BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘हाँङनान्द’ को अन्तर्राष्ट्रिय सफलता : उत्कृष्ट स्क्रिप्ट विधामा पुरस्कृत

विशेष अनलाइन by विशेष अनलाइन
साउन ५, २०८२, ११:४५ मध्यान्ह
in FEATURE, चलचित्र
‘हाँङनान्द’ को अन्तर्राष्ट्रिय सफलता : उत्कृष्ट स्क्रिप्ट विधामा पुरस्कृत
94
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । स्कटल्याण्डको राजधानी एडिन्बरामा भव्य रूपमा सम्पन्न भएको Nepal Indigenous Film Festival (NIFF) 2025 मा नेपाली चलचित्र ‘हाँङनान्द’ ले उत्कृष्ट स्क्रिप्ट विधामा अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली मौलिक कथावस्तुको चमक फैलाएको छ।

नेपाल स्कटल्याण्ड एसोसिएसन, नेपाल चलचित्र निर्देशक समाज, तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा सम्पन्न महोत्सवलाई आदिवासी जनजाति चलचित्रको इतिहासमा पहिलो ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

बिजय सांयोक सुब्बाले निर्देशन गरेको चलचित्र ‘हाँङनान्द’ ले लिम्बू समुदायको मौखिक परम्परा र पौराणिक मिथकलाई अत्यन्त प्रभावशाली शैलीमा प्रस्तुत गरेको छ। चलचित्रमा लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी ‘बाघ’ लाई आफ्नै भाइ नामसामी ‘मान्छे’ ले मारेको कथा प्रस्तुत गरिएको छ। मरेको बाघको छालाबाट ‘च्याब्रुङ’ बनाइ बजाउने संस्कार र त्यसमा गुँथिएको गहिरो भावनात्मक प्रसङ्गले दर्शकलाई मनछुने अनुभूति दिन सफल भएको छ।

चलचित्रमा दुई दाजुभाइबीचको घमासान लडाइँ देखाइन्छ। आमाले दुइटै छोराका लागि पृथक फूल अर्पण गर्दै पुकार गरेको मार्मिक दृश्य विशेष प्रभावशाली छ। केसामीका लागि आमाले ‘बाबरी फूल’ र नामसामीका लागि ‘सिल्टेरी फूल’ चढाएकी हुन्छिन्। यसले चलचित्रमा देखाइएको संस्कार, आस्था र आदिम चेतनाको गहिराइलाई प्रष्ट पार्छ।

छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्मका रूपमा मनोनीत हुन सफल चलचित्र ‘हाँङनान्द’ ले नेपालमा काठमाडौं, धरान, दमक हुँदै इटहरीसम्म विशेष प्रदर्शनी गरिसकेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय स्तरमा हङकङका विभिन्न सहरमा चलचित्र प्रदर्शित भइसकेको छ।

चलचित्रका निर्देशक विजय सायोक सुब्बाले केही समयभित्र कोरिया, युके, सिक्किम लगायतका स्थानहरूमा पनि ‘हाँङनान्द’ को विशेष प्रदर्शनीको तयारी भइरहेको जानकारी दिएका छन्।

चलचित्र ‘हाँङनान्द’ को कथा हेमन्तकृष्ण पाइङ्दाक लिम्बुद्वारा लेखिएको हो, जसको निर्माण धनकुमारी लिम्बुले गरेकी हुन्।

चलचित्रमा हेमन्तकृष्ण पाइङ्दाक लिम्बु, सिता तुङ्ग्वाहाङ्फे, चन्द्रध्वज वेगा, नवीन मेन्याङ्वो, उदय सुब्बा, बिनोद पोमो, नुमा लिम्बु, उदय लावती, दिलु सुब्बा, शशी थापा सुब्बा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

चलचित्रको छायांकन दीपक बज्राचार्यले गरेका हुन् भने संगीत निर्देशन राजेन्द्र थुलुङ र राजेन्द्र थापाले गरेका हुन्।

चलचित्रको स्क्रिप्ट र प्रस्तुति मात्र नभएर यसको प्रतिनिधित्व पनि उत्तिकै गौरवपूर्ण रह्यो। चलचित्रका कलाकार हिमाल दाहाल स्कटल्याण्डमै उपस्थित भई चलचित्रको प्रतिनिधित्व गर्दै सम्मानित समारोहमा सहभागी भए। त्यस्तै, स्कटल्याण्डस्थित शुभेच्छुकहरू— सुबास थापा, शशी थापा सुब्बा, कमल शर्मा, राम राई, सुनिल राई, राजेन राई लगायत सम्पूर्ण नेपाली समुदायको साथ, समर्थन र हौसलाले यो सफलता अझ सशक्त बन्ने आधार तयार गर्‍यो।

‘हाँङनान्द’ अब केवल एउटा चलचित्र होइन, यो नेपाली आदिवासी पहिचान, संस्कृति, परम्परा र कथा–वाचनको अन्तर्राष्ट्रिय आवाज बनेर उभिएको छ।

Previous Post

‘नाम्लो’ बाट पूर्ण लिम्बूलाई स्कटल्याण्डमा उत्कृष्ट अभिनेताको अवार्ड

Next Post

राई समुदायको जीवनदर्शन बोकेको चलचित्र ‘नक्छोङ’लाई स्कटल्याण्डमा विशेष अवार्ड

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

बैशाख १, २०८३, ९:५४ मध्यान्ह
‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
Next Post
राई समुदायको जीवनदर्शन बोकेको चलचित्र ‘नक्छोङ’लाई स्कटल्याण्डमा विशेष अवार्ड

राई समुदायको जीवनदर्शन बोकेको चलचित्र ‘नक्छोङ’लाई स्कटल्याण्डमा विशेष अवार्ड

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ९:५४ मध्यान्ह
0

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।