BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

लियो क्लब इटहरी इनोभेसनको नयाँ नेतृत्व चयन

विशेष अनलाइन by विशेष अनलाइन
असार १२, २०८२, १०:४९ मध्यान्ह
in अन्य
लियो क्लब इटहरी इनोभेसनको नयाँ नेतृत्व चयन
172
SHARES
Share on FacebookShare on Twitter

अस्विन दाहाल । लियो क्लब अफ इटहरी इनोभेसनले आर्थिक वर्ष २०२५/२६ का लागि असार १२ गतेका दिन नयाँ कार्यसमिति गठन गरेको छ। यो नयाँ समिति निविरोध रूपमा चयन भएको हो, जसले क्लबको नेतृत्वलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

नयाँ अध्यक्षमा निशेस दाहाल निर्वाचित भएका छन्। उनि क्लबमा लामो समयदेखि सक्रिय छन् र सामाजिक कामहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएका व्यक्ति हुन्। उनी क्लबलाई अझ सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धता गरेका छन् ।

कार्यसमितिका पदाधिकारीहरूमा राजकुमार तामाङ प्रथम उपाध्यक्ष, सनम फुयाल दोस्रो उपाध्यक्ष, बिपना अधिकारी तेस्रो उपाध्यक्ष, भवनमा रिजाल सचिव, सन्ध्या गिरि सह-सचिव, सरिता आचार्य कोषाध्यक्ष, दिपा चौहान सह-कोषाध्यक्ष र उज्वल निरौला मेम्बर ग्रोथ चियरपर्सन रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित लायन सान्ता काफ्लेले नयाँ कार्यसमितिलाई बधाई दिदै उनले युवाहरूलाई सामाजिक सेवामा अझ सक्रिय भएर लाग्न प्रेरित गर्दै, नेतृत्व क्षमतामा वृद्धि गर्न सुझाव दिएकि छिन्।

क्लबका सल्लाहकार तथा लायन्स क्लब अफ इटहरी इनोभेसनका चाटर प्रेसिडेन्ट लायन दिपक पोख्रेलले क्लबको स्थापना कालदेखि वर्तमानसम्मको यात्रा स्मरण गर्दै नयाँ नेतृत्वलाई जिम्मेवार र नतिजामूलक काम गर्न सुझाव दिए । साथै, लायन पदम लुङ्गेली, लायन मदन लिम्बू र लायन चेवन खतिवडालगायतले पनि नयाँ कार्यसमितिलाई शुभकामना र सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नव निर्वाचित अध्यक्ष निशेस दाहालले क्लबलाई अझ व्यवस्थित, सक्रिय र समुदायको हितमा काम गर्ने संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्दै भने, “हामी सबै मिलेर नयाँ योजना र सोचसहित क्लबलाई अगाडि बढाउनेछौं। सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहँदै सकारात्मक परिवर्तन ल्याउने हाम्रो लक्ष्य हुनेछ।”

सचिव भवनमा रिजालले क्लबको नियमित कार्यक्रम सञ्चालन र सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न ध्यान दिइने जानकारी गराइन्।

लियो क्लब अफ इटहरी इनोभेसनले विगतमा शिक्षा, स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, महिला सशक्तिकरण र वातावरण संरक्षण लगायतका थुप्रै सामाजिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वसँगै क्लबले आगामी दिनमा अझ नयाँ र समुदायमैत्री कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ।

Previous Post

‘नाकछोङ’ को फष्टलुक्समा मौलिक संस्कृतिको सुगन्ध

Next Post

‘द ब्ल्यू लाइट’ को २५ दिनमै सकियो छायाङ्कन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
Next Post
‘द ब्ल्यू लाइट’ को २५ दिनमै सकियो छायाङ्कन

‘द ब्ल्यू लाइट’ को २५ दिनमै सकियो छायाङ्कन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।