BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध

विशेष अनलाइन by विशेष अनलाइन
असार १०, २०८२, ९:३२ मध्यान्ह
in FEATURE, चलचित्र
‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध
123
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । हिमालको काख, परम्पराको मुटु र संस्कृति बोकेको माटोमा पुनः एउटा सशक्त कथा जन्मिएको छ — ‘नाकछोङ’। प्रस्तुतकर्ता ज्योतीराज राईको संरक्षणमा निर्माण भएको यो फिल्मको पहिलो झलक अर्थात् फष्टलुक्स सार्वजनिक भएको छ।

पोस्टरमार्फत सार्वजनिक गरिएको फष्टलुक्समा प्रमुख पात्र भुवन सिंह राईलाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ। उनको पृष्ठभूमिमा काठमाडौंको दृश्य र पूजाको प्रतिनिधित्व गर्ने ‘बिजुवा’ (नाकछोङ) को चित्रणले गहिरो सन्देश बोकेको आभास दिलाउँछ। यो केवल एक दृश्य होइन, यो एक परम्पराको दस्तावेज हो — मौन रुपमा बोलिरहेको, चिच्याइरहेको।

भुवन सिंह राईसँगै फिल्ममा यासेली योङ्हाङ, सागर केरुङ, बबिन राई, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई, ससिता राई रसा लिम्बू, मीसन बान्तावा राई र बाल कलाकार जेशन राईको जीवन्त अभिनय समेटिएको छ।

फिल्मको निर्देशन किरण राईले गरेका हुन्। उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौं’ मार्फत निर्देशनमा आफ्नो पृथक हस्ताक्षर राखिसकेका छन्। यसपटक उनले ‘नाकछोङ’ लाई परम्परा र पहिचानको सेतु बनाएर प्रस्तुत गरेका छन्। लेखन पनि उनकै रहेको यो फिल्मको निर्माता  ज्योती राज राई हुन्  । छायांकनमा अनुभवी बाबु श्रेष्ठको दृष्टिकोण झल्किन्छ।

फिल्मको गीत-संगीत पक्ष पनि उस्तै सम्वेदनशील र कलात्मक छ। राजन मुकारुङ र बिष्णु किरातिको रचनामा दिनेश काजी वान्तवा, अनिल कोई राईको संगीत सुन्न पाइनेछ भने नोगेन लिम्बु र परेस राईको स्वरले कथालाई आत्मा दिनेछ।

पार्श्वसंगीत मोनिष निरौलाले रचेका छन् भने ध्वनि संयोजन सागर अर्यालको छ। कलरमा अनिल राना, सम्पादनमा निर्देशक स्वयं किरण र निर्माता ज्योतीराज राईको हात छ। फिल्मका कार्यकारी निर्माता रामु श्रेष्ठ हुन् भने निर्माण नियन्त्रक गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन्।

‘नाकछोङ’ केवल एक चलचित्र होइन, यो जातीय चेतना र सांस्कृतिक उत्तराधिकारको चलचित्र हो। निर्माता ज्योतीराज राई भन्छन् — “हाम्रा चाडपर्व, रीतिरिवाज, कुलपितृको पूजा, बिहे, मृत्यु संस्कार जस्ता अवसरमा केन्द्रमा रहने ‘नाकछोङ’ अर्थात् बिजुवाको संरक्षण र पुस्तान्तरण नै यस फिल्मको मूल उद्देश्य हो।”

फिल्मको सार्वजनिक प्रदर्शन मिति अझै तय हुन बाँकी भए तापनि, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाएपछि मात्र दर्शकमाझ आउने घोषणा गरिएको छ।

स्मरणीय छ, निर्माता राईले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे प्रोड्यूसर’ लगायत चर्चित फिल्महरू र टेलिभिजन सिरिज निर्माण गरिसकेका छन्।

‘नाकछोङ’ले पक्कै पनि नेपाली सिनेमामा मौलिकताको सन्देश बोक्नेछ — जहाँ परम्परा केवल कथा होइन, आत्मा बनिन्छ।

Previous Post

अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको गौरव: लियो पारसलाई “लियो अफ द इयर”वाट सम्मान

Next Post

लियो क्लब इटहरी इनोभेसनको नयाँ नेतृत्व चयन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
लियो क्लब इटहरी इनोभेसनको नयाँ नेतृत्व चयन

लियो क्लब इटहरी इनोभेसनको नयाँ नेतृत्व चयन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।