचित्र क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान:
समारोहको विशेष अवसरमा नेपाली सिनेमा, खेलकुद, संगीत र समाजसेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गरियो।
सम्मानित विशिष्ट व्यक्तित्वहरू:
१. वरिष्ठ निर्माता – ज्योति राज राई (नेपाल)
२. निर्देशक – प्रितम गुरुङ (नेपाल)
३. समाजसेवी – शेखर कँडेल (बेलायत)
४. सिनेम्याटोग्राफर – आशिष श्रेष्ठ (बेलायत)
५. वरिष्ठ फिल्मकर्मी – बिनोद चिपालु (बेलायत)
६. वरिष्ठ निर्देशक – सनम कुमार बैराग (बेलायत)
७. ताइकन्डो च्याम्पियन/अभिनेता – राज कुमार राई (क्यानडा)
८. वरिष्ठ संगीतकर्मी/निर्माता – पोपिराज राई (बेलायत)
९. वरिष्ठ फिल्मकर्मी – मनिष श्रेष्ठ (बेलायत)
१०. कलाकार/निर्माता – प्रेम लामा (बेलायत)
११. पहिलो गुरुङ नायिका – सारु गुरुङ राना मगर
१२. गायिका – विष्णु चम्जोङ
१३. निर्माता – पर्शुराम राई (बेलायत)
१४. विश्व प्रसिद्ध म्याराथुन धावक – सन्तोष राई (बेलायत)
यस महोत्सवले आदिवासी जनजातिको जीवनशैली, संस्कृति र कलालाई पर्दामा उतार्ने गहिरो उद्देश्य बोकेको थियो। विभिन्न विधामा पुरस्कृत फिल्महरूले मौलिकताको संरक्षण मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली कथावाचनको गहिरो प्रभाव पार्न सफल भएका छन्। स्कटल्याण्डको भूमिमा नेपाली कलाको यो ऐतिहासिक झिल्कोले भविष्यमा अझ ठूलो अन्तर्राष्ट्रिय पहिचानको ढोका खोल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।









Discussion about this post