BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

राई समुदायको जीवनदर्शन बोकेको चलचित्र ‘नक्छोङ’लाई स्कटल्याण्डमा विशेष अवार्ड

विशेष अनलाइन by विशेष अनलाइन
साउन ६, २०८२, ५:०० बिहान
in FEATURE, चलचित्र
राई समुदायको जीवनदर्शन बोकेको चलचित्र ‘नक्छोङ’लाई स्कटल्याण्डमा विशेष अवार्ड
102
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । राई समुदायको मौलिक जीवनशैली, संस्कृति र दर्शनलाई पर्दामा कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र ‘नक्छोङ’ स्कटल्याण्डमा सम्पन्न ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५’ मा विशेष उल्लेख अवार्ड बाट सम्मानित भएको छ। चलचित्रले प्रदर्शनमा आउनु अगावै अन्तर्राष्ट्रिय अवार्ड हात पार्दै नेपाली मौलिक सिनेमाको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ।

नेपाल–स्कटल्याण्ड एसोसिएसनले राजधानी एडिन्बरामा आयोजना गरेको सो फिल्म फेस्टिभलमा चलचित्रका तर्फबाट निर्माता ज्योतिराज राई स्वयं उपस्थित थिए। उनले प्राप्त सम्मानलाई आत्मगौरवको विषय मात्र नभई, भविष्यमा अझ सशक्त र सघन सिर्जनाका लागि प्रेरणाको श्रोत भएको बताए। ‘यो अवार्डले थप जिम्मेवारी र हौसला दिएको छ’, निर्माता राईको भावुक प्रतिक्रिया थियो।

चलचित्र ‘नाकछोङ’ लाई निर्देशक किरण राईले निर्देशित गरेका हुन्। चलचित्रले राई समुदायको पुरातन मान्यता, परम्परा, संस्कृति र आत्मादर्शनको सुन्दर प्रस्तुति गरेको छ। परम्परागत संस्कृतिको गन्ध र मौलिकपन बोकेको यो चलचित्र जुलाई २० मा बेलायतको ‘द आसफोर्ड सिनेमा’ मा हाउसफुल प्रदर्शन भएको थियो। विशेष शोको सम्पूर्ण टिकट अग्रिम बुकिङमै बिक्री भइसकेको थियो, जसले चलचित्रप्रतिको चासो र आकर्षण स्पष्ट झल्काउँछ।

फिल्म महोत्सव भव्य रूपमा सम्पन्न भयो, जसमा बेलायतस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो। प्रमुख अतिथि रूपमा नेपाली राजदूत चन्द्र कुमार घिमिरे तथा विशेष अतिथि रूपमा एडिन्बराका सांसद फेजल चौधरी उपस्थित थिए।

महोत्सवको निर्णायक मण्डलमा नेपालबाट चर्चित निर्देशक दीपेन्द्र लामा, निर्माता तथा कलाकार सगीता श्रेष्ठ, बलिउडका कार्यकारी निर्माता राजेन्द्र घिमिरे, निर्देशक प्रितम गुरुङ, निर्माता ज्योतिराज राई, साथै क्यानडाबाट अभिनेता राजकुमार राई सम्मिलित थिए।

त्यस्तै बेलायतस्थित फिल्मकर्मी मनिष श्रेष्ठ, बिनोद चिपालु, सनम कुमार बैराग, शशी थापा सुब्बा, सिर्जना सुब्बा, म्याराथुन धावक सन्तोष राई लगायत अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति महोत्सवलाई अझ गरिमामय बनाएको थियो।

‘नक्छोङ’ चलचित्रले केवल मनोरञ्जन मात्र होइन, नेपाली आदिवासी समाजको ऐतिहासिक चेतना, विश्वास र सांस्कृतिक आत्मालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने सेतुको काम गरेको छ। यसले नेपाली चलचित्रको मौलिकतालाई विश्वसामु चिनाउने प्रयासलाई अझ सबल बनाएको छ।

Previous Post

‘हाँङनान्द’ को अन्तर्राष्ट्रिय सफलता : उत्कृष्ट स्क्रिप्ट विधामा पुरस्कृत

Next Post

स्कटल्याण्डमा नेपाली चलचित्रको गौरवपूर्ण उपस्थितिः पहिलो ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
स्कटल्याण्डमा नेपाली चलचित्रको गौरवपूर्ण उपस्थितिः पहिलो ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न

स्कटल्याण्डमा नेपाली चलचित्रको गौरवपूर्ण उपस्थितिः पहिलो ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।